
समाजमा घटेका हरेक कुरामा चिन्ता र चासो राख्दै गर्दा पनि कहिले -काहि केहि नबोली,केहि नलेखि बसौ जस्तो लाग्ने रहेछ। जति लेखे पनि ,जति बोलेपनि केहि नहुने रहेछ भन्ने लागेर धेरै भयो सामाजिक संजालमा सबैका कुराहरू पढ्दै गर्दा पनि आफ्ना भावनाहरू व्यक्त गर्न उपयुक्त ठानिरहेको थिईन।यति एअरलाईन्सको जहाज दुर्घटना,प्रेम प्रसाद आचार्यको आत्मदाह अनि गृहमन्त्री रबि लामिछानेको नागरिकता प्रकरण। यि तिनवटै घटनाहरूमा निष्कर्ष निकाल्दा हाम्रो राष्ट्र नेपाल आफ्ना नागरिकहरूप्रति कति असंवेदनशिल छ,कति अनुत्तरदायी छ,कति लापरवाह छ भन्ने प्रष्ट हुन्छ।
हाम्रो राष्ट्र सिस्टममा होईन हावा दौडिएको छ,हचुवामा चलाईएको छ,हामी जनता देखि नेतासम्म भईहाल्छ नी,जे पर्छ त्यहि टर्छ भन्ने हल्का सोचमा हिडिरहेका छौ।भोलीको कुनै चिन्ता छैन,दुरदर्शीता छैन,भोली आउन सक्ने जटिलताको विषयमा योजना छैन ,जब पर्छ पछुतायो बस्यो फेरीपनि सच्चिनुपर्छ भन्ने चेत छैन,जता हेर्यो उतै निराशा छ ,कोहि खुशी छैन तर पनि हाम्रो अंहकारमा कुनै कमि छैन। यि र यस्तै कुराले पिरोल्दै गर्दा नलेखि बस्न सकिन।
रबि लामिछानेले पनि आफूमाथि प्रश्न चिन्ह खडा भएपछि कमसेकम आफ्नो नागरिकतालाई नविकरण वा पूनः प्राप्तिको प्रकृयामा नजानु भूल,अन्जान कि लोकप्रियताले पैदा गरेको अहमता !
मेरो दाहिने हातलाई सिरानी बनाएर संगै सुतेकी प्यारी छोरी अनुष्काको टाउकोलाई अर्को हातले सिरानीमा राखिदिए अनि मध्यरातको एकान्तमा भावनाको ज्वाराभाटालाई शान्त पार्न मोबाईलको स्क्रिनमा औलाहरू दौडाउन सुरू गरे।मन भित्रका उकुसमुकुसलाई सिससिलाबद्ध गर्दै जादा लेख केहि लामो लाग्न सक्छ फूर्सद भए पढ्नुहोला नभए स्क्रोल गर्ने सुविधा छदैछ।टिप्पडी गर्नुपूर्व सबै पढेर मात्र गरिदिनुहोला अन्यथा तपाईको र मेरो दुवैको समय बर्वादी हुनेछ।
सायद नेपालकै ईतिहासमा आन्तरिक उडानमा त्यति धेरै यात्रु सवार जहाज दुर्घटना पछि मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै त्यस दुःखद घटनाबाट स्तब्ध भएका भएका हामी नेपालीलाई एउटा कारूणिक कथाको मुख्य पात्रको दर्दनाक निधनले घोचिरहेको मष्तिस्क अनि पोलिरहेको मन । अनि सामाजिक संजाल तथा विभिन्न फोरमहरूमा चलिरहेको बहस सेलाउन नपाउदै ;छोटो समयमा दल दर्ता गरि चुनावबाट राष्ट्रिय दल बनाउदै आफू संसद पदमा अत्यधिक मतका साथ निर्वचित हुदै गृहमन्त्री बनेका रबि लामिछानेको नागरिकता प्रकरणले यति बेला बजार तातिरहेको छ।
