स्थानीय समाचार

बागलुङमा रोपाइँ पनि ठेक्कामा

काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उनकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थालेका छन् । गाउँको एक हजार ५ सय रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी तीन हजार २ सय ६६ रुपैयाँमा ठेक्का लिएर उनीहरूले रोपाइँको चाजोपाजो मिलाएका हुन् । खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था उनीहरूले गरिदिन्छन, तर त्यसबापत अग्रिम रुपमा रकम उपब्ध गराउनुपर्छ । घर्ती दम्पतीले गत असारमा १ सय ८० रोपनीमा रोपाइँ गरेर छ लाख १७… पुरा पढौ

काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडरमा अदिती नियुक्त

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले मोडल, अदिती बुढाथोकीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ । काठमाडौंले अदितीलाई गुडबिल एम्बासडर नियुक्त गरेको घोषणा गरेको हो । काठमाडौंमा गुडविल एम्बासडरको रुपमा जोडिन पाउँदा एकदमै खुशी लागेको अदितीले बताइन् । ‘इडब्लुभिएल नेपाली महिला भलिबलका लागि ऐतिहासिक प्रतियोगिता हो । यसमा पनि राजधानीको प्रतिनिधित्व गर्ने टिम काठमाडौं स्पाइकर्समा जोडिन पाउँदा म एकदमै खुशी छु,’ अदितीले भनिन् । अदितीले केही समयअघि लण्डनमा भएको वल्र्ड च्याम्पियन लेजेण्ड लिग (डब्लुसिएल) मा डिजिटल… पुरा पढौ

दक्षिणपश्चिम जापानमा भारी वर्षा हुँदा एक जनाको मृत्यु भएको आशंका, अरु बेपत्ता

फुकुओका (क्योदो) -- दक्षिणपश्चिम जापानमा सोमबार मुसलधारे वर्षाका कारण बाढी र पहिरो गएको र कम्तिमा एक जनाको मृत्यु भएको छ । अन्य केही बेपत्ता भएको स्थानीय अधिकारी र उद्धारकर्ताहरूले बताएका छन्। जापान मौसम विज्ञान एजेन्सीले कुमामोतो प्रिफेक्चरका केही भागहरूमा विशेष भारी वर्षाको चेतावनी जारी गर्‍यो तर दिउँसो भारी वर्षाको चेतावनीमा घटाएको थियो । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन भने आग्रह गरिएको थियो । कुमामोटो प्रिफेक्चरको कोसामा पहिरोले कार बगाउँदा परिवारसँग घर खाली गर्न गएका एक व्यक्ति बेपत्ता भएका छन्।आमा र… पुरा पढौ

पर्वत समाज जापानको अध्यक्षमा राम प्रसाद बास्तोला चयन

टोकियो जापान। पर्वत समाज जापानको आठौं अधिवेशनले राम प्रसाद बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जुलाई ८ तारिखका टोकियोमा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमितिको – वरिष्ठ उपाध्यक्षमा मूक्तिराज रेग्मी चयन भएका छन् भने उपाध्यक्षहरूमा जीवन गुरुङ, अनिल पन्त, राजेन्द्र शर्मा, सुमन सुवेदी, अर्जुन तिवारी, रामकृष्ण शर्मा र रमेश राज जैसी रहेका छन्। महासचिवको जिम्मेवारी विमल न्यौपानेले पाएका छन् भने सचिवमा अर्जुन थापा र उमेश लामिछाने छन्। महिला सचिवको जिम्मेवारी मनिषा पौडेल रिमाललाई दिइएको छ। कोषाध्यक्षमा नवराज आचार्य, सह-कोषाध्यक्षमा बालकृष्ण… पुरा पढौ

अप्ठ्यारोमा परेका कान्साईबासी नेपालीलाई २४ सै घण्टा हटलाइन सेवा दिने योजनासहित भिमबहादुर घर्ती अनुपले घोषणा गरे एनआरएनए कान्साईको संयोजक पदमा उम्मेदवारी

“दुःखमा पनि सुखमा पनि बनाउने छु एनआरएनए प्रभावकारी ''क्षेत्र र केन्द्र जोड्दै समन्वयात्मक कार्यका लागि मेरो उम्मेदवारी” भन्ने नाराका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान अन्तर्गतको कान्साई क्षेत्रीय समन्वय परिषद्को संयोजकमा भिम बहादुर घर्ती (अनुप) ले उम्मेदवारी घोषणा गरेका छन्।हाल कान्साई क्षेत्रीय समन्वय परिषद्को उप संयोजकको रुपमा कार्यरत रहेका घर्तीले आफ्नो व्यवस्थित कार्यालय स्थापना गरी सञ्चालन गर्ने र आफ्नो क्षेत्रमा रहेका नेपालीहरुलाई तत्काल सहयोग पुर्याउने गरि हटलाइन टेलिफोनको व्यवस्था गर्ने योजना सहित २०२५-२०२७ कार्यकालका लागि उम्मेदवारी घोषणा… पुरा पढौ

