मौलिक नेपाली परिवेशको चित्रण गर्न सफल गीति एल्बम ‘टेकमाया’

-


     जनहित न्युज    
     चैत्र ६ गते २०७८


ए…… हो….. माया .. हज़ारौमा तिमीलाई छाने
लगाऔ माया जुगै जाने …….
म त राज़ी माया लगाउन तिमीले के भन्छेउ।
म पनि त राज़ी नै छु तिमीले जे भन्छौ॥
यी शब्दलाई स्वाराङकन गरेर नेपाली गाउले परिवेशमा हिजोको पिढीले माया प्रेमलाई कसरी अगाडि बढाउथे भन्ने कुरालाई सजिव चित्रण प्रवासमा रहेर नेपाली गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान वनाउन सफल कलाकार रामकृष्ण बम मल्ल, र कलाकार एव‌ संगितकार श्रीकृष्ण बम मल्लको नयाँ गीत “टेकमया” मार्फत प्रस्तुत गरिएको छ ।
साच्ची कै नेपाली गाउले परिवेशलाई केन्द्रमा राखेर मौसम हिमालीको कथा र निर्देशनमा पछिल्लो समयका चर्चित सर्जक प्रकाश सपुत, मोडल करिश्मा ढकाल र एरोना मल्लको मुख्य भूमिकामा हिजोका दिनमा गाउघर मेलापातमा जादा के कस्तो परिस्थितिका बावजुद पनि आफ़नो माया प्रेमलाई निरन्तरता दिने गरिन्थ्यो भन्ने विषयलाई कलात्मक ढंगले भिडियोमार्फत देखाइएको छ ।
नेपालमा लोपोन्मुख अवस्थामा रहेको घट्टमा जाने र सो समयको सदुपयोग गरि मन पारेका जोड़ीका बिच मायाजाललाई झांगिने अवसरलाई मुख्य रुपमा कथा बनाईको छ भने यस एलवमका शब्द तथा संगीतका सर्जक श्रीकृष्णको भिडियोमा रहेको उपस्थिति र भूमिकाले समाजमा भैरहने अवस्थाको यथार्थ चित्रणमा रंग भरेको छ ।
गीत तथा भिडियोमा प्रयोग भएका बोलीचाली परिवेश संवादले तथा पात्रहरूको भेषभूषा लगायतले नेपाली मौलिक समाजमा घटित घटनालाई पछिल्लो पुस्तामा जानकारी दिन सफल रहेको छ ।
दुई दाजुभाईको संयुक्त प्रस्तुती रहेको गितमा गायक रामकृष्णबम मल्ल र गायिका लक्ष्मी मल्लले स्वर दिएका छन ।श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्लको आफ्नै युट्युव च्यानल बाट सार्वजनिक गरीएको गीतको लय तथा शब्द सिर्जना श्रीकृष्णकै रहेको छ ।नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडियो लाई मनोज कार्कीले सम्पादन गरेका छन।
हरेक विधामा सर्वाेकृष्ट गीत संगित प्रस्तुत गर्ने गायक तथा संगितकार मल्लले सिर्जना गरेक दर्जनाै गीतले नेपाली लाेक गीत संगित क्षेत्रमा निकै चर्चा बटुलेका छन । केही समय पहिले सार्वजनिक भएको मल्लकै लय सिर्जना मा रहेको गीत “डाडा घरे साइली” पनी निकै राम्रो स्थान पाएको छ। झन्डै ३ करोडादर्शक साे गीतलाई रुचाएका छन ।
जापानमा रहेर पनि नेपाली लोक गित संगित प्रति सक्रिय गायक रामकृष्णले दर्जनाै लोक तथा दोहोरी गितमा आफ्नो स्वर दिएका छन। जसरी डाडाघरे साईले चर्चा पाएको थियो त्यसैगरी “टेकमया”ले पनि चर्चा पाउने विश्वास निर्माता टिम लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?