राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा

-


     जनहित न्युज    
     असार १८ गते २०७८


लुम्बिनी प्रदेशककी राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन्।

जनता समाजवादी पार्टी (जसपा) को निर्णय विपरित मन्त्री बनेकी शर्माले शुक्रबार मुख्यमन्त्री शंकर पोखरेल समक्ष राजीनामा दिएकी हुन्।

जसपाको सरकारलाई समर्थन नरहेकोले आफूले पदबाट राजीनामा दिएको बताएकी छन्।

‘जनता समाजदी पार्टी नेपाल तपाईको नेतृत्वमा रहेको सरकारलाई समर्थन नरहेकोले मैले तपाईँको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकोले नेपालको संविधानको धारा १६९ को २ (क) बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु’, उनले भनेकी छन्।

उनी पोखरेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री थिइन्।

जसपाबाट सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल सहभागी भएका थिए। सहभागी भएपश्चात पाण्डेय भौतिक पूर्वाधार विकास मन्त्रालय, यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्रालय र रायमाझीले भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा छन् । राजीनामामा उनले सरकारलाई आफ्नो समर्थन नभएको उल्लेख गरेकी छन् ।

suman sharma
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?