कला / साहित्य

पल शाह प्रकरणमा जेल जान रहर गर्नेहरु के रहेछ क़ानून हेर्नुहोस।

गएको बुधबार पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पल शाह आज आइतबार बल्ल प्रहरीको सम्पर्कमा आउन बाध्य भए। यो बीचमा कानुनसँग लुकेर उनले फेसबुके, युट्युबे र टिकटके अदालतमा अडियो सहितका ‘प्रमाण’ राख्दै बहस छेडेका थिए। तर यो क्रममा जजसले पीडित किशोरीको नाम,  फोटो र परिचय खुल्ने काम गरिरहेका छन्, उनीहरुले नबुझेको कुरा के हो भने उनीहरुको यो कामले जेल जानु पर्ने अवस्था आउन सक्छ। विदेशतिरको उदाहरण दिएको हैन, नेपालमै अदालतले यस्तो सजायको घोषणा गरेको नजिर बसिसकेको छ।  सोसल मिडिया हेर्ने… पुरा पढौ

पल शाहद्वारा प्रहरीसामु आफैं उपस्थित भै आत्मसमर्पण गरे

अभिनेता पल शाह आइतबार आफै जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका छन ।  जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।   यसअघि शाहले आजै प्रहरीमा उपस्थित हुने बताएका थिए । गायिकाले गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा दिएको जाहेरीको आधारमा उनी आज प्रहरी कार्यालयमा आफै उपस्थित भएका हुन । त्यसयता उनी फरार रहँदै आएका थिए । आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका थिए । … पुरा पढौ

गीतकार अर्याल जसले जनजिब्रोमा स्थापित गरिदिए औषधीय गुणको मरौटीलाई

‘रमरम मरौटी,तिम्रो रुपै करौँती‘’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ ।भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो रु जानकारी नहुन सक्छ, या बिर्सिदिएका हुनसक्छौँ । नेत्र अर्यालले शब्दमा गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीद्वारा स्वरबद्ध गीतले मरौटी शब्दलाई जुन ओजका साथ उछालेको छ, उति नै त्यो गुणकारी पनि छ । युट्युबमा सार्वजनिक भएको… पुरा पढौ

विसं २००४ सालमा देवकोटाको सम्पादनमा ‘युगवाणी’

महाकवि देवकोटालाई पत्रकारिताको क्षेत्रमा काम गर्नमा रुचि थियो । यसै विषयमा देवकोटाले विस। २००१ –०२ सालमा शारदाका केही अङ्कहरुमा सम्पादकीय पनि लेखे । यस प्रसङगमा चुडामणि बन्धुले लेखेका छन् । शारदाका तोलामा हिसाबमा बेच्न सकिने सम्पादकीय लेखकको थिए होलान् रु शैली हेरेको खण्डमा देवकोटाका कुनै पनि विधार्थिले यस्ता केही सम्पादकीयहरुमा देवकोटीय गद्यशैली भेट्याउन सक्छ । यसै विषयमा कुमारबहादुर जोशीले चाहिँ शारदाको वर्ष १० सङ्ख्या ३–४ देवकोटाले आफ्नै हस्ताक्षरमा लेखेको सम्पादकीय नै आफ्नो समालोचनाको कृतिमा प्रस्तुत गरेका छन् । त्यस बखत… पुरा पढौ

घर र मानिसलाई प्लास्टिकमा बेरेर फोटो खिच्दैछन् जापानी फोटोग्राफर हारुहिको कावागुची 

जापानी फोटोग्राफर हारुहिको कावागुचीसँग ‘फेमिली-फोटो’ खिच्नु परे एउटा अनौठो सर्त पूरा गर्नुपर्छ। उनले पूरै घरलाई प्लास्टिकले छोप्छन् र फोटो खिच्न लागेको मान्छेलाई प्लास्टिकको झोलामा ‘भ्याकुम-सिल’ गर्छन्। त्यसपछि मात्रै उनले फोटो खिच्न सुरु गर्छन्। मान्छे निसास्सिनुअघि नै टोकियोका फोटोग्राफर कावागुचीले केही सेकेन्ड फोटो खिचेर भ्याउँछन्। यस्तो अनौठो फोटोलाई कावागुचीले ‘मेमोरियल फोटो फर द फेमिली’ (परिवारको यादगार फोटो) भन्ने गरेका छन्। यो उनको जारी सेरिज ‘फ्रेस लभ’ (ताजा प्रेम)को एक अंश हो। यो उनको दुई दशक लामो मिसन हो। जसमा उनले मानिसहरूलाई प्लास्टिकमा र्‍याप… पुरा पढौ

