राष्ट्रिय समाचार

रक्सीबाज र तिनका बालबच्चाहरुको पिडा

कुनै एउटा व्यक्तिको खराब मनशायका कारण सुरु हुन्छ, समाजमा विकृति र विसगति जस्तो नकारात्मक व्यावहार । त्यसैले त परिवार, समाज र समुदायमा त्यो विकृति भन्ने शब्दको व्युत्पति भएको हुनसक्छ । भनिन्छ, मध्यपान सेवनको सुरुवात र निरन्तरता पहिलो त पारिवारिक रोग हो भने दोस्रो सामाजिक रोग पनि हो । जसले सेवन गर्नेलाई मात्र नभएर त्यस परिवारको सम्पूर्णलाई घातक प्रभाव पारेको हुन्छ । त्यसो त प्रयोग गर्ने व्यक्तिको जीवनमा जति असर पुर्याउँछ । त्यो भन्दा पनि बढि असर तिनका बालबच्चाहरु माथि पर्न… पुरा पढौ

कालीगण्डकी डाईभर्सनको योजनाभित्र के छ ?

कालीगण्डकी डाईभर्सनको योजनाभित्र के छ ? काे हुन याे षडयन्त्रमा लगानी गर्ने विदेशीहरू ? बिष्णु पाैडेल कसकाे प्रतिनिधि हाे भनेर चिन्न जरूरी छ । कम्युनिष्टको खोल ओढाएर पश्चिमाहरुले परिचालन गरेका आततायीहरुले नेपालको धर्म/संस्कृतिलाई समाप्त पार्ने योजनामा काम गर्न छाडेका छैनन्। देशद्रोहीहरुको् काम गर्ने तरिका मात्र फेरिएको छ। ०६५ सालमा पुष्पकमलको मन्त्रीपरिषदले नेपालको पात्रोलाई ११ महिनामा बदल्नु पर्ने निर्णय गरेर पञ्चाङ्ग निर्णायक समितिलाई दबाब दिएको थियो। ०६८ सालमा बनेको बाबुरामको सरकारले काठमाडौंका चाडपर्वहरुका लागि राज्यले दिंदै आएको सहयोग बन्द गर्ने र… पुरा पढौ

एनआरएनए राष्ट्रिय परिषद जापानको अधिवेशन नजिकिदै जादा उम्मेदवारी घोषणा गर्ने क्रमले तिव्रता

जापान -गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद जापानको २०२१-२०२३ कार्यकालको अधिवेशन नजिकिदै जादा उम्मेदवारी घोषणा गर्ने क्रमले तिव्रता पाएको छ । जुलाई २५ मा ओसाकामा हुने अधिवेशनमा आगामी कार्यकालको समेत निर्वाचन हुने र सो कार्यकालको लागि उम्मेदवार घोषणा गरेको पदमा आफू काविल रहेको तर्क प्रस्तुत गर्दै सामाजिक संजालमार्फ़त उम्मेदवारी दाबी गर्ने कार्यले तिव्रता पाएको हो । संस्थाको लागि मुख्य कार्यकारी मानिएका अध्यक्ष र महासचिव पदमा धेरैको रोज़ाइ र दाबी गर्ने क्रम जापानको एनआरएनएमा पनि बढ्दै गएको छ । अध्यक्ष पदका… पुरा पढौ

राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा

लुम्बिनी प्रदेशककी राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन्। जनता समाजवादी पार्टी (जसपा) को निर्णय विपरित मन्त्री बनेकी शर्माले शुक्रबार मुख्यमन्त्री शंकर पोखरेल समक्ष राजीनामा दिएकी हुन्। जसपाको सरकारलाई समर्थन नरहेकोले आफूले पदबाट राजीनामा दिएको बताएकी छन्। 'जनता समाजदी पार्टी नेपाल तपाईको नेतृत्वमा रहेको सरकारलाई समर्थन नरहेकोले मैले तपाईँको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकोले नेपालको संविधानको धारा १६९ को २ (क) बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु', उनले भनेकी छन्। उनी… पुरा पढौ

सत्ताको राजनीतिलाई अस्विकार गरौं

२०४६ मा म पोखरामा अध्यापन गर्थें। जनआन्दोलनको समयमा काठमाडौमा थिए। जुलुसमा हिंडे। लोकतन्त्र माग्दै नारा लगाए। त्यसबेला पंचायतको स्तुति गर्नुपर्थ्यो। म प्रजा होइन नागरिक बन्न चाहन्थे । त्यति समयमा गीता र मेरी पहिली छोरी युगिच्छाको जन्म भएको थियो। मैले ठुलठुला आँखा हेरेर औंला चुसीरहेकी छोरीलाई मैले भने, “तिमी म जस्तै अभागी होइन, तिमी सङ्ग लोकतन्त्र छ।” मैले ३१ वर्ष मुख थुनेर स्तुति गाउनु पर्यो र लागेको थियो अब जन्मिएका नेपाली बालबालिका देशको न्यानो माया पाउने छन । तर दुर्भाग्यवश, आजसम्म… पुरा पढौ

