जापान विशेष

नागरिकता अभावमा जापान पढ्न जान नपाएपछि चिया पसल

धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरका २१ वर्षीय युवा चन्दनकुमार चौधरीको जापान गएर कम्प्युटर साइन्समा दक्षता हासिल गर्ने धोको थियो । कम्प्युटर साइन्स विषय लिएर १२ कक्षा पास गर्नुभएका उहाँ नागरिकता अभावमा उच्च शिक्षा हासिल गर्न जापान जान पाउनुभएन ।  स्थानीयस्तरमा पढाइअनुसारको जागिर पाए पनि नागरिकता समस्याका कारण जागिरबाट वञ्चित भएका चौधरी धनुषाको ढल्केबर चौकमा चिया पसल खोल्नुभएको छ । उहाँ त्यही चिया पसलमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ ।  बुबाको जन्मसिद्ध नागरिकता भएको कारण आफ्नो नागरिकता बन्न नसकेको चौधरीले सुनाउनुभयो ।  उहाँले भन्नुभयो,… पुरा पढौ

जापानमा सम्बन्धविच्छेद भएको ३ सय दिनभित्र जन्मेको बच्चालाई पनि हालको श्रीमानको सन्तान मानिने

जापानको संसदले गर्भावस्था र सुत्केरीको समयका आधारमा पितृत्व मान्ने व्यवस्थाका सम्बन्धमा महिलाले पुनर्विवाह गरेमा सम्बन्धविच्छेद भएको ३ सय दिनभित्र जन्मेको बच्चालाई पनि हालको श्रीमानको सन्तान मानिने कानून बनाएको छ । सन् १८९९ देखि जारी रहेको ‘वैधानिकताको अनुमान’ को नागरिक कानून प्रणालीअन्तर्गत सम्बन्धविच्छेद भएको ३०० दिनभित्र जन्मेको बच्चालाई अघिल्लो पतिको सन्तान मानिने प्रावधानलाई संशोधन गर्दै शनिबार उक्त कानुनी परिवर्तन गरेको हो । परिमार्जित कानून अन्तर्गत सम्बन्धविच्छेद भएको ३ सय दिनभित्र जन्मेको बच्चा आमाले पुनः विवाह गरेमा दोस्रो विवाह गर्ने पतिको सन्तान… पुरा पढौ

टोकियोमा रोजिना मल्लको ‘फेशन शो’ हुँदै

टोकियो - फेशन डिजाइनर रोजिना मल्लले यहि डिसेम्बर २३ तारिखका दिन टोकियोमा एकल 'फेशन शो' कार्यक्रम गर्ने भएकी छिन् । जापानमै रहेर फेशन डिजाइन पेशालाई आफ्नो करियरकारुपमा अगाडि बढाउदै आएकी मल्लले एकल प्रयासमा टोकियोमा 'फेशन शो' गर्न लागेकी हुन् । टोकियो आओयामा ओमोतेसान्दोस्थित एक होटलको प्रेक्ष्यालयमा हुन गईरहेको उक्त फेशन शो कार्यक्रमको लगभग तैयारी पूरा भएको उनले बताईन् ।भाषा विद्यार्थीकारुपमा सन् २०१४ मा जापान आएकी मल्ल २ वर्षको भाषा कोर्स पश्चात फेशन डिजाइनमा ४ वर्षे कोर्स पूरा गरी विगत २… पुरा पढौ

अतिरिक्त रक्षा खर्च परिपूर्ति गर्न हरेक वर्ष कर बढाउनु पर्ने जापानका प्रधानमन्त्रीको धारणा

जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार सरकारले सुरक्षा चुनौतिहरूको सामना गर्ने उद्देश्यले बढेको रक्षा खर्चको लागि आवश्यक पर्ने अतिरिक्त कोषको एक चौथाई भागलाई समेट्न आर्थिक २७ बाट प्रत्येक वर्ष कर बढाउने र १ ट्रिलियन येन ($ 7.3 बिलियन) सुरक्षित गर्ने योजना बनाएको बताए। आर्थिक वर्ष २०२३ मा सुरु हुने आगामी पाँच वर्षमा राष्ट्रको रक्षा खर्चलाई ४३ ट्रिलियन येनमा पुर्‍याउने लक्ष्य राखेका किशिदाले भने घरपरिवारको गम्भीर आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारले आयकर बढाउने छैन । जापानले लामो समयदेखि प्रतिरक्षा खर्चलाई कुल गार्हस्थ्य… पुरा पढौ

गलकोट समाज जापानले गर्न लागेको ‘सांगीतिक धमाका-२०२३’ को तयारी तिव्र

अंग्रेज़ी नया वर्षको अवसरमा गलकोट समाज जापानको आयोजनामा हुन लागेको गल्कोट क्षेत्रमा स्वास्थ्य क्षेत्रको लागि सहयोगार्थ ‘सांगीतिक धमाका-२०२३’ को तयारी तिव्र रूपमा भैरहेको छ ।जापानका चारवटा शहर फुकुओका,ओशाका, नागोया र टोकियोमा नेपालबाट आउने चर्चित कलाकारको प्रस्तुति रहने गरि हुन लागेको कार्यक्रमका लागि क्षेत्रीय समितिको प्रत्यक्ष व्यवस्थापन र समन्वयमा कार्यक्रम गरिने भएको हो ।‘समाजले तोकेको केन्द्रीय प्रतिनिधिको प्रत्यक्ष समन्वय र सहकार्यमा क्षेत्रीय समितिको स्थानीय व्यवस्थापनमा कार्यक्रमलाई संचालन गरिनेछ।’ समाजकी अध्यक्ष कालिका थापाले मंगलबार सम्पन्न केन्द्रीय समितिले गरेको निर्णय बारे जानकारी गराउदै… पुरा पढौ