यी तिन घटना मध्य यति एअरलाईन्सको जहाज दुर्घटना हुनुमा पनि कहि न कहि राष्ट्रको नियमन निकायको कमि-कम्जोरी त छदैछ त्यसलाई एउटा दुर्घटना मानेर उरू दुईवटा घटनालाई एक आपसमा तुलना गरेर हेर्ने हो भने पनि रबि लामिछाने जसले केहि गर्छु भनेर अमेरिकाको बसाईलाई बिट मार्दै संचार माध्यम हुदै राजनितीको सफल यात्राको बिचमा जटिलताको सामना गर्नुपरेको अवस्था सम्मको यात्रा र प्रेमप्रसादको आरोह-अवरोह सहितको असफल व्यवसायिक यात्रा समेटिएको आत्मवृतान्त पश्चातको आत्मदाहलाई समिक्षा गर्ने हो भने हाम्रो देश कसरी हावामा चलेको रहेछ ,राज्य संयन्त्रहरू कति फितला रहेछन , दुवै घटनाले राष्ट्र कस्ता मानिसहरूको हातमा गएको रहेछ सहजै अनुमान गर्न सकिन्छ।
रबि जिउदै छन प्रेम मरेर गए।रबि फेरी आउने ढोकाहरू खुल्लै छन।तर कहिल्यै नआउने गरि अस्ताएका प्रेमप्रसादको “वियोगान्त अन्त्य र रबि लामिछानेको नागरिकता प्रकरण दुवैमा राज्य संयन्त्र कति लापरवाह,कति निरिह र कति असंवेदनशिल रहेछ भन्ने सहजै पुष्टि हुन्न र? रबिको कुन नागरिकताका आधारमा पार्टी दर्ता भयो?कुन नागरिकताका आधारमा उनले उम्मेदवारी दर्ता गराए?नागरिकता सम्बन्धी मुद्धा झेल्दै गर्दा के आधारमा गृहमन्त्री भए?अब यि सबै कुरामा रबि भन्दा दोषि राज्य छ कि छैन?त्यसो भए अब ति निकायका प्रमुखहरूलाई के कार्वाहि हुन्छ?
संघर्षपूर्ण जीवनलाई विसाउने निधोगरेपछि चुपचाप मृत्युवरण गर्नुभन्दा सबैले सुन्नेगरि,सबैले बुझ्ने,सबैले देख्नेगरि,उनको जस्तै पिडाले जलिरहेका तमाम युवाहरूको प्रतिनिधि बन्दै आत्मदाहसंगै क्रान्तिको विगुल फूकेर अस्ताए र हजारौ प्रेम प्रसादहरूलाई जगाए।
रबिको नागरिकता प्रकरणमा रबिबाट केहि आस गरेको म जस्ता महरूका पनि रबिप्रति केहि अनुत्तरित प्रश्नहरू अवश्य छन। रबिको नागरिकता प्रकरणमा सतहि विष्लेषण गर्दै कमसेकम अहिले सम्म नेपालमा स्थापित भनाई “सानालाई ऐन ठुलालाई चयन “भन्ने कुरा लागु भएन भनेर भन्नेहरूलाई विमत्ति जनाउन गृहमन्त्रीको आदेश प्रहरीले नमानेर विज्ञप्ति निकाल्नु परेको कुराले पृष्टी गर्छ कि गर्दैन?यहि घटनालाई पनि गृहमन्त्रिको अपरिपक्ता भन्नेहरू र प्रहरीको अकर्मण्डता आ-आफ्ना व्यख्या हुन सक्लान।रबि लामिछानेले पनि आफूमाथि प्रश्न चिन्ह खडा भएपछि कमसेकम आफ्नो नागरिकतालाई नविकरण वा पूनः प्राप्तिको प्रकृयामा नजानु भूल,अन्जान कि लोकप्रियताले पैदा गरेको अहमता !