जापानमा नेपाली विद्यार्थीको कष्टकर दैनिकी

स्कूले पढाइ भ्याउँदा नभ्याउँदै उच्च शिक्षा अध्ययन गर्न भनेर विद्यार्थी भिसामा जापान पुगेका अधिकांश नेपालीहरू विद्यार्थी कम, मजदूर बढी बनेर कष्टकर दैनिकी गुजारिरहेका छन्।आठ घण्टा उभिएरै काम गरेपछि स्वर्णिम अर्को ‘ड्यूटी’ का लागि हुइँकिए। नारा प्रिफेक्चर नजीकैको बेन्तो लाइनमा बिहान ८ देखि बेलुकी ५ बजेसम्म ड्यूटी थियो। त्यसबीचमा एक घण्टा खाजा ‘ब्रेक’ हुन्छ।उनी दिनको ‘ड्यूटी’ सकेपछि ओशाकातिर हानिएका थिए। ओशाका प्रिफेक्चर ताकात्सुकीको रात्रिकालीन ‘ड्यूटी’ राति ९ बजेबाट शुरू हुन्छ। यो ‘ड्यूटी’ बिहान ६ बजेसम्म चल्छ।त्यसपछि क्योतो आइपुगे, बिहान ८ बजे।… पुरा पढौ

पहिलो याममा १० नाउर र ५ झारलको सिकार

गलकोट - यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ झारलको सिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका थिए । एउटा नाउरको सिकार गर्नका लागि अनुमति प्राप्त सिकारी आउन नपाएको र एक जना सिकारी नाउर सिकार गर्न असमर्थ भएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ । जङ्गली जनावर नाउर र झारलको सिकार… पुरा पढौ

बागलुङ समाज जापानको पाँचौं अधिवेशन आगामी जनवरी १९ तारिखमा हुने

बागलुङ समाज जापानको पाँचौं अधिवेशन आगामी जनवरी १९ तारिखमा हुने भएको छ । गत नोभेम्बर २४ मा (मंसिर ९ गते) बसेको समाजको नियममित बैठकले अधिवेशनको मिति तय गरेको हो । समाजका अध्यक्ष यमकान्त कँडेलको अध्यक्षतामा बसेको बैठकले अधिवेशनका लागि मिति तय गरेको प्रवक्ता रामु खत्रीले जानकारी दिए । ‘सामाजिक कार्यमा सक्रिय समाजको पाचौ अधिवेशनले नयाँ नेतृत्व चयन र समाजका आगामी दिनमा गर्ने भावी कार्ययोजनाहरु पनि तय गर्नेछ’, प्रवक्ता खत्रीले भने । अधिवेशन सम्पन्न गर्नका लागी सबै तयारी थालिएको खत्रीले बताए… पुरा पढौ

ग्लोबल आइएमईद्वारा गलकोटमा वित्तीय साक्षरता कार्यक्रम संचालन

सहज र सरल रुपमा वित्तीय कारोबार गर्दा अपनाउनुपर्ने सावधानी बारे आम नागरिकलाई जानकारी दिने उद्धेश्यले ग्लोवल आइएमई बैंक लिमिटेडले बित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ । बढ्दो जोखिम न्यूनिकरण तथा वित्तीय कारोबारलाई भरपर्दो बनाउन वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ कारोबार सम्वन्धी जनचेतनामुलक कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर ११ रिघामा शनिबार सम्पन्न गरेको हो । गलकोट नगरपालिकाका सबै वडामा संचालन गर्ने कार्यक्रम अन्तरगत पहिलो कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर ११ रिघाबाट सुरुवात भएको हो । बैंकले आधुनिक युगमा डिजिटल प्रविधिको प्रयोगबाट… पुरा पढौ

मृगौला पिडित कमला खत्रीलाई घुम्टे युवा परिवार जापानको सहयोग

दुवै मृगौलामाँ समस्या आइ आर्थिक अभावले थप उपचारमा समस्यामा परेकी गलकोट नगरपालिका वार्ड नम्बर ७ कि कमला खत्रीलाई घुम्टे युवा परिवार जापानद्वारा संकलित रकम १ लाख ६८ हजार २२४ रुपैया रक़म उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ । लामों समयसम्म अस्पतालमा भर्ना भै उपचार गराउदा आर्थिक अभाव भै घुम्टे युवा परिवारलाई पिडित परिवारले आग्रह गरेपछि संचालित आर्थिक संकलन अभियानबाट संकलित रकम पिडित खत्रीलाई आगाँखेत निजको निवासमा पुगेर गलकोट नगरपालिका–७ का वडा सदस्य, घुम्टे युवा परिवार मल्मका अध्यक्ष जीवन साहानी, समाजसेवी… पुरा पढौ