स्थानीय समाचार

गलकोटमा घर तोडफोड गरि चोरी, नगद र सुनसहित १ जना पक्राउ ।

गलकोट नगरपालिका वडा नम्वर ३ को तल्लोलमाईमा आज दिउसोको समयमा एक घर तोडफोड गरि चोरी भएको छ । गलकोट नगरपालिका वडा नम्वर ३ निवासी खिमा अधिकारीको घर तोडफोड गरि चोरी भएको हो । विहान करिव पौने १० बजे अध्यापन गर्न नजिकैको जय सन्तोषि माँ प्राथमिक विद्यालय जानुभएकी खिमा अधिकारीको घरमा करिव २ बजेर ५६ मिनेट जादा छिमेकीले घरको ढोका खुल्ला रहेको देखेपछि चोरी भएको भन्दै अधिकारीलाई खवर गरेका थिए । अधिकारी घरमा पुगेर हेर्दा तोडफोड गरि चोरी भएको देखेपछि भन्दै… पुरा पढौ

गलकोट नगरको भवनका लागि कसैले जग्गा दिए, कसैले पैसा

दुई वर्षदेखिको प्रयासमा गलकोट नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गाको जोहो भएको छ । हाल भाडाको घरबाट सञ्चालित नगरपालिकाको छिटै आफ्नै भवन हुने भएको छ । शहरोन्मुख नगरपालिकाको कार्यालयका लागि जग्गा पाउन सजिलो थिएन । बढ्दो आवादीसँगै जग्गाको भाउ चर्को छ । धमाधम बस्ती विस्तार भइरहेको वडा नं ६ मजुवा फाँटमै नगरको प्रशासनिक भवन रहने गरी संरचना खडा गर्न जग्गाको टुङ्गो लागेको हो । पूरै जग्गाका लागि लगानी परे राज्यकोषमा ठूलो व्ययभार थपिन्थ्यो तर नगरपालिकाको अभियानमा जग्गाधनी र स्थानीयवासीले समेत… पुरा पढौ

पालिकाकाे कानुन र अधिकार

काठमाडौं- संघीयता कार्यान्वयनका लागि घरनजिकको स्थानीय सरकारले थुप्रै अधिकार पाएको छ । राहदानी, नागरिकता, कर, शिक्षालगायत विषय स्थानीय सरकारकै जिम्मामा छन् ।  स्थानीय सरकारले नागरिकको प्रशासनिक, राजनीतिक, आर्थिक, सामाजिक विषयमा निर्णय लिने अधिकार पनि पाएका छन् । गाउँ तथा नगरपालिकामा पनि संघीय संसद्जस्तै कार्यकारी अधिकारप्राप्त नगर/गाउँ कार्यपालिका गठन गरिएको हुन्छ । यसले नगर/गाउँपालिकाबाट हुने प्रशासनिकदेखि विकास निर्माणसम्मका नीतिगत निर्णय लिने अधिकार पाएको हुन्छ ।  यीमध्ये स्थानीय तह अधीन रहेका अधिकार निम्न छन्  आमा र बुबा वा दुवै नभएका बच्चाको जन्मदर्ता गर्न… पुरा पढौ

गलकोटमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

गलकोट नगरपालिकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गलकोट नगरपालिकामा पिसिआर परिक्षणवाट २ जना र एन्टिजेन परिक्षणवाट ३६ जनामा गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  गत सोमवार पिसिआर परिक्षणको लागि स्वाव संकलन गरि पठाईएको २ जनामा संक्रमण पुष्टि भएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिरा शर्मा   गैरेले जानकारी दिनुभयो । पिसिआर परिक्षणवाट गलकोट नगरपालिका वडा नम्वर ८ को २५ वर्षिय महिला र गलकोट नगरपालिका वडा नम्वर ३ को ५४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि… पुरा पढौ

स्थानीय तहले नीति तथा कार्यक्रम र वजेट तर्जुमा गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण विषयहरु

अहिले स्थानीय तहहरु नीति तथा कार्यक्रम र वजेटको तयारीमा छन । अन्यथा बाहेक, हाल निर्वाचित जनप्रतिनिधिहरुका लागि यो अन्तिम नीति तथा कार्यक्रम र बजेट हुनेछ । निश्चय पनि स्थानीय तहले छोटो अवधीमा धेरै र देखिने काम गरेका छन । कोभिड-१९ को व्यवस्थापन लगायतमा स्थानीय तहले गरेका कामहरु सराहनीय छ ।केही पालिकाका पदाधिकारीहरु लगायतकाले मसँग नीति तथा कार्यक्रम र वजेटका लागि सुझाव माग्नु भएको थियो । मैले शशर्ती संविधान र कानून भित्र रही केही सुझावहरु वुँदागत रुपमा दिएको थिए ।ती सुझावलाई… पुरा पढौ

