स्थानीय समाचार

बेल्जियम छाडेर आएको चार महिनामा गाउँपालिका अध्यक्षको उम्मेदवार

बागलुङ - अठार वर्ष लामो बेल्जियम बसाइलाई बिट मारेर गाउँ फर्कनुभएका राजु थापाले नेपाली कांग्रेसबाट काठेखोला गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन् ।  विसं २०५४ को स्थानीय चुनावमा काठेखोला–४ तङ्ग्राम (तत्कालीन गाविस) को अध्यक्ष बनेका उनलाई यसपालिको चुनावमा सत्ता साझेदार दलहरुले साझा उम्मेदवारका रूपमा अघि बढाएका हुन् । थापा चार महिनाअघि मात्रै नेपाल फर्केका थिए । कांग्रेसबाट होमबहादुर हमाललगायतका नेता अध्यक्षको आकाङ्क्षी रहे पनि अन्तिममा थापाले टिकट पाएका हुन् । कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका उनी बेल्जियमा रहँदा नेपाली जनसम्पर्क समितिमा क्रियाशील थिए… पुरा पढौ

उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार नाघ्यो 

स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४७ हजार २७४ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मङ्गलबार दिउँसो ३ बजेर १५ मिनेटमा सार्वजनिक गरेको तथ्याङ्कनुसार पालिकाको प्रमुख पदमा तीन हजार ४३० र उपप्रमुख पदमा दुई हजार ९७ जनाको मनोनयन दर्ता भएको छ । आयोगका अनुसार प्रदेश १ मा २२ हजार ५४२, मधेश प्रदेशमा ३८ हजार ७८७, बागमती प्रदेशमा २४ हजार ३३, गण्डकी प्रदेशमा १२ हजार ७८७, लुम्बिनी प्रदेशमा २३ हजार ४९, कर्णाली प्रदेशमा १३ हजार ४०३ र… पुरा पढौ

काठमाडौंको मेयरमा एमालेका स्थापितको उम्मेदवारी दर्ता

काठमाडौँ — नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं महानगरमा उम्मेदवारी दिएका दुवै जनाले रत्नपार्कको शान्तिवाटिकाबाट जुलुससहित राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मेयरका उम्मेदवार स्थापित र उपमेयरकी उम्मेदवार डंगोलले सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश सांसदसमेत रहेका स्थापित २०५४ मा मेयरमा निर्वाचित भएका थिए । एमालेको तर्फबाट उम्मेदवार बनेका स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने… पुरा पढौ

महानगरमा महाभिडन्त : यी हुन् गठबन्धन र एमालेबाट मेयरका उम्मेदवार

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन र नेकपा एमालेले ६ वटै महानगरमा उम्मेदवार टुंगो लगाएका छन् । उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिनमात्र कतिपय स्थानमा उम्मेदवारको टुंगो लागेको हो ।  काठमाडौं महानगरको मेयरका लागि नेपाली कांग्रेसको तर्फबाट सिर्जना सिंह र नेकपा एमालेको तर्फबाट केशव स्थापित आमनेसामने हुने भएका छन् । पूर्व मेयर समेत रहेका स्थापितलाई एमालेले मेयरको उम्मेदवार बनाउने निर्णय शनिवार नै गरेको थियो । कांग्रेसले सोमवार मात्र सिंहको नाममा सहमति जुटाएको हो । २०७४ सालको स्थानीय… पुरा पढौ

पहिलो दिन देशभर १० हजारको उम्मेदवारी दर्ता, ठूला दलका उम्मेदवारले गरेनन दर्ता

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुने क्रम जारी रहेको छ । आयोगको सूचना प्रणालीमा आइतबार साँझ ७ः३० बजेसम्म सबै पदमा कूल १० हजार १२ उम्मेदवारी दर्ता भएको प्रारम्भिक विवरण इन्ट्री भएको छ । सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त भइसकेको छैन । निर्वाचन आयोगको सूचना प्रविधि शाखाले ती तथ्याङ्क प्रशोधनको कार्य गरिरहेको छ… पुरा पढौ

काँग्रेसको निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ — नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेसले ‘सबल स्थानीय सरकार :समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली कांग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरी गरेको हो । आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा स्थानीय घोषणा पत्र सार्वजनिक गरे ।  घोषणापत्रमा २०७४ को निर्वाचनपछि खेर गएको पाँच वर्ष, प्रदेश र केन्द्रमा नेकपाको… पुरा पढौ

एमालेद्वारा काठमाडौँसहित ५ महानगर र ९ उपमहानगरको उम्मेदवार चयन (सूचीसहित)

काठमाडौँ । स्थानीय निर्वाचनका लागि नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले केही स्थान बाहेक अन्य ठाउँका उम्मेदवारको टुंगो लगाएको हो । बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार तय गरेको हो । एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै काठमाडौँको उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाइएको छ । स्थापित काठमाडौँका पूर्वमेयर हुन् भने डंगोल पूर्वमिस नेवा हुन् । ललितपुरको… पुरा पढौ

भरतपुरकी मेयर रेणु दाहालद्वारा राजीनामा,भरतपुर देशकै गौरव गर्न र हेर्न लायक सुन्दर शहरको रुपमा विकसित भएको दाबी

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवारी दिनका लागि नेतृ दाहालले शुक्रबार राजीनामा दिएकी हुन् । स्थानीय तहको चुनावमा उम्मेदवारीअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान निर्वाचन आयोगले बनाएको छ । मेयर दाहालले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । बिहीबार सत्ता गठबन्धनले स्थानीय चुनावमा भरतपुर महानगरपालिकाको मेयर सिट नेकपा माओवादी केन्द्रलाई दिने निर्णय गरेको थियो । यसै बिच मेयर दाहालले पाँच वार्षिक अवधिमा भरतपुर देशकै गौरव गर्न लायक र देशकै हेर्न… पुरा पढौ

कोरोना बीमाको भुक्तानी र संसद अवरोधबारे आफैँलाई गिज्याउने एमालेको घोषणापत्र

एमालेले सत्तारुढ गठबन्धनमाथि दर्जन आरोप लगाएको छ। बुँदागत रुपमा गठबन्धन सरकारमाथि अर्थतन्त्र ध्वस्त पारेकोदेखि सरकार उल्टो बाटो हिँडेको आरोप लगाइएको छ घोषणापत्रमा। एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको नेतृत्वमा तयार पारिएको घोषणापत्रमा सत्ता गठबन्धनमाथि लगाइएका केही लञ्छना भने एमालेतिरै फर्किने खालका छन्। नेकपा सरकारमा हुँदै अवरुद्ध प्रक्रियाहरुमाथि एमाले घोषणापत्रमा कांग्रेस नेतृत्वको गठबन्धन सरकारले गरेको भन्दै आरोप लगाइएकको छ। बीमा प्रक्रिया अवरुद्ध पारेको गठबन्धन सरकारले कोरोना बीमाको रकम भुक्तानी नगरेको विषय एमालेले आफ्नो घोषणापत्रमा समेटेको छ। कोरोना सम्बन्धी बीमामा कबोल गरिएको रकम भुक्तानी… पुरा पढौ

यस्तो छ नेकपा एमालेको चुनावी घोषणापत्र(पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगत सरकारमा गरेका काम र आगामी गर्ने कामका विषयवस्तु समेटिएका छन् । घोषणापत्रमा एमालेले रेल र जल यातायातको योजना अघि सारेको छ । घोषणापत्रमा भनिएको छ,’सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने।… पुरा पढौ