राष्ट्रिय समाचार

जापानमा आफ्नै सहपाठी विद्यार्थीलाई सडकमा छुरा प्रहार, हत्या प्रयास गरिएको आशंकामा नाबालक पक्राउ

टोकियो नजिकैको कावासाकी सहरको आसाओ वार्डमा रहेको हाईस्कुलमा अध्ययनरत एक पुरुष विद्यार्थीको टाउकोमा चक्कु प्रहार गरी हत्या गर्ने प्रयास गरेको आरोपमा १६ वर्षीय पूर्व सहपाठी पक्राउ परेका छन् ।बिहान ८ः१५ बजे कावासाकी शहरको आसाओ वार्डस्थित सडकमा विद्यालय जाँदै गरेका १६ वर्षीय उच्च माध्यमिक विद्यालयका किशोर विद्यार्थीलाई अचानक टाउकोको पछाडिबाट छुरी प्रहार गरी हत्याको प्रयास गरिएको थियो ।संदिग्ध पनि पीडितका पूर्व सहपाठी हुन् तर अहिले फरक माविमा पढिरहेका छन् । हत्याको प्रयास गरेर छुरा प्रहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले… पुरा पढौ

ग्रामीण क्षेत्रलाई लक्षित गरि नबिल बैंकको शाखा विस्तार 

बागलुङ माघ २३ नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजात पत्र पाएको नबिल बैंकले शाखा विस्तार गरि सञ्चालनमा ल्याएको छ । ग्रामीण क्षेत्रमा आफनो सेवा सुविधा उपलब्ध गराउने उद्येश्य शाखा विस्तार गरेको बैंकले जनाएको छ । जिल्लाको गलकोट नगरपालिका वडा नं ३ हटिया बजारमा बैंकले नयाँ शाखा विस्तार गरेको नबिल बैंकका गण्डकी प्रदेश प्रमुख सुर्य रोकाले जानकारी दिए । बैंकले देशैभर आफ्नो शाखा विस्तार गर्ने क्रममा गलकोटमा २ सय ४७ औं शाखा सञ्चालनमा ल्याएको उनले बताए । देशका विकसित, अर्ध–विकसित तथा ग्रामीण स्थानहरुमा… पुरा पढौ

जापानका मनोजको घर त गैरी गाँउ चर्चाको शिखरमा

मानिस बिभिन्न गतिविधीका कारण चर्चामा आउने गर्छन। कसै कसैमा त झन बहुआयामिक प्रतिभानै हुने गर्छ । त्यसै मध्येका एक हुन् मनोज केसी । अध्ययनको सिलसिलामा जापान आएका केसी उनको बहुआयामिक प्रतिभाका कारण चर्चामा छन्। जापानको नागोया शहरमा रहदैं आएका केसी विभिन्न सामाजिक गतिविधीमा कृयाशिल छन्। संगै उनि उत्कृष्ट भलिवल र फुटवल खेलाडी समेत हुन्। जापानमा भएका धेरै प्रतियोगिताहरुमा उनि बिजयी हुँदै पुरस्कृत भई सकेका छन्।स्वास्थ्यका लागी पनि खेल जरुरी छ , त्यसैले यस क्षेत्रमा पनि मेरो लगाव भयो केसी बताउँछन्… पुरा पढौ

रास्वपाका ३ मन्त्रीले बुझाए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डसामु राजीनामा बुझाएका छन् ।  आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की राजीनामा बुझाएका हुन् ।  बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिएका थिए । नागरिकता विवादमा सर्वोच्च अदालतबाट आएको फैसला अनुसार सांसद पद गुमाएका आफ्ना सभापति… पुरा पढौ

अनेरास्ववियुका नेताहरुले अस्कल क्याम्पस प्रमुख बराललाई अपहरण गरेको अखिल क्रान्तिकारी आरोप

दियो संघर्षको चेतावनी काठमाडौँ । अखिल क्रान्तिकारीले अमृत साइन्स क्याम्पसका प्रमुख लोकबहादुर बराललाई अपहरण गरी गाडीमा राखेर राजिनामा राजिनामा पत्र तयार गरी हस्ताक्षर गर्न लगाएको भन्दै आपत्ति जनाएको छ । संगठनका अध्यक्ष पञ्चा सिंहले शनिबार विज्ञप्ति जारी गरेर क्याम्पसका सहायक प्रमुख दिपक गुप्तासहित अनेरास्ववियुका केन्द्रीय सदस्य कमल जोशी, उज्जवल भण्डारीको समूहले राजिनामा गराउन त्रिवि लिदै गर्दा कालिकोटी प्रहरीले उद्धार गरेको बताउँदै घटनामा संलग्नलाई कारवाहीको माग गर्नुभएको छ । “२०७९ माघ २० गते विज्ञान र प्रविधिको प्राज्ञिक केन्द्र लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)… पुरा पढौ