अरूलाई नैतिकताको पाठ सिकाउने रबिलाई नागरिकताको सन्दर्भमा मुद्धा परिसकेको अवस्थामा गृहमन्त्रालय रोजी गृहमन्त्री बन्नु वा बनाईनु उनलाई सिद्धाउने अर्को नया चक्रविउ कि उनको चातुर्यता। आधिकारिक नागरिकता बिना (पुरानो नागरिकताले)३२ दिन कुनै राष्ट्रको गृहमन्त्री बन्नु उनको नया रेकर्ड कायम गर्ने सिलसिला कि राजनितिक तथा कानुनी अदुरदर्शीता!चुनाव ताका रबिलाई मतदाताले नागरिकताको विषयमा प्रश्न गर्दा हल्का टिप्पडी गर्ने रबि लामिछाने लोकप्रियताको आडमा जनताको भावनासंग खेलवाड गर्ने चतुर खेलाडी कि खेलको नियम नै नबुझी भावनामा बगेर आगोमा हाफ फाल्ने निर्दोश पात्र।यि सबै कुराहरू समयले पुष्टी गर्दै जाला। खैर त्यतातिर नजाउ यस घटनाले पनि रबिलाई थम मजबुत ,जिम्मेवार र परिपक्क बनाउला,उनलाई फेरी जनताले विजय गराउलान र उनी अझ बलियो भएर आउलान उनलाई शुभकामना।
तर मर्नु अघि कम मानिसले चिनेका प्रेमप्रसादले फूकेको त्रान्तिको विगुललाई रबिहरूले विचलित नभई नेतृत्व लिएर यो देशलाई साच्चिकै देश बनाउने अभिभारा बोक्न सके अध्यारो रातपछि अवश्य उज्यालो आउनेछ भन्ने आशा र विश्वास सहित कुनैपनि कुराले प्रेमप्रसादको बलिदानी ओझेलमा नपरोस भन्दै केहि भावना व्यक्त गर्दैछु।यसो भन्दै गर्दा आत्महत्यालाई प्रोत्साहन गरेको नबुझीदिनुहोला।
उनको मृत्यको दुई किसिमले व्याख्या भईरहेको छ। एकथरिले उनको मृत्युलाई क्रान्तिको विगुलको रूपमा व्याख्या गर्दै गर्दा अर्कोथरि त्यसलाई मान्न तयार भएको देखिदैन।उनको बारेमा विस्तारै अन्य कुराहरू आउदै जालान र ति कुराहरूले पनि उनको मृत्यु बलिदानी कि कायरता भन्ने कुरालाई पुष्टी गर्लान।तर उनको आत्मवृतान्तका एक-एक शब्द र हरफहरू दोहोराई ,तेहेराई पढिसकेछि त्यसलाई आधार मानेर हेर्दा उनि कुनै सिनेमाको क्रान्तिविर भन्दा कम छैनन।उनले संघर्षपूर्ण जीवनलाई विसाउने निधोगरेपछि चुपचाप मृत्युवरण गर्नुभन्दा सबैले सुन्नेगरि,सबैले बुझ्ने,सबैले देख्नेगरि,उनको जस्तै पिडाले जलिरहेका तमाम युवाहरूको प्रतिनिधि बन्दै आत्मदाहसंगै क्रान्तिको विगुल फूकेर अस्ताए र हजारौ प्रेम प्रसादहरूलाई जगाए।
मृत्यु आफैमा भयानक हुन्छ र प्रेम प्रसादको मृत्यु र मृत्यु अघिको कारूणिक आत्मवृतान्तले भावविहोल नहुने त को नै होला र! मान्छे जन्मेपछि मर्छ त्यो जिवनको एकमात्र अकाट्य सत्य हो।तर हरेकको जिवन अमूल्य भएपनि मृत्यु एउटै प्रकारको हुदैन।कसैको मृत्युले सिमित परिवार अनि आफन्तजनमा मात्र पिडाबोध हुन्छ कसैको मृत्युले समाज ,राष्ट्र र विश्व नै शोकमा डुब्छ।कसैको मृत्युले शोकमा डुबाउछ भने कसैको मृत्युले शोकलाई शक्तिमा बदल्दै क्रान्तिका लागि जगाउछ।
एउटा जोशिलो युवा दर्दनाक तरिकाले मृत्युवरण गर्न वाध्य हुन्छ भन्ने समाजको ऐना प्रस्तुत गर्दै अरू यसरी असफल बन्न नपरोस,अरू यसरी मर्न नपरोस भन्ने कामना सहित अहिलेको नेतृत्व र नया युवा अनुहारहरूलाई सुधार गर्न अपिल गर्दै आफू मरेपनि आफ्नो देश बाचिरहोस भन्दै आर्थिक क्रान्तिको विगुल फूकेर अस्ताउनु के अपराध होर?
