मुसिकोटमा गलकोट च्याम्पियन

- सर्वाेत्कृष्ट बने रवि

-


     घनश्याम गौतम     
     कार्तिक २६ गते २०८०


गलकोट नगरपालिका प्रथम मुसिकोट मेयर रनिङ कप– २०८० अन्तर स्थानीय तह स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा शनिवार सम्पन्न भएको उपाधि प्रतिस्प्रर्धामा निसिखोला गाँउपालिकालाई ३–२ को सेटमा पराजित गर्दै गलकोट नगरपालिका च्याम्पियन बन्न सफल भएको हो ।
पहिलो सेट २५– १९, ले गुमाएको गलकोट नगरपालिकाले दोस्रो सेटमा सुरुवातबाटै अग्रता कायम गदैं २५–१६ ले जित निकालेको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा २५–२१ मा जित निकालेको गलकोटबिरुद्ध चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै निसिखोला गाँउपालिकाले २५–२१ ले जित निकालेको थियो ।

रोमाञ्चक बनेको पाँचौ सेटमा १५–८ ले जित निकाल्दै गलकोट नगरपालिका च्याम्पियन बन्न सफल भयको हो ।
गलकोट नगरपालिकाले उपाधिसँगै नगद १ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बनेको बागलुङ जिल्लाकै निसिखोला गाँउपालिकाले १ लाख रुपैयाँ प्राप्त गरेको छ ।

च्याम्पियन बनेको गलकोट नगरपालिकाका ओपन स्पाइकर रवि केसी प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।प्रतियोगिता भर नै सानदार प्रदर्शन गर्ने रवि के.सी सर्वाेत्कृष्ट घोषित हुदाँ निसिखोला गाँउपालिकाका नकुल साहि उत्कृष्ट सर्भर, गलकोट नगरपालिकाका मिन सुनार उत्कृष्ट सेटर, गलकोट नगपालिकाका ईन्द्र बिक उत्कृष्ट ब्लकर, निसिखोला गाँउपालिकाका दिल सुनार उत्कृष्ट स्पाईकर, तमानखोला गाँउपालिकाका रेशम छन्त्याल उत्कृष्ट डिफेन्डर बन्दा उपाधी बिजेता बनाउन उत्कृष्ट प्रशिक्षण गर्ने गलकोट नगरपालिका सुरेन्द्र के.सी उत्कृष्ट प्रशिक्षक घोषित हुनुभएको छ ।

मुसिकोट नगर खेलकुद बिकास समितिको आयोजनामा कार्तिक २२ देखि सुरु भएको मुसिकोट मेयर रनिङ कप २०८० अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगितामा १० समुहको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?