भिर छिचोलेर पदमार्ग

जोखिमको पर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन्। राम्चेढुङ्गादेखि पदमार्ग निर्माणका लागि  कामदार वनमै बास बसे। बडिगाड गाउँपालिकाको फोर्सादेखि आएका मजदुरले महिनौँसम्म अप्ठ्यारोमा बसेर पनि काम गरेका हुन्।   कठिन भौगोलिक अवस्थालाई  छिचोलेर पदमार्ग बनाइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताए। ‘चट्टाने भिरमा मजदुरले काम गरे’, उनले भने, ‘पहरो काटेर, कतै चार/पाँच मिटर तलबाट पर्खाल उठाएर पनि पदमार्ग बनाइएको छ।’ चार वर्षअघि पदमार्ग निर्माण थालिएको थियो। अहिलेसम्म राम्चेढुङ्गादेखि तुलसीको मैरोसम्म तीन किमी पदमार्ग बनिसकेको छ। सबैभन्दा जटिल… पुरा पढौ

‘नेपाली गर्ल चाहिन्छ ?’ भन्दै मेसेज पठाएर बैंक खाता ह्याक, ८ जना पक्राउ

पछिल्लो समय 'नेपाली गर्ल' नामको मालवेयर फैलिएपछि विभिन्न बैंकका ग्राहकको खाता ह्याक हुन थालेको छ । यो एपीके फाइलका कारण एकपछि अर्को गर्दै मोबाइल बैंकिङ, डिजिटल वालेट तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ठगिन थालेका छन् । हालै प्रहरीले 'नेपाली गर्ल' नामको मालिसियस एपमार्फत विभिन्न व्यक्तिको बैंक खाता ह्याक गर्ने एक गिरोह नै पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौंधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलीप चौंधरी र भारत बिहार प्रदेशका… पुरा पढौ

पुरानो बानेश्वरमा ७ वर्षीया बालिकाको हत्यापछि बाबुद्वारा आत्महत्या, घटनास्थलबाट ‘सुसाइड नोट’ बरामद

काठमाडौंको पुरानो बानेश्वरमा ७ वर्षीय छोरीको हत्या गरेर बाबुले आत्महत्या गरेका छन्। शनिबार दिँउसो पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा छोरीको घाँटी रेटेर हत्या गरेर बाबु झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार बन्द कोठाभित्र घाँटी रेटिएको अवस्थामा छोरीको शव भेटिएको छ । बाबु शौचालयमा झुन्डिएको अवस्थामा छन् । छोरी शारिरिकरूपमा अशक्त रहेकको बताइएको छ । दिउँसो बाहिर गएकी श्रीमती साँझ कोठा फर्कँदा भित्रैबाट बन्द रहेको पाइएपछि ढोका फोडेर हेर्दा बाबुछोरी मृत भेटिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले… पुरा पढौ

नेपाली जनप्रगतिशील मन्च जापानको वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रममा प्रवास समन्वय समितिका नेताले सम्बोधन गर्ने

नेपाली जनप्रगतिशील मन्च जापान (一般社団法人NPPF JAPAN) को वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम फेब्रुअरी २६ मा हुने भएको छ ।“प्रवासी नेपाली जन जनको आह्वान, प्रवासमा आर्जेको ज्ञान,सीप र पूँजीको उचित सम्मान” भन्ने मूल नाराका साथ जापानको तोचिगीमा नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य तथा प्रवास समन्वय समिति सह इन्चार्ज लक्ष्मण पन्त नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य तथा प्रवास समन्वय समिति अध्यक्ष ओम शर्मा र नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य तथा वाइसीयल इन्चार्ज राम प्रसाद सापकोटा दिपशिखाको उपस्थितिमा सो कार्यक्रम गर्न लागिएको… पुरा पढौ

नेपाल वायुसेवाको टिकट ई–सेवा, वालेट र अन्तर्राष्ट्रिय कार्डबाट

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि टिकट खरिदमा डिजिटल प्रणालीलाई व्यापक प्रयोगमा ल्याउने भएको छ । अबदेखि इसेवा पोर्टलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडानका टिकट खरिद गर्न सकिने बनाइएको जानकारी दिइएको छ । निगमको वेवसाइट मार्फत् अन्तर्राष्ट्रिय कार्डबाट टिकटहरु केही समय अघिदेखि बिक्री भइरहेको थियो । यसैगरी निगमले दुर्गम÷विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको जनाएको छ । निगम पर्यटकीय क्षेत्र लक्षित सेवा विस्तारको तयारीमा समेत रहेको बताइएको छ । विद्यमान अवस्थामा निगमले बिक्री गर्न सकिने यात्रु… पुरा पढौ