बागलुङ नगरपालिकाे १ अर्ब ५ करोड ६८ लाखको ३० हजार बराबरकाे बजेट सावर्जनिक

बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि १ अर्ब ५ करोड ६८ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७७÷०७८ मा ९४ करोड ७७ लाख ८६ हजार ३ सय ३७ रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।नगरपालिकाले गत आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षको लागि १० करोड बढि बजेट सार्वजनिक गरेको छ । उपप्रमुख सुरेन्द्र खड्काले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास तर्फ २३ करोड ५ लाख र कृषिमा १ करोड, ५९ लाख, पशु विकासका… पुरा पढौ

बागलुङ नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक

बागलुङ –बागलुङ नगरपालिकाले  कोरोना महामारी नियन्त्रण र बहुबर्षे कार्यक्रमलाई प्राथमिकतामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बागलुङ सदरमुकाममा आयाेजित  नवौं नगरसभामा नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख छ । आधारभूत स्वास्थ्यको जिम्मेबारी लागु गर्ने, स्वास्थ्यकर्मीको लागि आवश्यक व्यवस्था गर्ने, कालोढुसीको नियन्त्रण तथा रोकथामका लागि आवश्यक तयारी थाल्ने नगरप्रमुख पौडेलले बताए । ‘गरिबसँग मेयर ऋषिराम’ कार्यक्रम सञ्चालनमा ल्याएर कोरोना महामारीका कारण आयआर्जन गुमाएकालाई सहुलियत… पुरा पढौ

स्थानीय तहको योजना र बजेट तर्जुमा पद्धति

सिमित स्रोत र साधनबाट अधिकतम लाभ लिनका लागि अपनाईने विस्तृत विवरणलाई योजना भनिन्छ । योजना तर्जुमा गर्दा हामी कहाँ छौ । भविष्यको गन्तव्य के हो । उक्त गन्तव्यमा पुग्न के कति स्रोत र साधन चाहिन्छ । त्यसका लागि अपनाईने क्रियाकलापहरु के के हुन । अनुगमन र मूल्याँकन विधी के कस्तो हुन्छ । अपेक्षित उपलव्धि के हुन्छ । यी लगायतका विषयवस्तुहरु समावेश गरिन्छ । योजनावद्ध विकासबाट नै सकारात्मक परिवर्तन संभव छ । योजनाको विषयवस्तु तथा प्रवृत्तिको आधारमा योजना विभिन्न प्रकारका हुन्छन्… पुरा पढौ

ताराखोलाद्वारा आर्थिक वर्ष २०७८/०७९ को निति कार्यक्रम सार्वजनिक

ताराखोला गाँउपालिकाले आर्थिक वर्ष २०७८/०७९ को निति कार्यक्रम सार्वजनिक गरेको छ । गाँउपालिकाले ताराखोला जैविक बगैचा सञ्चालन गरि युवालाई रोजगारी थरिथरि नाम कार्यक्रम सञ्चालन गर्ने, युवाहरुलाई कृषि र पशुपालन तर्फ आर्कर्षित गर्न व्यवसायिक कृषि÷पशुविकास कार्यक्रर्यममा अनदानको व्यवस्था गर्ने, गाँउपालिकामा अति विपन्न घर परिवार पहिचान गरि दर्ता गर्ने र त्यस्तो परिवारको कुनै सदस्यले घरेलु तथा साना उद्योग स्थापना गर्न चाहेमा उपकरण तथा पुर्वाधार अनुदान तथा तालिम सञ्चालन गरि गरिबसँग उद्योग कार्यक्रम सञ्चालन गर्ने, डुडे लेकमा पदमार्ग तथा हिलेमा फुलको बगैचा निर्माण… पुरा पढौ

गलकोट नगरपालिकाद्धारा कृषकलाई फलफूल तथा घाँसका बिरुवा बितरण

गलकोट नगरपालिकाले कृषकहरुलाई फलफूल तथा घाँसका बिरुवा बितरण गरेको छ । गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तरगत नगरपालिकाको अनुदानमा नगरपालिका क्षेत्र भित्रका कृषक र विभिन्न फर्महरुलाई विभिन्न जातका फलफुल तथा घाँसको बिरुवा वितरण गरिएको हो । गलकोट नगरपालिका क्षेत्रलाई फलफुल तथा पशुपालनमा आत्मनिर्भर बनाउनको लागि नगरपालिकाले आफ्नो निति कार्यक्रममा फलफुल तथा घाँसका विरुवा वितरण कार्यक्रमलाई समावेश गरेको गलकोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचाले बताउनुभयो । काउचाले गलकोट क्षेत्रका कृषकहरुलाई व्यवसायिक एवम् आत्मनिर्भर बनाउनुपर्ने भन्दै कृषकहरुलाई कृषि तथा… पुरा पढौ