बागलुङ नगरपालिकाे १ अर्ब ५ करोड ६८ लाखको ३० हजार बराबरकाे बजेट सावर्जनिक

-


     जनहित न्युज    
     असार १० गते २०७८


बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि १ अर्ब ५ करोड ६८ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७७÷०७८ मा ९४ करोड ७७ लाख ८६ हजार ३ सय ३७ रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।
नगरपालिकाले गत आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षको लागि १० करोड बढि बजेट सार्वजनिक गरेको छ । उपप्रमुख सुरेन्द्र खड्काले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास तर्फ २३ करोड ५ लाख र कृषिमा १ करोड, ५९ लाख, पशु विकासका लागि ६९ लाख, पर्यटनमा १ करोड १० लाख, उद्यम विकास तथा रोजगार प्रर्वद्वनका लागि ४ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन गर्नुभएको छ ।
त्यस्तै शिक्षामा ३९ करोड ५१ लाख बजेट विनियोजन भएको छ । नगरपालिकाले आगमी वर्षदेखि बालविकास केन्द्रका सहजकर्तालाई केन्द्र सरकारले घोषणा गरेको मासिक पारिश्रमिकमा ७ हजार थप गरी १५ हजार पु¥याएको ।
स्वास्थ्य तर्फ ९ करोड ५८ लाख, ६५ हजार, युवा तथा खेलकुद विकास विकासतर्फ बाङेचौर खेल मैदान निर्माणका लागि ३ करोड ४२ लाख, मेयर कप कार्यक्रम र राष्ट्रपति रनिङ शिल्ड, खेलकुद मैदान सुधार र विस्तारका लागि ९३ लाख ५० हजार रुपैयाँ बजेटको विनियोजन गरेको छ ।
त्यसैगरी खानेपानी आयोजनाका लागि ५८ लाख विनियोजन गरिएको छ । नगरपालिको यस वर्षको बजेटमा स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधार विकास लैंगिक समानता तथा सामाजिक समावेशिकरण, सुरक्षित आप्रवासन परियोजना, भाषा, साहित्य, कला र संस्कृती, सुरक्षित आवास व्यवस्थापन कार्यक्रमलाई बढी प्राथमिकतामा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?