स्थानीय समाचार

स्थानीय तहले ८ प्रकारका कर र ४० प्रकारका शुल्क लिन पाउने (सूचीसहित)

काठमाडौं- २०७२ मा जारी भएको नेपालको संविधान अनुसार बनेका स्थानीय सरकारले ४ वर्ष अवधि पूरा गरेका छन् ।  तीन तहका सरकारमध्ये संविधानले नै यी सबै सरकारको कर र शुल्क उठाउने अधिकार बाँडफाँट गरेको छ । तर, स्थानीय सरकार सञ्चालन भएको ४ वर्ष वितिसक्दापनि स्थानीय तहले के-केमा कर उठाउन पाउँछ र कस्ता क्षेत्रमा शुल्क लिन पाउँछ भन्ने धेरैमा अन्योल देखिन्छ ।  २०७४ मा जारी भएको स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले कस्ता विषयमा कर लिन पाउँने र कस्ता विषयमा शुल्क उठाउन पाउने… पुरा पढौ

वडाबाटै पाइन्छ ९६ थरीका सेवा

काठमाडौ- सरकारी कार्यालयमध्ये सबैभन्दा बढी व्यस्त कुन होला ? धेरैले सहज उत्तर दिन्छन्, मालपोत, नापी, जिल्ला प्रशासन कार्यालय आदि ।  तर, घर नजिकैको वडा कार्यालय पुगेपछि भने आम मानिसको पुरानो सोचाइ गलत सावित हुनेछ । किनकि वडा कार्यालयले मात्र तपाईंको र आम जनचासोका गरी ९६ वटा काम गरिदिन्छ ।  जनप्रतिनिधि आएको ४ वर्षदेखि वडा कार्यालय र वडाध्यक्षले आफ्नो वडाबाटै यति धेरै काम गरिदिन थालेपछि घन्टौँ हिँडेर या रातै बिताएर सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता पनि अन्त्य भएको छ ।  वडा कार्यालय र वडाध्यक्षले… पुरा पढौ

एमालेलाई समर्थन गर्ने सांसद थापालाई गण्डकीमा जनमोर्चाले निकाल्यो

पोखरा/ गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् । उनलाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको थियो । सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए । थापालाई जनमोर्चाले साधारण सदस्य पनि नरहने गरी यसअघि नै निलम्बन गरेको थियो । थापाले पार्टी नीति विपरीत सरकारलाई साथ दिने बताएपछि सांसद पदबाटै निष्कासन गर्न… पुरा पढौ

कोरोना नियन्त्रण तथा व्यवस्थापनमा गलकोट नगरपालिकाको भूमिका

लकडाउनको सुरुवातको समयमा प्रहरी प्रशासन, उद्योगी, व्यावसायी तथा सामाजिक संघ सस्थाहरुको समन्वयमा सचेतनाका कार्यक्रम संचालन गरेको नगरपालिकाले गलकोट नगर संकट ब्यबस्थापन समितिको गठन गरि प्रभाबकारी रुपमा काम संचालन गरेको नगरपालिको स्थानीयको सहयोगमा गलकोट नगरपालिकाको दुदिलाभाटी क्वारेन्टाई निर्माण, समुदाय स्तरमा कोरोना संक्रमण फैलिन बाट रोक्न, वडा तहमा क्वारेन्टाईन निर्माण, स्वास्थ्य स्वयम सेबिकाको परिचालन गरि भारत लगायत तेस्रो मुलुकबाट भित्रिने नागरिकहरुको पहिचान जस्ता क्रियाकलाप संचालन गरेको थियो । हरिचौरमा स्थानपना गरिएको ११ शैयाको अस्थायी कोभिड अस्पताल गलकोट क्षेत्रबाहिरबाट आउने नागरिकको चाप अनुसार… पुरा पढौ

सांसद खिमविक्रमको प्रश्न : प्रदेशसभा विघटन गर्ने हो ?

गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चा सांसद खिमविक्रम शाहीले प्रदेशसभा पनि विघटन हुनसक्ने संकेत गर्नुभएको छ ।बुधबारको संसद् बैठकमा बोल्दै उहाँले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा निर्वाचनक्षेत्र पूर्वाधार विकास कार्यक्रम नसमेटिएको भन्दै त्यस्तो आशंका व्यक्त गर्नुभएको हो ।केन्द्र सरकारले बजेट भाषणमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेजको घोषणा गरेको थियो । प्रदेशको बजेटको सिद्धान्त र प्राथमिकतामा पनि त्यस्तै खालको कार्यक्रम समावेश गरिएको छैन । ‘केन्द्रको भाषणमा जसरी निर्वाचन क्षेत्र प्रदेशमा पनि त्यो कार्यक्रम देखिएन । कि यहाँ पनि संसद विघटन गर्ने सोचमा… पुरा पढौ

राष्‍ट्रिय सभा उपनिर्वाचन: लुम्‍बिनीमा कांग्रेस उम्‍मेदवार पाण्‍डे विजयी

बुटवल/ लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनका उम्‍मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरे । कांग्रेसका पाण्‍डेले १६० मत पाए भने एमालेका खड्काले १२३ मत पाए । विजयी भएको घोषणा भने हुन बाँकी छ । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो । कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो ।  बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर धवलशंसेर राणा, बांकेकै नरैनापुर गाउपालिकाका… पुरा पढौ

मल र बिउबिजन नपाउँदा मकवानपुरका किसानलाई मर्का

मकवानपुर : भर्खरै मकै गोडिसकेकी हेटौंडा उपमहानगरपालिका–१२ की भगवती न्यौपाने अब धानको बिउ राख्ने तयारीमा छिन्। असारमा धान रोप्नका लागि यतिबेला बिउ राख्ने बेला भयो। तर, उनी बिउ नपाएर हैरान भएकी छिन्। मकै गोड्नुअघि पनि सबै मल हाल्ने उनले यस वर्ष मल नपाएपछि त्यतिकै मकै गोडेकी थिइन्। अहिले धानको बिउ राख्न पनि अभाव भएपछि उनी मानो रोपेर मुरी फलाउने बेलामा समस्यामा परेको छिन्। ‘मल नभए पनि जसोतसो मकै गोडेर भ्याइयो। अब त खेतमा धानको ब्याड राख्ने बेला पनि भयो। धानको बिउ… पुरा पढौ

धाैलागिरि अस्पताललाई अक्सिजन सिलिन्डर र नगद सहयोग

बागलुङ / काेराेना भाइरस काेभिड १९ काे दाेस्राे भेरिएन्ट फैलिएपछि बागलुङ जिल्लामा काेराेना संक्रमित बिरामी ह्वात्तै बढेर गएपछि अक्सिजनकाे अभाव हुदै गइरहेको छ ।धाैलागिरि अस्पतालमा अक्सिजनकाे अभाव भएकाे भन्दै अस्पताल लाई सहयोग गर्ने क्रम बढेर गएको छ ।अस्पतालमा आउने बिरामीको लागि सहयोग गर्ने उदेश्यले अक्सिजन सिलिन्डर र नगद सहयोग गर्ने क्रम समेत बढेर गएको छ । धाैलागिरि अस्पताल बागलुङमा एक कार्यक्रम गरि नेपालीले अक्सिजन सिलिन्डर सहयोग गरेको यसले अस्पतालमा आउने बिरामी लाई उपचारमा सघाउ पुर्‍याउने अस्पताल ब्यबस्थापन समितिका सदस्य शालिकराम… पुरा पढौ

सर्वोच्चले सोध्यो : अध्यादेशबाट संवैधानिक निकायमा सिफारिस किन ?

विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्ति सिफारिसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ। न्यायाधीश मिरा खड्काको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग्दै १७ जेठमा अर्को पेशी तोकेको छ। सो दिन दुवै पक्षलाई उपस्थित हुन भनिएको छ । सरकारले हालै दोस्रोपटक अध्यादेश जारी गर्दै विभिन्न संवैधानिक निकायका नियुक्तिका लागि सिफारिस गरेको थियो। अध्यादेशबाट नियुक्ति गैरसंवैधानिक भउको दाबी गर्दै पुण्यप्रसाद खतिवडाले रिट दायर गरेका थिए। सर्वोच्चले यसरी सिफारिस गरिनुको कारण पेश गर्न प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली, संवैधानिक… पुरा पढौ

गण्डकीको मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि मन्त्री

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषदमा दीपक मनाङेसहित ५ जना मन्त्री थपिए । प्रदेश प्रमुख सीता पौडेलबाट बुधबारै किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा सपथ लिए । १० दिन मन्त्री भएर पदमुक्त बनेका मनाङे बुधबारको शपथ समारोहमा उपस्थित भएनन् । बस्नेत अघिल्लो कार्यकालमा भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकास मन्त्री थिए । पृथ्वीसुब्बा गुरुङ वैशाख २९ गते… पुरा पढौ