ताराखोला गाँउपालिकाले आर्थिक वर्ष २०७८/०७९ को निति कार्यक्रम सार्वजनिक गरेको छ । गाँउपालिकाले ताराखोला जैविक बगैचा सञ्चालन गरि युवालाई रोजगारी थरिथरि नाम कार्यक्रम सञ्चालन गर्ने, युवाहरुलाई कृषि र पशुपालन तर्फ आर्कर्षित गर्न व्यवसायिक कृषि÷पशुविकास कार्यक्रर्यममा अनदानको व्यवस्था गर्ने, गाँउपालिकामा अति विपन्न घर परिवार पहिचान गरि दर्ता गर्ने र त्यस्तो परिवारको कुनै सदस्यले घरेलु तथा साना उद्योग स्थापना गर्न चाहेमा उपकरण तथा पुर्वाधार अनुदान तथा तालिम सञ्चालन गरि गरिबसँग उद्योग कार्यक्रम सञ्चालन गर्ने, डुडे लेकमा पदमार्ग तथा हिलेमा फुलको बगैचा निर्माण गर्ने, होमस्टे सञ्चालन तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने, करिमेलालाई नमुना पर्यटकिय वस्तीको रुपमा विकास गर्ने, प्रत्येक वडामा नमुना पर्यटन पुर्वाधार निर्माण गर्ने लागयतका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।