सैनामैनामा नवलपुरले उचाल्यो ‘उपाधी’

-


     घनश्याम गौतम    
     मंसिर १७ गते २०८०


दुधराक्ष युवा क्लवद्वारा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा रुपन्देहीमा आयोजित ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिताका उपाधीको जिल्ला भलिबल संघ नवलपुरले उचाल्न सफल भएको छ ।
आईतबार भएको फाईनलमा जिल्ला भलिबल संघ नवलपुरले जिल्ला भलिबल संघ बागलुङलाई रोमाञ्चक ३–१ को सेटमा पराजित गदैं उपाधी बिजेता बनेको हो ।
सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ , सैनामैना नगर खेलकुद समितिको सहयोग सञ्चालित अन्तर जिल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिताको फाईनलमा जिल्ला भलिबल संघ नवलपुरले जिल्ला भलिबल संघ बागलुङलाई पहिलो तेस्रो र चौथो सेटमा क्रमश २५–१९, २५–२३ र २५–१९ को सेटमा पराजित गदै उपाधी बिजेता बनेको हो ।

जिल्ला भलिबल संघ बागलुङले दोस्रो सेटमा २५–१७ को सहज जित निकालेपनि अन्य सेट आफ्नो पक्षमा पार्न नसक्दा उपाधी उचाल्नबाट बन्चित भयो । उपाधी बिजेता बनेको नवलपुरले ट्रफीसहित १ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त गरेको छ भने उपाबिजेता जिल्ला भलिबल संघ बागलुङले ७७ हजार ७ सय ७७ रुपैया प्राप्त गरेको छ ।
त्यस्तै आईतबार नै सम्पन्न तेस्रो स्थानको लागि भएको प्रतिस्प्रर्धामा जिल्ला भलिबल संघ स्याङ्जाले जिल्ला भलिबल संघ गुल्मीलाई पराजित गरेको छ ।
स्याङ्जाले गुल्मीलाई ३–१ को सेटमा पराजित गदैं तेस्रो हुन सफल भएको हो । पहिलो सेट २६–२८ ले गुमाएको स्याङ्जाले त्यसपछिका सेटमा क्रमश २५–२०,२५–१२ र २५–२० को सेटमा जित निकालेको थियो । स्याङ्जाले तेस्रो बन्दै ४४ हजार ४ सय ४४ रुपैया प्राप्त गर्न सफल भयो । प्रतियोगितामाा चौथो स्थान हासिल गरेको जिल्ला भलिबल संघ गुल्मीले २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गरेको छ ।

गत असोजमा पोखरामा सम्पन्न नदिपुर कप भलिबलमा बागलुङले नवलपुरलाई पराजित गदैं उपाधी बिजेता बनेको थियो । गण्डकी प्रदेशमा समाहित खेलाडिहरुको बर्चश्व रहेको नवलपुर, बागलुङ र स्याङ्जा बिच रोचक प्रतिस्प्रर्धा हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?