नेपालमा जापानी लगानीकर्ता आकर्षित हुँदै, लगानी प्रवर्द्धन गर्न जापान टाउन

हालै मात्रै २५ जना जापनी  लगानीकर्ता तथा प्रतिनिधिले लगानी बोर्ड नेपाल, उद्योग विभाग र निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका प्रतिनिधिसँग नेपालमा लगानी गर्ने विषयमा छलफल गरे । उनीहरूले नेपालमा लगानीका क्षेत्र तथा लगानी भित्र्याउने प्रकियाको विषयमा चासो राखेका थिए । यहीबीचमा नेपालमा पहिलोपटक नेपाल-जापानमैत्री सम्मेलनको आयोजना भयो । दुई देशको पारस्परिक सम्बन्ध विस्तार तथा व्यवसायिक सम्बन्धका विस्तारका लागि सहयोग पुर्‍याउने उद्देश्‍यसहित नेपालमा जापान टाउनसमेत सञ्चालनमा ल्याइयो । यसले नेपालमा जापानी लगानीकर्ताकाे चासो बढेको देखाउँछ । जापनी लगानीकर्ता विश्‍वभर लगानी विस्तार गरिरहेका छन् । लामो… पुरा पढौ

जापानको ज्यालामा ७ वर्ष यताकै सबैभन्दा ठूलो गिरावट

जापानको ज्यालामा सन् २०१५ यताकै सबैभन्दा ठूलो गिरावट आएको छ । जापानको मुद्रास्फीति अक्टोबरमा समायोजित वास्तविक ज्यालादर एक वर्ष अघिको तुलनामा २.६ प्रतिशतले घटेको देखिएको छ। जुन सन् २०१५ श्रम मन्त्रालयले मङ्गलबार प्रारम्भिक प्रतिवेदन जारी गर्दै सो गिरावट सार्वजनिक गरेको छ। प्रारम्भिक तथ्याङ्कले ऊर्जाको बिल र खाद्यान्नको लागतलगायतका उपभोक्ता मूल्यहरू मात्र ज्यालामा बढेको कारण सूचकाङ्क लगातार सातौँ महिना घटेको देखाएको छ। अक्टोबरमा प्रति कामदारको कूल ज्याला एक वर्ष अघिको तुलनामा १.८ प्रतिशतले बढेर दुई लाख ७५ हजार आठ सय ८८… पुरा पढौ

यात्रु संख्यामा आएको गिरावटको कारण जापानमा २८ वर्षमा पहिलो पटक ट्रेनको भाडादर बढाउने

जापानका ठूला शहरहरूबाट जनसंख्या पलायनको कारणले गर्दा यात्रु संख्यामा आएको गिरावट र सहरी ट्रेन अपरेटरहरूमा राष्ट्रव्यापी महामारीको सामना गरिरहेको टोकियो मेट्रोले २८ वर्षमा पहिलो पटक सबवे ट्रेनको भाडा बढाउने भएको छ। टोकियो मेट्रोले यहि वसन्तदेखि उपभोग कर वृद्धि बाहेक लगभग तीन दशकमा पहिलो पटक १७० रहेको भाडादरलाई १८० येन ($ 1.34) सम्मवृद्धि गर्न लागेको हो । ओसाका मेट्रोले पनि अप्रिल २०२३ मा आफ्नो प्रारम्भिक भाडा १० येनले बढाउने छ। यो भाडादर परिवर्तन जापानभरि फैलिएको ऐतिहासिक मुद्रास्फीतिको पछिल्लो संकेतहरू मध्ये एक… पुरा पढौ

पेनाल्टीमा जापान स्तब्ध,नकआउट मै टुङ्गियो सातौँ विश्वकप यात्रा

क्रोएसिया कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्रोएसियाले जापानलाई पेनाल्टीमा ३–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो । यसअघि कतारको अल जानौब रंगशालामा दुवै टिमले निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी खेलेका थिए । थप गरिएको ३० मिनेटको समयमा पनि दुवै टिमले १–१ गोलकै बराबरी खेलेपछि पेनाल्टीबाट खेलको टुंगो लागेको हो । अल जानोब रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । जारी विश्वकपमा नकआउट… पुरा पढौ

१९ लाख खर्चेर कुकुर बने जापानका एक व्यक्ति

एजेन्सी - संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । तोको नामका जापानका यी व्यक्ति अहिले कुकुर बनेका छन् । मानिसबाट कुकुर बनेका तोकोले सामाजिक सञ्जालमा एउटा तस्बिर पनि सेयर गरेका छन् । सामाजिक सञ्जालमा यसको असाध्यै चर्चा भइरहेको छ । वास्तवमा, जापानमा बस्ने यी व्यक्तिको बाल्यकालदेखि नै कुकुरको जीवन जिउने सपना थियो । जापानको एक… पुरा पढौ