स्थानीय समाचार

तेस्रो मेयर कपको उपाधी बौदीकाली गाउँपालिकालाई

गलकोट नगर खेलकुद विकास समितिको आयोजनामा संचालित तेस्रो मेयर कप खुल्ला अन्तर पालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता २०८० को उपाधी बौदीकाली गाउँपालिकाले उचाल्न सफल भएको छ । आज भएको फाईनल खेलमा बौदीकाली गाउँपालिकाले गलकोट नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै उपाधी उचाल्न सफल भएको हो । निकै प्रतिष्पर्धात्मक रुपमा सम्पन्न भएको खेलमा गलकोट नगरपालिकालाई बौदीकाली गाउँपालिकाले पहिलो, चौंथो र पाँचौँ सेटमा क्रमशः २५–१७, २५–२२ र १८–१६ ले पराजित गर्दै उपाधी जितेको हो । गलकोट नगरपालिकाले दास्रो र तेस्रो सेटमा २५–१७… पुरा पढौ

बैंकर्स बागलुङ ‘अर्मादीमा’

बागलुङ बजारका नियमित वित्तीय सेवामा व्यस्त बित्तिय क्षेत्रमा कार्यरत कर्मचारी शनिवार केहि फुर्सदिला देखिए । उनिहरुको फुर्सदलाई व्यवस्थापन गर्ने योजना केही दिन पहिले देखी नै बनाएका थिए ।भे १ ख ३१४६ नम्वरको बसमा उनिहरुको योजना अनुसार शनिवार बिहान बागलुङ बजारका बिभिन्न स्थानबाट विहान करिब ८ बजेबाट चढ्ने क्रम सुरु भयो । केही मोटरसाईकल त केही जिपमा समेत यात्रा गर्ने निश्चित भयो । बिहान करिब ९ बजे सम्ममा सबै जना बसमा चढेपछि बागलुङबाट बस पर्वत तर्फ लाग्यो । वित्तिय सेवा प्रवाह… पुरा पढौ

बन्धुहरू बिच एकता, आपसी भाइचारा बढाउन कुल पूजा

बागलुङ। सातसय बगाले थापा समाज गलकोट नगरपालिका -७ मल्म, बागलुङले यस वर्षको कुल पूजा आगामी पौष ४ गते गर्ने भएको छ । वि.सं २०७७ सालमा विश्वव्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण सामान्य रूपमा गरिएको कुलपूजा यस वर्ष भनें विगतमा जस्तै भव्य रुपमा सम्पन्न गर्ने समाजले जनाएको छ ।समाजले कुलपूजा तयारीको निमित्त अहिले आवश्यक तयारी गरिरहेको सातसय बगाले थापा समाज गलकोट बागलुङका अध्यक्ष दल बहादुर थापाले जानकारी दिनुभयो । परम्परागत रूपमा गरिँदै आएको बगाले थापाको कुल पूजालाई यस… पुरा पढौ

तोरीखोलालाई ‘मौलिक गाउँ’ बनाईँदै

गलकोटको नरेठाँटी बजारभन्दा केहीमाथि रहेको तोरीखोला गाउँ, बाक्लो मगर बस्ती । ढुङ्गा, माटो र काठबाट बनेका मौलिक घर । रातोमाटो र सेतो कमेरोले रङ्गिएका घर निकै आकर्षक देखिन्छन् । वर्षौं पुराना घर अहिले पनि बलिया छन् । परम्परागत रुपमा बनेका मौलिक घर पछिल्लो समय आधुनिकताले गर्दा विस्थापित हुने जोखिम बढेको छ । घरको आँगनमै आएको विकासले स्थानीयलाई सहज त दिलायो, त्यसको अलवा मौलिक संस्कृति र परम्परा भने गुम्ने खतरा बढ्यो । तोरीखोला गाउँजस्ता मौलिकता बोकेका गाउँ बागलुङ थुप्रै थिए ।… पुरा पढौ

सैनामैनामा नवलपुरले उचाल्यो ‘उपाधी’

दुधराक्ष युवा क्लवद्वारा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा रुपन्देहीमा आयोजित ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिताका उपाधीको जिल्ला भलिबल संघ नवलपुरले उचाल्न सफल भएको छ ।आईतबार भएको फाईनलमा जिल्ला भलिबल संघ नवलपुरले जिल्ला भलिबल संघ बागलुङलाई रोमाञ्चक ३–१ को सेटमा पराजित गदैं उपाधी बिजेता बनेको हो ।सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ , सैनामैना नगर खेलकुद समितिको सहयोग सञ्चालित अन्तर जिल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिताको फाईनलमा जिल्ला भलिबल संघ नवलपुरले जिल्ला भलिबल संघ बागलुङलाई पहिलो… पुरा पढौ

