स्थानीय समाचार

बेनीड्रममा साँस्कृतिक कार्यक्रम सम्पन्न

सोमबार मध्यरातमा स्पेनको होटल मारिनामा निकै रम्मझम्म थियो । एक भब्य कोठाभित्र बहुचर्चित गायक, भ्वाईस अफ नेपाल सिजन ३ का बिजेता किरण गजमेरले निकै सुमधुर आवाजमा गीत गाइरहनु भयको मात्रै थियन् हलमा रहेका सबै दर्शकलाई झुमाईरहनुभएको थियो । गायक गजमेरको संगितमा रमाउने प्रवासी नेपालीले सबै दुख भुलेर आफ्नै देशको कुनै महोत्सव भन्दा कमी महसुष गरेनन् । नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा गजमेरको प्रस्तुतीले दिनभरिको कामको थकान तथा दुख सबै भुलाएको थियो । नेपाल समाज एसोसिएसन र… पुरा पढौ

घुम्टे युवा परिवार जापानको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा नारायण थापा चयन

सामाजिक सेवा, मानवीय सेवा र खेलकुदको क्षेत्रमा जापानमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था घुम्टे युवा परिवार जापानको छैठौ साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी कार्यकाल २०२४-२०२६ का लागि नारायण थापाको अध्यक्षतामा ३५ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । सोमबार टोकियोमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा दुर्गा थापा, संग्राम साहानी,बिष्णु थापा, मनोज केसी, दिपक चोखाल र महिला उपाध्यक्षमा कल्पना खड्का निर्वाचित भएको निर्वाचन संयोजक कालिका थापाले जानकारी दिइन ।कार्यसमितिको सचिवमा प्रकाश केसी सह सचिवमा बिना खड्का, पतिराम थापा र शिद्ध थापा… पुरा पढौ

बागलुङको सत्यवती मन्दिर जहाँ चिच्याएर वर मागिन्छ

काठमाडौं : बागलुङको बेरेङ गाउँपालिका ३ मा रहेको सत्यवती मन्दिरमा परम्परादेखि नै पूजाआजा गर्दै आएको पाइन्छ। त्यहाँ ठूलो स्वरले चिच्याएर वर माग्ने गरिन्छ। यसरी चिच्याएर वर माग्दा मनोकांक्षाा पूरा हुने जनविश्वास छ। वर्षौं पहिलेदेखि यस मन्दिरमा भक्तजनको भीड लाग्ने गरे पनि पूर्वाधार अभावमा पूजाआजा गर्न समस्या थियो। मन्दिर जीर्ण र अव्यवस्थित थियो। देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन। भौतिक पूर्वाधार निर्माण भएका थिएनन्। पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ। पाँच वर्षयता बरेङ गाउँपालिकासँगै… पुरा पढौ

घुम्टे युवा परिवारको अधिवेशन अध्यक्षमा साहानी चयन

वि. सं २०४१ सालमा स्थापना भएको सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका वडा नं ७ मल्म बागलुङको १६ औँ अधिवेशनबाट जीवन साहानी अध्यक्षमा चयन भएका छन । समितिको उपाध्यक्षमा दिनेश थापा, तुलचन्द्र थापा (खिम), दिनेश थापा जापान, सचिवमा कृष्णा थापा, सह–सचिवमा अमृत थापा र कोषाध्यक्षमा सुवेदार मिन बहादुर थापा चयन भएका छन । समितिको सदस्यमा भुमिराज थापा, टिका साहानी, सुवेदार गंग बहादुर थापा, सरोज थापा, रुद्र बहादुर थापा, किसानकाजी थापा, देबु साहानी, भरत परियार, बाबुराम थापा र दिपक खड्का… पुरा पढौ

शैक्षिक संस्थाले आफ्नै माटोको माया गर्ने जनशक्ति गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

बागलुङ ६ फागुन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नै माटोको माया गर्ने जनशक्ती बनाउने शिक्षा आजको आवश्यकता भएको बताएका छन् । गलकोट बहुमुखी क्याम्पसको शैक्षिक विकास र संकाय थप गर्ने लक्षले आइतबारदेखि श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञको शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले भनें, ‘अबका शैक्षिक संस्था र शिक्षकले आफ्नै माटोको माया गर्ने जनशक्ती उत्पादन गर्नुपर्छ ।’ पाण्डेले भौतिक पूर्वाधार निर्माणमा स्थानीय र प्रदेश सरकारले साथ दिने भन्दै नैतिक शिक्षा र राष्ट्रभक्ति सिकाउने काम समाजको भएको बताए । ‘विकास निर्माणमा त सरकारले साथ… पुरा पढौ

