बैंकर्स बागलुङ ‘अर्मादीमा’

-


     घनश्याम गौतम    
     मंसिर २४ गते २०८०


बागलुङ बजारका नियमित वित्तीय सेवामा व्यस्त बित्तिय क्षेत्रमा कार्यरत कर्मचारी शनिवार केहि फुर्सदिला देखिए । उनिहरुको फुर्सदलाई व्यवस्थापन गर्ने योजना केही दिन पहिले देखी नै बनाएका थिए ।
भे १ ख ३१४६ नम्वरको बसमा उनिहरुको योजना अनुसार शनिवार बिहान बागलुङ बजारका बिभिन्न स्थानबाट विहान करिब ८ बजेबाट चढ्ने क्रम सुरु भयो । केही मोटरसाईकल त केही जिपमा समेत यात्रा गर्ने निश्चित भयो । बिहान करिब ९ बजे सम्ममा सबै जना बसमा चढेपछि बागलुङबाट बस पर्वत तर्फ लाग्यो ।

वित्तिय सेवा प्रवाह गर्ने कर्मचारिहरुको साझा संस्थाको रुपमा केही समय पहिले गठन गरेको बैंकर्स बागलुङले यो कार्यक्रमको नेतृत्व गरिरहेको थियो । बिहान देखी साँझ अवेर सम्म आमनागरिकलाई वित्तिय सेवा प्रवाह गर्दा निकै थकित हुने कर्मचारिहरु निकै उत्साहित थिए ।

बसको यात्रामा सीत संगितमा रमाउने र सुख, दुख आदान प्रदान गर्नेक्रम चलिररहेको थियो । यो गन्तब्य आफैमा बार्षिक चाडपर्बमा आफन्तजनको भेटघाटको यात्रा जस्तै थियो । बस पर्वत जिल्लाको अर्मादीमा रोकीयो । वरिपरिको डाडाँकाडाँ, कालिगण्डकी नदिको काखमा सुसेल्दै चलेको हावा र नदिको सहत नजिकका ति खेतियोग्य जमिन, त्यो मनमोहक ठाँउमा सुरु भयो बनभोज कार्यक्रम ।

सुन्दर पर्यटकिय गन्तब्य बागलुङ बजारमा शाखा रहेका २४ ओटा बैंकमा कार्यरत कर्मचारीहरुको यो बनभोजमा बिभिन्न साँस्कृतिक तथा प्रतियोगितात्मक कार्यक्रम समेत सम्पन्न भएको बैंकर्स बागलुङले जनाएको छ ।

महिलाहरुको कुर्सी दौड प्रतियोगितामा ज्योती बिकास बैंकमा कार्यरत सन्दिपा सापकोटा, पूरुष कुर्सी दौड प्रतियोगितामा राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत दिपक बि.क. शाखा प्रवन्धकहरुको कुर्सी दौड प्रतियोगितामा मुक्तिनाथ बिकास बैंकमा कार्यरत कृष्ण शर्मा, प्रथम हुनुभएको बैंकर्स बागलुङका सचिव हरि अधिकारिले जानकारी दिनुभयो ।

त्यस्तै सोहि अवसरमा सम्पन्न घैटोफोर प्रतियोगितामा राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत विमल पौडेल तथा कार्यक्रममा उत्कृष्ट सहभागि बैंक कुमारी बैंक बागलुङ शाखा र बनभोजमा सबैभन्दा सक्रिय सहभागिताको उपाधी कुमारी बैंकमा कार्यरत अमृता खत्रीले प्राप्त गर्नुभएको बनभोज आयोजक समितिका संयोजक दिपक शर्माले बताउनुभयो ।

सामुहिक रुपमा बिभिन्न परिकार बनाएपछि सुरु भएको साँस्कृतिक कार्यक्रमले सबैलाई आर्कषित गर्नुका साथै एक अर्कामा चिनजान र सम्वन्ध बिस्तारमा मदत्त पुगेको बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माको भनाई छ । बनभोज कार्यक्रमले साथीभाइमा आत्मीयता र सामाजिक सदभाव बृद्धि गर्नुका साथै पयटकिय गन्तब्यको समेत प्रचारप्रसार हुने अध्यक्ष शर्माले बताउनुभयो ।

समूहमा गएर सबै जना मिलेर खाना पकाउनु , मिलेर आ-आफ्नो जिम्मेवारीपूर्वक काम गर्नु बनभोजको रमाईलो पक्ष हो । अध्यक्ष शर्माले भन्नुभयो ‘बनभोजको यो क्रियाकलापले आपसमा मेलमिलाप र एकताको सन्देश समेत दिएकोले बनभोजको मर्म बुझ्नु जरुरी छ ।’

सबै बैंकमा कार्यरत सहकर्मिहरुको भेटघाटले उत्साहित छौ, ‘सहभागि तथा बैंकर्स बागलुङका सदस्य दिल जिसीले भन्नुभयो ‘साँस्कृतिक कार्यक्रममा सामहिक नृत्य तथा मिष्टान्न परिकारको भोजनले बनभोज निकै रमाईलो भयो ।’

पहिले पहिले वर्षमा एक पटक गाउँमा सबै मिलेर बनमा गएर खाना पकाएर खाने प्रचलन थियो त्यहि प्रचलनलाई अंगाल्दै आज पनि स्थान बिशेषमा समुह बनाएर बनभोज खाने गरिन्छ । संस्कार, संस्कृति र परम्परा पहिलेबाट नै सुरु भएको हो । बनभोज हास्दै, खेल्दै, खाँदै रमाउनु पर्ने मान्यता छ । बैंकर्स बागलुङको बनभोजमा १०० जनाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?