
दुधराक्ष युवा क्लवद्वारा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा रुपन्देहीमा आयोजित ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिताका उपाधीको लागि जिल्ला भलिबल संघ बागलुङ र जिल्ला भलिबल संघ नवलपुर बिच प्रतिस्प्रर्धा हुने भएको छ ।
शनिबार सम्पन्न सेमिफाईनलमा जिल्ला भलिबल संघ बागलुङले जिल्ला भलिबल संघ स्याङ्जालाई रोमान्चक ३–२ को सेटमा पराजित गदैं उपाधी दाबेदारि प्रस्तुत गरेको हो । शनिबार नै सम्पन्न पहिलो सेमिफाईनलमा जिल्ला भलिबल संघ नवलपुरले जिल्ला भलिबल संघ गुल्मीलाई ३–१ को सेटमा पराजित गदै फाईनल पुगेको हो ।
सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ , सैनामैना नगर खेलकुद समितिको सहयोग सञ्चालित अन्तर जिल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिताको रोमाञ्चक दोस्रो सेमिफाईनलमा जिल्ला भलिबल संघ बागलुङले जिल्ला भलिबल संघ स्याङ्जालाई पहिलो चौथो र पाँचौ सेटमा क्रमश २५–२१, २५–१९ र १५–१३ को सेटमा पराजित गदै फाईनल यात्रा तय गरेको हो । जिल्ला भलिबल संघ स्याङ्जाले दोस्रो र तेस्रो सेटमा क्रमश २५–२१ र २६–२४ को सेटमा जित निकालेपनि अन्तीम सेट आफ्नो पक्षमा पार्न नसक्दा फाईनल पुग्न नसकेको हो ।
पहिलो सेमिफाईनलमा जिल्ला भलिबल संघ नवलपुरले जिल्ला भलिबल संघ नवलपुरलाई २५–१५, २५–१८, १७–२५, र २५–२१ को सेटमा पराजित गदैं फाईनल प्रवेश गरेको हो ।
आईतवार उपाधीको लागि बागलुङ र नवलपुर तथा तेस्रो स्थानको लागि स्याङ्जा र गुल्मी बिच प्रतिस्प्रर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ७७ हजार ७ सय ७७ र तेस्रो हुने टोलीले ४४ हजार ४ सय ४४, सान्तवना हुने टोलीले २२ हजार २ सय २२ रुपैयाँ पाउनेछन्। विधागत उत्कृष्ट खेलाडीले ७ हजार ७ सय ७७ तथा सर्वाेत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष किरण पोखरेलले जनाकारी दिनुभयो ।