प्रेमप्रसादको मृत्युपनि एक क्रान्तिको झिल्को हो। प्रेमप्रसादको मृत्युको कारण फरक र नौलो पक्कै नहोला।यि र यस्तै समस्याले मान्छे हिजो पनि मरे,आज पनि मर्दैछन र अवस्था परिवर्तन नभए भोली पनि मर्न सक्लान।तर गुमनाम मृत्युले राज्यलाई छुन सकेन,गुमनाम मृत्युले राज्यलाई घचघचाउनुपर्छ र नितीगत सुधार गर्नुपर्छ भन्ने बहस नागरिक स्तरबाट पनि दबाब स्वरूप उठ्न सकेन,वा भनौ बहसले निष्कर्ष दिन सकेन,राष्ट्रको सहि निती नहुदा मर्ने मरिरहे ,बाच्नेहरू पनि पलपल मरिरहेका छन भन्ने कुरा कहिल्यै छलफलको विषयवस्तु बनेन भन्ने कुरालाई संसारले सुन्ने गरि सिंहदरबारको गेट अगाडी आफ्नो शरिरमा आगो लागाएर आत्मदाह गर्दै प्रेमप्रसादले नया क्रान्तिको विजारोपण गरे।
उनले थप संघर्ष गर्नुपर्थ्यो मर्नु हुदैन थियो।मर्नु समस्या समाधान हुदै होईन तर के बलिदानी बिना कहि कतै परिवर्तन भएको छ र!एउटा नागरिकले दुःख गरेर खान्छु,परिवार पाल्छु ,आफ्नै देशमा व्यवसाय गर्छु र रोजगार दिन्छु भन्ने मान्छे,युवाहरूलाई प्रोत्साहन गर्दै गाउ फर्क अभियान चलाउने मान्छेको मृत्युलाई व्यख्या गर्दा उसको व्यक्तिगत असफलतालाई मात्र कारक तत्व देखाउनु न्यायोचित हुन्छ र? उ असफल हुदै गर्दा के राष्ट्र सफल भएको छ त? फगत एक थान श्रद्धाञ्जलीका पुष्प गुच्छा र उसको परिवारलाई सामान्य रेखदेख मात्रैले यस्ता समस्या सदाका लागि अन्त्य हुन्छन त ?
राष्ट्रको नीतिगत त्रुटी ,वेथिती,लुटतन्त्र,आर्थिक एकाधिकार जस्ता कुराहरूले कसरी एउटा जुझारू युवा असफल हुन्छ,एउटा केहि नया गर्छु भन्ने मान्छेका खुट्टा कसरी साथ दिएजसरी तानिन्छन,कसरी असफल व्यक्तिलाई समाजले गिज्याउछ र कुरा काटेर उसलाई कसैले नपत्याउने बनाईदिन्छ र एउटा जोशिलो युवा दर्दनाक तरिकाले मृत्युवरण गर्न वाध्य हुन्छ भन्ने समाजको ऐना प्रस्तुत गर्दै अरू यसरी असफल बन्न नपरोस,अरू यसरी मर्न नपरोस भन्ने कामना सहित अहिलेको नेतृत्व र नया युवा अनुहारहरूलाई सुधार गर्न अपिल गर्दै आफू मरेपनि आफ्नो देश बाचिरहोस भन्दै आर्थिक क्रान्तिको विगुल फूकेर अस्ताउनु के अपराध होर?
तपाई हामी नै यस्ता गम्भिर विषयमा पक्ष विपक्षमा बहस गर्न थाल्यौ भने ढिलो चाडो यस्तो परिस्थितीको शिकार तपाई हामी र हाम्रा आफन्तजन पनि बन्नसक्छन। त्यसैले हामी सबैले एउटा कुरा बुझ्न र बुझाउन जरूरी छ कि हामीले जतिसुकै ठुला र आदर्शका कुरा गरेपनि मानिस केहि होईन केवल परिस्थितिको दास हो।परिस्थितीले मानिसलाई कुन निर्णय लिन बाध्य बनाउछ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ। अरूले त केबल आफ्नो परिस्थिती अनुकुल आफ्नो विचार राख्ने मात्रै हो। त्यसैले देशमा गरि खाने परिस्थितिको निर्माण गर्नु राष्ट्रको दायित्व हो।
“ठगि खानेलाई राहात र गरि खान्छु भन्नेलाई आहात” हुने व्यवस्थाको अन्त्यका लागि अभिलम्ब उनले दिएका सुझावहरूलाई मनन गरि नागरिकलाई राज्यले गरि खाने वातावरण बनाउन सकोस भन्दै घचघचाउनु तपाई हाम्रो दायित्व हो।यति गर्न सकेमात्र उनी लगायत देशको लागि बलिदानी दिनेहरूको आत्माले शान्ति पाउनेछ र तपाई हामीले गर्व गर्ने देश बन्ने छ।धन्यवाद।
जय देश।जय नेपाल।लेखक (एनआरएनए जापान कान्साई क्षेत्रीय समितिका संयोजक हुन )



