बुद्धीसागरको ‘एक्लो’मा घोत्लिएर म हराउदा देखेको श्री र हामी !

-


     दिपक सुवेदी ‘विप्लव’     
     फागुन ३० गते २०७९


सहरमा एक्लो हुनुको अर्थ रहेछ आफु हराउनु तर कसैले पनि नखोज्नु रहेछ ।
हो भौतारिंदै कल्पना गर्दै केही वर्ष कोशिसमा बित्लान्, केही महिना छटपटिँदा केहि दिन मौनतामा केहि घण्टा उस्साहमा केहि मिनेट सम्भावना र केही सेकेन्ड प्राप्तिमा बित्नेछन भनें जस्तै भयो भने बादलका खुट्किला टेक्दै मेरो घर जाने दिन आउनेछ ।
घरदेखि टाढा काठमाण्डौमा आफ्नो मन भरिकाे ठूलो सपना बोकेर सपनालाई साकार पार्नकाे लागि बिरानो ठाउँमा उच्च शिक्षा अध्ययन गर्न लागि सडकका गल्ली गल्लीमा भौतारिंदै आफ्नो लक्ष्य पूरा गर्न हिड्नेहरुकाे हजारौ श्री हरुको कथा हो ।
हाे जिन्दगी मा भनेको झैं मिल्न गयो भने रोटी झैं भुक्क माथि उठ्ने हो भने झैं, घरको प्वाल पारेको खरको छानो फेरेर राम्रो जस्ताको छानो हाल्नु छ, आमाको फाटेको लुङी र चोलो लागि नटाली नयाँ राम्रो गुनु किन्नु छ, बाबाकाे च्यातिएको पतलुङलाई नयाँ राम्रो पाइन्ट किन्नु छ ।
गाउँघरमा पढ्दैन काम नलाग्ने हुनेभयो भन्ने तल्ला घरे अंकल र पल्ला घरका ठुला बाबा माथिल्लो घरका जेठा अंकल आफूले पढेको अहमतामा वोल्नेलाई गाउँघर टोलकालाई पढेर ठूलो मान्छे हुनु छ भन्दै ! विभिन्न सपना बोकी आफ्नो जन्म घर छोडी बिरानो ठाँउ, जहाँ कोहि छैन आफ्नोपन मन् दिने हजारौँ सपनालाई सजाउन दिनमा कल्पना गर्दै रात मा सपना देक्दै कण्ठमाडौं गल्ली गल्लीमा पुग्ने विद्यार्थीहरु र युवाहरूको कथा हों ।
आफु बस्ने रुम या रूममा एकछाक खाने पैसा नभएर सडकमा फालेको फोहोरकाे थुप्रोमा आफ्नो पेट पाल्न खाना खोजिरहेको मान्छे हरुको कथा हो । हाे पढ्ने बेलाकाे समयमा घरबाट पैसा समयमा न आँउदा घर बेटिबाले कोठाबाट निकाली दिने र रात कटाउन फोहोरकाे थुप्रोलाई खुल्ला आकाशकाे घरकाे छानो बनाएर पुल मुनिका कतै कुना काप्चामा रात बिताउने हजारौ श्री जस्तायुवा हरुको कथा हो ।
सहरमा एकलो हुनको अर्थ यही रहेछ भ्रमको संसारबाट तानिदेने कोहि नहुनु रहेछ तस्तै अनकन्टार जङ्गलमा अलपत्र परेर बाटो नभेटिए रिगाटा आइरहेको बेला टाढा टाढा ढलेको रुख पनि बाटो जस्तो लाग्दोरहेछ । हो रेडियोकाे मीठो आवाज भरमा सपनामा सजाउँदै काठमाण्डौकाे गल्ली गल्लीमा बागबजार ,पुतलीसडक ,मैतीदेवी, कालिकास्थान, र ठमेलकाे कफी क्याफेसम्म भौतारिंदै हिड्ने, सूर्य भन्दा आशाका किरण चम्किला र न्यानो हुन्छन् भनेझै आशा नै आशाले तड्पाएर फन् फनी माया प्रेममा परेर संसार नै हो भने घुमाइरहेको कथा हो ।