उपाधीको लागि बागलुङ र नवलपुर बिच प्रतिस्प्रर्धा हुने

दुधराक्ष युवा क्लवद्वारा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा रुपन्देहीमा आयोजित ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिताका उपाधीको लागि जिल्ला भलिबल संघ बागलुङ र जिल्ला भलिबल संघ नवलपुर बिच प्रतिस्प्रर्धा हुने भएको छ ।शनिबार सम्पन्न सेमिफाईनलमा जिल्ला भलिबल संघ बागलुङले जिल्ला भलिबल संघ स्याङ्जालाई रोमान्चक ३–२ को सेटमा पराजित गदैं उपाधी दाबेदारि प्रस्तुत गरेको हो । शनिबार नै सम्पन्न पहिलो सेमिफाईनलमा जिल्ला भलिबल संघ नवलपुरले जिल्ला भलिबल संघ गुल्मीलाई ३–१ को सेटमा पराजित गदै फाईनल पुगेको हो । सैनामैना… पुरा पढौ

पुरानै स्वरुपमा फर्कियो गलकोट दरबार

बागलुङको ऐतिहासिक गलकोट दरबार स्वरुपमा फर्किएको छ । बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा रहेको गलकोट दरबारको पुनर्निर्माण गरिएको हो । द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका परिवार विस्थापित भएपछि दरबार जीर्ण भएको थियो । अहिले दरबारका झ्याल ढोका पुरानै स्वरुपमा फेरिएको छ भने  रङ्गरोगनपछि चिटिक्क भएको छ । दरबारको पुनर्निर्माणसहित दरबार वरपर अहिले धमाधम भौतिक संरचना तयार भइरहेका छन् । लामो समयसम्म मर्मत सम्भार नहुँदा दरबारका झ्याल ढोका बिग्रिएका थिए । दरबार आन्तरिक पर्यटकको आकर्षणमा पर्दै गएपछि दरबारलाई पुनर्निर्माणसहित रिसोर्ट… पुरा पढौ

भोटे कुकुरको माग बढ्यो, एउटैको मूल्य ५५ हजार

पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि माथितिर लागियो भने अधिकांश घरमा कुकुर भेटिन्छन् । ती कुकुर साना आँखा, लामा-लामा रौँ र मोटाघाटा देखिन्छन् । स्थानीयवासीले घर हेरालुका रुपमा प्रयोग गर्ने कुकुर पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेका हुन् । केही वर्ष पहिलेसम्म बागलुङमा आउने पर्यटकले यहाँ उत्पादन हुने भाँगो, आलु, भटमास, बुट्टेनली र चोयाबाट बनेका सामग्री कोसेलीका रुपमा लैजाने गर्थे भने अहिले भोटे कुकुर लैजान थालेका छन् । खास गरी ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका… पुरा पढौ

मुसिकोटमा गलकोट च्याम्पियन

गलकोट नगरपालिका प्रथम मुसिकोट मेयर रनिङ कप– २०८० अन्तर स्थानीय तह स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा शनिवार सम्पन्न भएको उपाधि प्रतिस्प्रर्धामा निसिखोला गाँउपालिकालाई ३–२ को सेटमा पराजित गर्दै गलकोट नगरपालिका च्याम्पियन बन्न सफल भएको हो ।पहिलो सेट २५– १९, ले गुमाएको गलकोट नगरपालिकाले दोस्रो सेटमा सुरुवातबाटै अग्रता कायम गदैं २५–१६ ले जित निकालेको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा २५–२१ मा जित निकालेको गलकोटबिरुद्ध चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै निसिखोला गाँउपालिकाले २५–२१ ले जित… पुरा पढौ

नेपाल समाज र एनआरएनए कोष्टाब्लाङ्काद्वारा भूकम्प पिडितलाई राहत दिन सहयोग अभियान संचालन

स्पेनको कोष्टाब्लाङ्कामा स्थापित प्रवासी नेपालीहरुको संस्था नेपाल समाज एसोसिएसन र गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति कोष्टाब्लाङ्काले भूकम्प पिडितको राहत र उद्धारका लागि राहत सहयोग संकलन अभियान संचालन गरेको छ।पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार गत राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि आर्थिक सहयोग संकलन गर्न लागेको नेपाल समाज एसोसिएसनका अध्यक्ष नवराज दुवाडिले जानकारी दिनुभयो ।“यस दुःखद् घडीमा भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत दिने उद्धेश्यले सहयोग अभियान संचालन गरिएको अध्यक्ष दुवाडिले बताउनुभयो… पुरा पढौ