राष्ट्रिय समाचार

स्रोत नखुलेको ४१ लाख नगद सहित ४ जना पक्राउ

काठमाडौं,  पर्सा, वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका-४ बस्ने २७ वर्षीय श्याम किशोर प्रसाद साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । त्यसैगरि कपिलवस्तु नगरपालिका-२ जमुवारपुल चोकबाट स्रोत नखुलेको भारतीय… पुरा पढौ

संकटमा छन् झलनाथ र चित्रबहादुरले सम्झिएका गलकोट दरम खोलाका असला माछा

नेपाली राजनीतिका शीर्षस्थ नेताद्वय झलनाथ खनाल र चित्रबहादुर केसीले एक टेलिभिजनको हालैको अन्तर्वार्तामा पुराना अनुभव साटासाट गरे । ५० वर्षअघिको समाज, शिक्षा र राजनीतिका विषयमा अनुभव पनि साटे । पूर्वी इलामका खनाल र पश्चिमका केसीबीचको चिनजान भने शिक्षकका रुपमा सुरु भएको थियो । केसी २०२५ र २६ सालतिर बाग्लुङ गलकोटमा रहेको गलकोट माध्यामिक विद्यालयमा प्रधानाध्यापक थिए । विद्यालयमा विज्ञान पढाउने शिक्षकका रुपमा इलामका खनाललाई उनले नै बोलाउनु भएको थियो । शिक्षणसँगै राजनीति सुरु गरेका उनीहरुमध्ये खनाल प्रधानमन्त्री भइसकेका छन् भने… पुरा पढौ

भेटिँदैनन् अचेल कुवा र पोखरी

बागलुङ।निसीखोला गाउँपालिका–४ को झिम्पा, बडाचौर र खाडाखौर गाउँमा दुई दशक अगाडिसम्म कुवा र पोखरी ठाउँठाउँमा भेटिन्थे । पोखरीमा भैँसीलाई आहाल खेलाउने र त्यहाँको पानी पशुचौपायालाई खुवाउने गरिन्थ्यो । कुवाको पानी भरेर स्थानीयवासीले उपभोग गर्थे । अहिले हरेक घरमा खानेपानीको धारा बनेका छन् । त्यसले गर्दा कसैले पनि कुवा र पोखरीको पानी बोक्नु परेको छैन । स्थानीयले कुवा र पोखरीको पानी बोक्न छोडेको पनि दशक बितिसक्यो । प्रयोग हुन छोडे पनि पोखरी सुक्खा जमिनमा परिणत भए । गाउँमा जथाभावी सडक निर्माण… पुरा पढौ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगोबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो । कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौँ आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो । उक्त घट्नाबारे अनुसन्धान भइरहेको पोखरेलले बताएका छन् । पुरा पढौ

ईसेवाबाटै अब नेपाल एयरलाइन्सको इन्टरनेसनल र डोमेस्टिक टिकट काट्न सकिने

काठमाडौं । अब भुक्तानी सेवाप्रदायक ईसेवाबाट नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को टिकट खरिद गर्न सकिने भएको छ । हालै ईसेवा वालेटमा यो सुविधा थप भएको हो । अन्य पेमेन्ट गेटवेहरूमार्फत पनि उडान टिकट खरिद गर्न मिल्ने गरी प्रक्रिया अघि बढेको निगम स्रोतले जनाएको छ । यसअघि नेपाल एयरलाइन्सको वेबसाइट र एन्ड्रोइड मोबाइल एपमार्फत टिकट काट्ने सुविधा ल्याइएको थियो ।  निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो अन्तर्राष्ट्रिय उडान सेवा प्रदान गर्दै आइरहेको छ ।… पुरा पढौ

सन् २०१२ मा जापानबाट चोरी भै दक्षिण कोरियाली मन्दिरमा रहेको बुद्ध मूर्तिको स्वामित्व जापानले प्राप्त गर्ने अदालतको फैसला