सपना पनि बेला बेलामा गोड मेल गरि राख्नु पर्ने रहेछ नत्र त्यसमा दुश्मनका झार पलाउने रहेछन, भने जस्तै ठूला ठुला सपना बोकी प्रदेश तथा सात समुन्द्रपारिका कतै खाडी देश वा कोरिया जापान यूरोप अमरिकाका देश विश्वका एक सयभन्दा बढी देशहरुमा आफ्नो सुन्दर सपना कि बाकसमा पैसा आउछ कि बाकसमा लास आउछ भनि सुनौलो भविष्यलाई सजाउँदै आफनो जन्मघर जन्मभूमिलाई चटक्क छोडेर हिँडिरहेका युवा काे कथा लाई समेटिएर बनाएको हजारौ श्री हरुको कथा हो ।
द गूडको अर्थ जस्तै आफनो झीनो लक्ष्य पूरा गर्न काम, उच्च शिक्षा र अन्य विभिन्न बहानामा विदेशका चिल्ला सडकका का गल्ली गल्लीमा काम गर्ने ठाउँमा कुनै न कुनै बहानामा साहुले तथानाम गाली गलौज गरी निकालिदिएर एक छाक खानखाने पैसा र सुत्ने ठाउँ नपाई सडक छेउका कुना काप्चाका पार्कमा आकाशका नौलाखे ताराहरूलालाई सजाएर आफ्नो सुन्दर महल मानी रात बिताइरहेका कसै कसैलाई मृत्यु शैय्या हुने अवस्थामा पुगेका हजारौ विदेशीयका युवाहरुको समेटिएको कथा हो ।
एक्लो श्रीको मात्र कथा होइन, एक्लो हरेक व्यक्तिको कथा हो काठमाण्डौको सडकका गल्ली गल्लीमा रिङरोड भित्र फनफनी घुमी रहनुहुने सम्पूर्णकाे हो आफ्नो नाम खोज्न हिड्नहरुकाे कथा हो।
जीवनका अनेकौं उतारचढावका बाबजुद भविष्यमा सुख मिल्ने आशाले राजधानीको सुख चिन्न र दुःख भोग्न तयार रहने हरेक पात्रको समेटिएर बनाएको कथा हो ।
शहरमा एक्लो हुनुको अर्थ रहेछ मध्यरातको चिर एकान्तमा आँसुले पनि साथ छाड्नु रहेछ । एक्लो 📚
सबैले टड्कारै सुन्नेगरी टाढैबाट उसले भनेका कुराहरु त यस्ता मिठा छन भने म भन्न सक्दिन उसले मेरो कानमा सुटुक्क भनेका कुराहरु कति मिठा छन होलान् । एक्लो 📚
म सहरमा ‘एक्लो’ हुँला । तर संसारमा ‘एक्लो’ छैन । यो सहरको जुन बाटो हिँडेर गए पनि त्यसको टुप्पो मेरै आँगनमा जोडिन्छ । -एक्लो 📚
मानव सम्बन्धको कथा हो, माया ममता प्रेमसंगै भौतारिएको कथा हो, मानवताको कथा हो। आशा भरोशा अनि विश्वासको कथा हो – विश्वास आफूप्रतिको, विश्वास अरुप्रतिको पनि जस्ता गहकिला सब्द ले सजिएको संपूर्ण चित्रण गर्न खोजिएको कथा हो ।
समग्रमा भन्नु पर्दा ‘ एक्लो ‘ मेरो, तपाईंको , अनि हामी सम्पुर्ण र सबैको कथालाई समेटेर उजागर गर्न खोजिएको छ सम्पूर्ण समाज भित्रका जो होहल्लामा छन र आफु भित्र विराट एक्लोपन बोकेर हिँडिरहेका छन तिनीहरुलाई समेटिएर बनाएको कथा हो ।
कैलालीमा जन्मिनु भएका बुद्धिसागर ले वि: सं २०६० सालमा राष्ट्रिय कविता महोत्सवमा स्वणंपदक जित्नु भएको २०६६ सालमा नेपालमा सरकारबाट प्रतिभा पुरस्कारमा प्राप्त गर्नु भएको छ र अरु थुप्रै पुरस्कार प्राप्त गर्नु भायको छ उहाँका चर्चित उपन्यास कर्णाली ब्लुज , फिरफिरे पछिको चर्चित लोकप्रिय एक्लो हो । हाल टोकियो योकोहामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?