कलकत्ते काईंयो र टेबलमा ऐना छ, तर जयनन्द छैनन् 

रत्नराज्य कलेजमा पंक्तिकार पत्रकारिता पढदै गर्दा छेउमै रहेको ललितकला क्याम्पसमा पढने मित्रहरु डेस्क ठटाउँदै एउटा गीत खुबै गाउँथे, ‘कलकत्ते काईंयो केस मेरो बांगो, टेबलमा ऐना छ,पीरती मैले नलाको हैन तकदिरमै रैनछ’ प्रेम वियोग भोगेका ठिटा ठिटीलाई यो गीतको ‘तकदीरमै रैनछ’ शब्दले बढी प्रभाव पार्ने गथ्र्यो । तामाङ सेलो लयमा गाइएको यो गीत हिजोआज पनि पिकनिक, जमघटदेखि सांगीतिक रियालीटी शोमा समेत गुञ्जिरहेकै छ । कलकत्ते काईंयो पनि छ, टेबलमा ऐना पनि छ । तर, अब रहेनन्, यो गीत गाउने लोक गायक… पुरा पढौ

रेखा थापाले गरिन् व्यवसायी शाहीसँग विवाह

नायिका रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । उनले पर्यटन व्यवसायी बलराम शाही ठकुरीसँग कोर्ट म्यारिज गरेको रेखा निकटले बताएका छन् । थापा र शाही केही समयदेखि प्रेममा थिए । अमेरिका बस्दै आएका शाहीसंग उनले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् । उनीहरूले १० वर्षअघि सम्बन्ध विच्छेद गरेका थिए । नरेश पौड्याल निर्देशित चलचित्र हिरो बाट चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मनलगायतका चलचित्रमा अभिनय… पुरा पढौ

नयाँ वर्षमा तङ्ग्राममा नगरा बजाइने

काठेखोला गाउँपालिका–४ तङ्ग्राममा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा रहेको नगरा ( दमाहा ) सालैपिच्छे नयाँ वर्षका दिन बजाइने भएको छ । २८० किलोको सो नगरलाई वर्षको एकपल्ट वैशाख १ मा बजाइने भएको हो ।सङ्ग्रहालय बनाइरहेको गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गर्दै आएको छ । अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार शनिबारको आम भेलाले नयाँ वर्षका दिन दिउँसो १२ बजे नगरा बजाउने निर्णय गरेको हो ।नगरा बज्नुअघि चैत मसान्तको मध्यरात १२ बजेदेखि १२ घण्टासम्म अखण्ड सङ्र्कीतन गरिने अध्यक्ष आश्रमले बताए ।… पुरा पढौ

भारतीय गायिका लता मंगेशकरको निधन, कोरोना संक्रमणपछि भर्ना भएकी थिइन् अस्पताल 

प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। यसै वर्षको ज्यानुअरी महिनामा कोभिड-१९ बाट सङ्क्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अवस्थामा सुधार नभएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा थिइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले "देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको" बताएका छन्। नेपाली गीतहरु पनि गाएकी उनले ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् । उनलाई राष्ट्रिय प्रतिभाका रूपमा स्थापित गर्ने कार्य भने भारतको हिन्दी चलचित्र उद्योगमा गरेको कामले गरेको हो ।… पुरा पढौ

तिम्रो विर्यको मुल्य कति ? 

त्यो दिन अर्थात् मैले एक्काइस वर्ष पहिलाको रहस्य खुलाएको दिन । मेरो स्मृतिमा ताजै छ २०७२ असारको पहिलो त्यो हप्ता । बिस्तारै धर्ती भाँसिए जस्तो महसुस भएको थियो । अरुको लागि दिन सधै जस्तो सामान्य नै थियो । तर मेरो लागि फरक । दश बज्न दश मिनेट नै बाँकी थियो । म कोठाको ढोकामा चाबी लगाउँदै थिएँ । मोवाइलको घण्टी बज्यो । ब्यागबाट मोबाइल निकालेर मोबाइलको स्क्रिनमा आँखा दौडाएँ । मोबाइलमा सेभ रहेको नम्बरबाट फोन आएको रहेछ । त्यो नम्वरमा… पुरा पढौ