कालीगण्डकी डाइभर्सन : संघीयतामा द्वन्द्वको बीउ बन्दै जलस्रोत

१७ असार, पोखरा । भारतको पञ्जाबबाट सन् १९६६ मा हरियाणा अलग बन्यो । त्यतिबेलादेखि नै पानीको विषयलाई लिएर पञ्जाब र हरियाणाबीच झगडा शुरु भयो । हरियाणामा पानीको अभाव पूर्ति गर्न शुरु गरेको सतलज यमुना लिंक नहर परियोजना अन्तिम चरणमा पुगेर पनि दुई प्रदेशको विवादका कारण अलपत्र अवस्थामा छ । अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन सतलज यमुना लिंक नहर परियोजनाको विवादमा वर्षेनि ठूलो आन्दोलन हुँदै आइरहेको छ । दुई प्रदेशका किसानबीच तनावपूर्ण अवस्था छ । यमुना नदीको पानी बाँडफाँड र अधिकारलाई… पुरा पढौ

एमालेकाे केन्द्रीय कमिटी बैठकमा नजाने माधव समूहको निर्णय

काठमाडौँ — नेकपा एमालेले शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालपक्ष सहभागी नहुने भएको छ । खनाल–नेपालसमूहको बिहीबार बुद्धनगरमा बसेको स्थायी कमिटी सदस्यको बैठकले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले निसर्त रूपमा पार्टीका सङ्गठनलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनु पर्नेमा ओलीले नवौँ महाधिवेशनबाट आएका जनसङ्गठनमा पदाधिकारी थप्ने निर्णय गरेको भन्दै बैठकमा नजाने निर्णय गरेकाे हाे ।  अहिलेकै अवस्थामा बैठकमा सहभागी नहुने निर्णय गरेको स्थायी… पुरा पढौ

एनआरएनए जापानको उपाध्यक्षमा घिमिरेको उमेदवारी किन ?

जापान-यतिवेला एनआरएनए जापानको अधिवेशन नजिकिदै गर्दा उम्मेदवारी दिनेको संख्या पनि बढिरहेको छ। उम्मेदवारी दिनु मात्र ठूलो कुरो होइन, विजयी हुँदैं आफुले गरेका वाचाहरु पुरा गर्न सके मात्र यसले अर्थ राख्ने गर्छ। पछिल्लो समय एनआरएनए जापानमा विकृति मात्र होईन, केहि आशालाग्दा पात्रहरु पनि देखा परेका छन्। त्यसै मध्येका एक विष्णु प्रसाद घिमिरे पनि हुन् । घिमिरे भन्छन, कुनै पनि संस्थामा लाग्न त्यसको आधारभूत तहबाट आउन जरुरी छ। जसले संस्था सञ्चालन अनि संस्थाको लक्ष्यमा पुग्न सहज हुने गर्छ। अझ संस्थामा लाग्दा केही… पुरा पढौ

🌧✨✨बरिखा✨✨🌧

बर्खाभर निश्मन भएर परिवेशलेगोघुलीमा झ्याउकिरीको मनहरदिन न्याउलीको दिल भत्काउछनिस्तव्ध आकाश अटुट भत्किदाअविरल मुसलधारे झरीलेबाढी ल्याउछ र सबथोक भत्काउछपुल,पुलेसाहरु बग्दा, समन्ध भत्किन्छहेर्दाहेर्दै खेतहरुका फाँट बग्छन्,परिश्रमका गास र आंटहरु भत्किन्छस्कुल,मन्दिर बग्दा,आस्था भत्किन्छबस्ति,आफन्त र जायजेथा सारा बग्दा,जीवन,जगत र सहारा भत्किन्छहर बरिखा भर म सोचिरहन्छु~यै निमर्म बाढीले किन भत्काउदैन होला ?कोशी ब्यारेजका यामान बांधहरु ?सारा घाती सम्झौता सन्धि र घातहरुकिन भत्काउदैन,ह~?!अन्धा शासकहरुका चुरीफुरीसिंहदरवार नामको स्यालदरवारशासकहरुका इमान,जमान र अभिमानकिन भत्किदैनन् किन बगाउदैनन् ?!ओसेपमा परेका पिरपिडाहरु भेल बनेरहरबर्खाका झरीहरुले खाली जनताकाआंखाहरुका आलीहरु मात्र किन भत्काउछ?खुसी,सपना,आशा र… पुरा पढौ

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने युवाहरु पुर्पक्षका लागि कारागार चलान

सुर्खेत — राउटे युवतीमाथि यौन दुर्व्यहार गर्ने तीन जना युवालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतले गुर्भाकोट नगरपालिकाका दोमन बहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार उनीहरुविरुद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो । गत जेठ २१ गते राति उनीहरुले १९ र २३ वर्षीया राउटे युवतीलाई यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि २३ गते प्रहरीले पक्राउ गरेको थियो… पुरा पढौ