राष्ट्रिय समाचार

गृहमन्त्री रविको नागरिकता अवैध; मन्त्री, सांसद र सभापति पद गयो

सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने गैरनागरिक रहेको ठहर गरेको छ। अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको छ । संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् । नागरिकता सन्दर्भमा नेपालको अदालतबाट भएको यो अहिलेसम्मकै ठूलो फैसला हो । लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा… पुरा पढौ

जापानमा जनसंख्याले निम्त्याएको संकट, टोकियो छाड्नेलाई सरकारले दिन्छ १० लाख येन 

जापानले देशको जनसांख्यिक सन्तुलन मिलाउने अनौठो तरिका ल्याएको छ । जापान सरकारले लामो समयदेखि टोकियोमा बसिरहेकाहरूलाई राजधानी शहर छाड्न प्रोत्साहित गरिरहेको छ । जापानले सन् २०१९ देखि यस्तो नीति ल्याएको हो । जसको उद्देश्य जन्मदर कम भएका र बाँकी जनसंख्या पनि वृद्धवृद्धाको बढी भएका स्थानमा बच्चाहरू हुर्काउनु हो । जापानले यसअघि टोकियो छाडेर जाने परिवारलाई प्रतिबच्चा ७ लाख येन दिँदै आएकोमा अब यो रकम बढाएर प्रतिबच्चा १० लाख येन बनाइएको छ । सन् २०१९ मा केबल ७१ परिवारले यो स्किमअनुसार… पुरा पढौ

साउदीमा पनि २४ नेपाली अलपत्र

रोजगारीका क्रममा साउदी अरेबिया पुगेका २४ जना नेपाली रियादमा अलपत्र परेका छन्। काठमाडौंमा रहेको पिजन एचआर सोलुसन मेनपावरबाट २१ अक्टोबर २०२१ मा साउदी पुगेका २४ जना नेपाली तीन महिनादेखि अलपत्र परेका छन्। नेपालमा गरेको सम्झौताअनुसार ८ घण्टा काम गरेबापत १००+३०० र १२००+३०० साउदी रियाल दिने भनेर उनीहरू साउदीको दुरत अलनखिल होटल नामक कम्पनीमा किल्नर र वेइटरको रूपमा काम गर्न साउदी पुगेका थिए। ‘हामीलाई सुरुमा काम गर्न लगाइयो र १२ महिनासम्म काम गर्दा नेपालमा गरिएको सम्झौताअनुसार तलब पनि पाइयो। तर, अचानक… पुरा पढौ

जापानमा भारी हिमपात, यातायात अवरुद्ध कम्तिमा ३ जनाको मृत्यु

भारी हिमपात र शक्तिशाली हुण्डरीका कारण जापानका अधिकांश भागको यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको छ । प्रतिकूल मौसमका कारण प्रमुख रेलसेवा बन्द गरिएका छन् भने केही स्थगन भएका छन् ।  जापानका केही भागमा कीर्तिमानी चिसो तापक्रम देखिएको छ, देशको उत्तरदेखि पश्चिमसम्म फैलिएको सी अफ जापानको तटमा हिउँ परेको छ ।प्रशान्त महासागरको तटीय क्षेत्रलगायत तल्लो क्षेत्रमा थप हिमपात हुने मौसम विभागले जनाएको छ ।  बाक्लो तुसारोले गर्दा द्रुत रेल… पुरा पढौ

न सरसफाइ कर्मचारी न फोहोर हाल्ने भाँडो, तरपनि सधैं सफा रहनेको राज यस्तो पो रहेछ जापानमा

दिनभरका विद्यालयमा पढेका विद्यार्थीहरू घर जान आतुर छन् र आफ्ना शिक्षकले भोलिको समय तालिका बताइरहँदा धैर्यपूर्वक सुनिरहेका छन्।  शिक्षकले अन्तिममा भने: "आज पहिलो र दोस्रो पङ्क्तिका विद्यार्थीले कक्षा कोठा सफा गर्ने, तेस्रो र चौथो पङ्क्तिका विद्यार्थीले भर्‍याङ सफा गर्ने र पाँचौ पङ्क्तिका विद्यार्थीले शौचालयहरू सफा गर्ने पालो छ।" पाँचौ पङ्क्तिका विद्यार्थीहरूले सुस्केरा हाले तर आफ्ना ठाउँबाट उठे र कक्षाकोठाको पछाडि रहेको दराजबाट कुचो र बाल्टिन लिएर शौचालयतर्फ गए।  यस्तै दृश्य जापानभरका विद्यालयमा देख्न सकिन्छ।विद्यालय सफा गर्ने कामलाई जापानमा पाठ्यक्रमकै एउटा… पुरा पढौ

गल्कोट स्पोर्ट्स क्लव टोकियोद्वारा आठौ खुल्ला पुरुष सिल्भर रनिङ प्रतियोगिता अप्रिलमा गर्ने