सडकले मुहार फेरेको निसी गाउँ

मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि यहाँ निकै चहलपहल बढेको छ। गाउँमा आएको परिवर्तनले बूढापाकालाई अचम्मित बनाएको छ। ढोरपाटन (बागलुङ)- छेउमै कलकल बग्ने निसीखोला। माथिपट्टि अग्ला भिर पहरा। बीच भाग हुँदै रुकुम जोडिएको मध्य पहाडी लोकमार्ग। आडमै छ निसी गाउँ। स–साना ढुंगामाटोले बनेका कलात्मक घर। बाक्लो मगर बस्ती। बाहिरबाट यहाँ आइपुग्ने जोकोहीलाई आकर्षित गर्छ। अझ यहाँको भाषा, कला र संस्कृतिले त झन् लोकमार्गमा गुड्ने गाडीलाई एकै छिन ठक्क रोक्ने गर्छ। गाडीमा यात्रा गर्नेले रोकिएर निसी गाउँको अवलोकन गरेर मात्रै आफ्नो गन्तव्यतर्फ लाग्ने गर्छन्।… पुरा पढौ

बेनिड्रोममा कलाकारहरुसंगै हाँस्ने र नाच्ने कार्यक्रम सम्पन्न

अंग्रेजी नयाँ बर्ष २०२४ तथा गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसर पारेर स्पेनको बेनिड्रोममा मंगलबार आयोजित साँगीतिक कार्यक्रममा कलाकारहरुसँग दर्शक मज्जाले झुमेका थिए । नेपाल समाज एसोसिएसन र एनआरएनए क्षेत्रीय समिति काष्टाब्लाङ्काको आयोजनामा आयोजित हास्ने र नाच्ने कार्यक्रममा नेपाल बाट आउनुभएका चर्चित कलाकारहरुले प्रस्तुती दिनुभएको थियो।लाखौं नेपालीका ढुकढुकी बन्न सफल कलाकार राम चन्द्र काफ्ले, चर्चित हास्य कलाकार जितु नेपाल मुन्द्रे तथा चर्चित गायिका जुनु रिजाल काफ्लेलाई आफ्नै आँखा अगाडि भेट्न पाउँदा स्पेनबासी नेपाली हर्षले विभोर हुँदै उनीहरुका प्रस्तुतिमा कम्मर मर्काई… पुरा पढौ

गल्कोट नुवाकोट समाज जापानको चौथो अधिबेशन सम्पन्न, अध्यक्षमा झंक बहादुर खड्का र सचिवमा इश्वर गैरे निर्वाचित

बागलुङ जिल्लाको गल्कोट नुवाकोट जन्मभूमि भइ बिभिन्न पेसा तथा रोजगारीको सिलसिलामा जापानलाई कर्म थलों बनाएका गल्कोट नुवाकोटबासीको साझा संस्था गल्कोट नुवाकोट समाज जापानको हालै सम्पन्न चौथो अधिवेशनले झंकबहादुर खड्काको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।अधिवेशनले वरिष्ठ उपाध्यक्षमा छम बहादुर विश्वकर्मा, उपाध्यक्षमा प्रदिप गैरे, लिलामणि न्यौपाने र सञ्जय साहनी सचिबमा इश्वर गैरे, सह सचिवमा तुलबहादुर केसी, सुसान साहनी, कोषाध्यक्षमा प्रेम थापा र सह कोषाध्यक्षमा होमबहादुर खत्री चयन गरेको छ ।समाजको लेखा समितिमा सयोजक सूर्य भण्डारी उपसयोजक कुलबहादुर खड्का, सास्कृतिक… पुरा पढौ

आर्मी च्याम्पीयन

त्रिभुवन आर्मी क्लब बुकी कप २०८० भलिबल प्रतियोगिताको च्याम्पीयन बनेको छ ।हिमालयन म्युजिकल ईभेन्ट म्यानेजमेन्ट प्रालि द्वारा बागलुङको गलकोटमा आयोजित बुकि कप २०८० को उपाधी त्रिभुवन आर्मी क्लवले हात पारेको हो । निकै प्रतिस्पर्धात्मक रुपमा सम्पन्न फाईनलमा बिभागिय टोली त्रिभुवन आर्मी क्लबले बिभागिय टोली नेपाल पुलिस क्लवलाई ३–२ को सेटमा पराजित गदैं उपाधी बिजेता बनेको हो । आर्मीले पुलिसलाई पहिलो, चौथो र पाँचौ सेटमा क्रमशः २७–२५, २७–२५ र १५–६ को अन्तरले पराजित गरेका थियो । बिभागिय क्लव नेपाल पुलिस क्लवले… पुरा पढौ

वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड आम्दानी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो । यसबाट तीन करोड २६ लाख ३५ हजार आठ सय ५० रुपैयाँ आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए । 'डिभिजन वन कार्यालयले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेसामा जोड्न पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको छ,' उनले भने, 'यसै वर्ष ५५… पुरा पढौ