सामाजिक सेवा, मानवीय सेवा र खेलकुदको क्षेत्रमा जापानमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था घुम्टे युवा परिवार जापानको छैठौ साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी कार्यकाल २०२४-२०२६ का लागि नारायण थापाको अध्यक्षतामा ३५ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।
सोमबार टोकियोमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा दुर्गा थापा, संग्राम साहानी,बिष्णु थापा, मनोज केसी, दिपक चोखाल र महिला उपाध्यक्षमा कल्पना खड्का निर्वाचित भएको निर्वाचन संयोजक कालिका थापाले जानकारी दिइन ।
कार्यसमितिको सचिवमा प्रकाश केसी सह सचिवमा बिना खड्का, पतिराम थापा र शिद्ध थापा कोषाध्यक्षमा प्रकाश थापा सह-कोषाध्यक्षमा दिपक कार्की, मिठु थापा र आनन्द थापा खेल संयोजकमा कृष्ण खड्का, खेल सह संयोजकमा रबि केसी र प्रकास कार्की युवा संयोजकमा पदम थापा, सह-संयोजकमा मनोज थापा महिला संयोजकमा गंगा थापा र सह-संयोजकमा सरस्वती खड्कामा निर्वाचित भएको निर्वाचन समिति सदस्य सुन्दर खड़काले बताए ।
खड़काका अनुसार सदस्यहरूमा लेमनसिंह बस्नेत, नितु सिंह, कृष्ण खत्री, मधु थापा, बिष्णु साहानी, ज्योती थापा, पुजा थापा, जिवन खड्का, दिनेश गौतम, मिलन चोखाल, कृष्ण केसी र जनक थापा रहेका छन ।
साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै संस्थाका संरक्षक दिल बहादुर थापा(रामु) ले सामाजिक सत्भाव, आपसी एकता, खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्थाले स्थानीय स्तरमा समाजको परिवर्तन र विकासमा मुख्य भूमिका खेलेकोले अब जन्मभूमि र कर्मभूमिमा रहेका हामी मल्मबासीले अन्यहरूका लागि नमूना रूपमा प्रस्तुत हुनुपर्ने बताए ।
कार्यक्रमको प्रमुख अतिथि कालिका थापाले यस संस्थाले मानवीय स्वास्थ्य शिक्षा खेलकुदको क्षेत्रमा उल्लेखनीय कार्य गरेकोमा खुशी व्यक्त गर्दै समाजको सकारात्मक रूपान्तरणका क्षेत्रमा आगामी दिनमा कार्य गर्न अनुरोध गरिन । कार्यक्रममा सल्लाहकार तथा निर्वाचन समिति सदस्य खगराज गौतमले मल्ममा रहेका मौलिक सांस्कृतिक संरक्षणमा क्लबले पुर्याएको योगदानको चर्चा गर्दै अब त्यहा रहेका ती मौलिक सम्पतिको संरक्षणमा विशेष कार्य गर्ने गरि योजना बनाउन आग्रह गरे।
बाग्लुङ जिल्ला गल्कोट नगरपालिका ०७ मल्मबाट जापानमा विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनको शिलशिलामा हामी मल्मबासीले २०१८ मा सामाजिक सत्भाव, आपसी एकता, खेलकुदको विकास र प्रवर्धन साथै सहकार्यको विकाश गर्दै आम मल्मबासीबिचमा अपनत्व सहितको समाज निर्माण गर्दै जापानभित्र रहेका सम्पुर्ण मल्मबासीहरुमा एकताको भावना विकास गराई जापानको ज्ञान, सिप र पुजीको माध्यमबाट जन्मभुमीको हरेक क्षेत्रकों विकासका लागि हामी लागिरहेको अध्यक्ष दिनेश थापाले बताए ।
दोस्रो कार्यसमितिलाई हरेक प्रकारका अभियानमा सक्रियतापूर्वक साथ सहयोग प्रदान गर्ने सम्पूर्णमा अध्यक्ष थापाले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा संस्थाको गरिमा बढ़ने गरि र सबैको सक्रिय सहभागिता रहने गरि हरेक गतिविधि संचालन गर्न आग्रह गरे ।
संस्थाका सचिव सह-सचिव बिना खड्कालाई प्रगति प्रतिवेदन र कोषाध्यक्ष बिष्णु थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्षद्वारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमायस २ वर्षको छोटो अवधिमा शिक्षा, स्वास्थ्य, खेलकुदमा र मानवीय सेवा लगायतका क्षेत्रमा करिब १ करोड ४० लाख बराबरको काम गरेको उल्लेख छ ।
सोही कार्यक्रममा संस्थालाई विभिन्न क्षेत्र र अभियानमा सहयोग सकृयता पुर्वक कार्यसम्पान गरेकोमा महिला संयोजक कल्पना खड्कालाई दोसल्ला ओडाएर साथै कदर पत्रद्वारा सम्मान गरिएको थियो।
संस्थाको तर्फबाट कार्यसमिति, सल्लाहकार र संरक्षकलाई मायाको चिनो समेत तथा प्रदान गरिएको थियो । अध्यक्ष दिनेश थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाको संचालन सह-सचिव बिना खड्का र स्वागत मन्तव्य उपाध्यक्ष संग्राम साहानीले गरेका थिए ।