गल्कोट स्पोर्ट्स क्लव टोकियोको आयोजनामा आठौ खुल्ला पुरुष सिल्भर रनिङ प्रतियोगिता हुने भएको छ।“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुख्य मान्यताका साथ नेपाली नयाँ वर्षको अवसरमा क्लबले नियमित रूपमा गर्दै आएको प्रतियोगितालाई निरन्तरता दिदै आठौ संस्करण यहि आउदो अप्रिल १० तारिकमा कामाताको स्पोटर्स हलमा हुन गरिन लागेको अध्यक्ष डिलाराम निउरेले जानकारी दिए ।“जापानमा रहेर पनि नेपालको राष्ट्रिय खेल भलिबलको संरक्षण सम्वर्द्दन, विकास र प्रवासमा रहेका खेलाड़ीहरूलाई क्रियाशील बनाईराख्नको लागि क्लबले आफ्नो स्थापनाकालदेखि भलिबल प्रतियोगितालाई निरन्तरता दिइरहेको र त्यसैको निरन्तरतामा… पुरा पढौ

जापानको जनसङ्ख्या ०.४३ प्रतिशत अर्थात् करिब ५ लाख ३८ हजारले खुम्चियो

टोकियो । जापानको कुल जनसङ्ख्या सन् २०२२ मा ०.४३ प्रतिशत अर्थात् करिब ५ लाख ३८ हजारले खुम्चिएको सरकारी अनौपचारिक तथ्याङ्कले देखाएको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अस्थायी अनुमानित तथ्याङ्कअनुसार सन् २०२३ को जनवरी १ सम्ममा देशको कुल जनसङ्ख्या १२ करोड ४७ लाख ७० हजार रहेको छ। यो सङ्ख्या एक वर्षअघि १२ करोड ५३ लाख १० हजार रहेको थियो। सन् २०२१ मा जनसङ्ख्या ०.६ प्रतिशतले घटेको थियो भने सन् २०२१ मा यो दर केही कम भएको थियो। पछिल्लो… पुरा पढौ

उच्च रक्षा खर्चका लागि करवृद्धि कार्यान्वयन गराउन जापानका प्रधानमन्त्रीले संसद विघटन गर्दै

जापानीका प्रधानमन्त्री फुमियो किशिदाले सेप्टेम्बर २०२४ मा सत्तारूढ दलको नेताको रूपमा आफ्नो कार्यकाल समाप्त हुनु अघि प्रतिनिधि सभा विघटन गरि आम निर्वाचन हुन सक्ने बताएका छन्। आइतबार प्रसारण भएको टेलिभिजन कार्यक्रममा बोल्दै किशिदाले उच्च रक्षा खर्चका लागि करवृद्धि कार्यान्वयन गर्ने लगायत आफ्ना नीतिहरूका लागि तल्लो सदनको निर्वाचनमा जनताको विश्वास प्राप्त गरेपछि मात्र दोस्रो कार्यकाल सुरु गर्नुपर्ने धारणालाई समर्थन गर्दै त्यसका लागि प्रतिनिधि सभाको विघटन गरि ताजा जनादेशमा जान लागेको तर्फ इंगित गरेका छन ।किशिदा २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टीको तर्फबाट… पुरा पढौ

एक सय वर्ष पुरानो जापानी पत्रिका बन्द हुने

जापानको साप्ताहिक समाचार पत्रिका शुकान असाहीले आफ्नो १०० वर्षभन्दा लामो प्रकाशन इतिहास आगामी मे महिनामा अन्त्य गर्ने भएको छ । असाही शिम्बुन पब्लिकेशन्स इङ्कले साप्ताहिक पत्रिकाको बजार खुम्चिँदै गएको र विज्ञापनबाट हुने आम्दानीमा कमी आएको भन्दै डिजिटल सञ्चार सामग्री र पुस्तक प्रकाशनमा आफ्नो स्रोत बढी केन्द्रित गर्ने भएकोले यस्तो निर्णय गरेको जनाएको छ । सन् १९२२ मा सुरु भएको शुकान असाही राजनीति, अर्थशास्त्र र संस्कृतिलगायत विविध विषयमा योगदान गर्दै आएको जापानको सबैभन्दा पुरानो साप्ताहिक पत्रिका हो । प्रकाशकका अनुसार सन्… पुरा पढौ

जापान सरकारले खोल्यो चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा

चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ । जापान सरकारले शनिबार उक्त कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । यसअघि जापान सरकारले बेइजिङबाट दिने प्रवेशाज्ञा बन्द गरेको थियो । कोभिड–१९ का कारण जापानले चिनियाँ राजधानी बेइजिङबाट प्रवेशाज्ञा बन्द गरेको सूचना जारी गरेको थियो । आइतबारदेखि सो सेवा पुनः सञ्चालनमा ल्याइएको जनाएको हो । राजधानी बेइजिङस्थित जापानी राजदूतावासको वेभसाइटमा यससम्बन्धी सूचना राखिएको समाचारमा जनाइएको छ । चीनमा पछिल्लो समयमा बढ्दै गएको कोभिड… पुरा पढौ