दक्षिण कोरियाली पुनरावेदन अदालतले सन् २०१२ मा जापानी मन्दिरबाट चोरी भएको बुद्धको मूर्ति जापान सरकारको रहेको फैसला गर्दै दक्षिण कोरियाली मन्दिरको स्वामित्वलाई स्वीकार गरेको तल्लो अदालतको निर्णयलाई उल्टाइ दिएको छ।डेजियोन उच्च अदालतले १४ औं शताब्दीको मानिएकोमूर्ति जापानी मन्दिरमा फिर्तालाई नै फिर्ता गर्नको सो मूर्तिलाई दक्षिण कोरियाली सरकारले आफनो दाबी छाड्न समेत फैसलामा भनेको छ । सियोललाई मूर्ति कब्जामा राखिनु अन्तर्राष्ट्रिय मापदण्डहरू विपरीत हुने हुदा त्यसलाई समेत ध्यानमा राख्न आह्वान गरेको छ ।सन् २०१७मा डेजियोन जिल्ला अदालतले जापानको सुशिमा टापुको कन्नोन्जी… पुरा पढौ

नैतिकताको प्रश्न के हुन्छ ?-प्रधानमन्त्री
म फेस गर्छु- रवि लामिछाने

एमाले अध्यक्ष केपी ओलीलाई समेत भन्न लगाएर गृहमन्त्रीमा दोहोरिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि लगातार दबाब बढाइरहेका रवि लामिछानेले हिजो बालुवाटारमा प्रधानमन्त्रीसँग 'झगडा' गरेको खुलेको छ । बिहान १०:२५ बजे प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका उनी 'मलाई जसरी पनि गृहमन्त्री चाहियो,अरु कुरा थाहा भएन' शैलीमा प्रचण्डसँग अस्वभाविक रुपमा प्रस्तुत भएको कुरा दिउँसो माओवादी केन्द्रको पदाधिकारी बैठकमा रिपोर्टिङ भएको हो । माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष र लामिछानेको भूमिकाप्रति असन्तुष्टि जनाउँदै बैठकमा उक्त विषय खुलस्त राखेको बताइएको छ । एक… पुरा पढौ

‘टाइगर कप’मा चम्केका रवि केसी

भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र आफू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । केसी उनै खेलाडी हुन् जसले गत पुसमा बङ्गलादेशमा भएको ‘बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा राष्ट्रिय टिमबाट खेलेका थिए ।  पोखरामा आयोजित तेस्रो संस्करणको टाइगर कपमा सर्वोत्कृष्ट खेलाडीका रूपमा केसीले रु २५ हजार र ट्रफी हात पारे । राष्ट्रियस्तरको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुनुलाई उनले खेल जीवनको उपलब्धिका रूपमा लिएका छन् । “खुसी छु,… पुरा पढौ

जापानको नागानो हिमपहिरोमा फसेका २ जना स्कीयर मृत फेला

जापानको नागानोको मध्य क्षेत्रमा हिमपहिरोमा २ जना बेपत्ता भएका दुईजना स्कीयरको मृत्यु पुष्टि भएको प्रहरीले सोमबार जनाएको छ। प्रहरी अधिकारी तोमोहिरो कुशिबिकीले बताएअनुसार उनीहरू एउटै समूहका विदेशी पर्यटक जोडी भएको पुष्टि भएको छ । २१ सय मिटर अग्लो हिमाली भेगमा आइतबार हिमपहिरो हुँदा जम्मा १३ जना विदेशी नागरिक तीन समूहमा स्कीइङ गर्दै थिए, जसमा दुई जना बेपत्ता भएका थिए।ती बेपत्ता भएका दुईजना स्कीयरको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको हो । हिमपहिरोमा परी हराएकामध्ये ३ जनालाई स्की रिसोर्टको गस्ती क्षेत्रबाहिरबाट उद्धार गरिउको… पुरा पढौ

पोखरा-बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर काम गरिने

पोखरा—बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नतिको काम गरिने भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सो सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको हो । आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि १५ सम्म र बेलुका २१ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ । रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको छ । पोखरा—बाग्लुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दीपुलसम्मको सडक स्तरोन्नतिको… पुरा पढौ