अन्तर्राष्ट्रिय

जापानमा ताइफुले उग्र रूप लिदा २ जनाको मृत्यु ७० जना घाइते , मंगलबार ३ सय मिलिमिटरसम्म भारी वर्षा हुनसक्ने अनुमान

जापानको दक्षिणपश्चिमी टापु क्युसुमा आएको ताइफुको कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मियाजाकीमा आँधीका कारण ४१ वर्षीय पुरुषसहित दुई जनाको मृत्यु भएको छ। उनको पहाडमा निर्माण गरिएको क्याबिनको माटो भत्किएर पुरिएको अवस्था मृत फेला परेको प्रहरीले जनाएको छ।"यहाँ वरपर धेरै पटक माटो खसेको छ। माटो माटो जस्तै छ त्यसैले सजिलै भत्किन्छ," नजिकैको मिमाता सहरमा बस्ने ७८ वर्षीय वृद्धले भने, करिब एक वर्षअघि क्याबिन निर्माण भएको… पुरा पढौ

जापानमा आएको समुद्री आँधी ताइफु नम्बर १४ नान्मादोलले गर्दा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह

जापानमा अहिलेसम्म आएको ठूलोमध्येको एउटा समुद्री आँधी ताइफु नम्बर १४ नान्मादोल नाम दिइएको उक्त ताइफु दक्षिणी टापु क्युशुमा ठोक्किएको छ।  प्रतिघण्टा २३४ किलोमिटरको दरले हावा चलिरहेको र दक्षिणपश्चिमी क्युसु क्षेत्रका केही भागमा २४ घण्टाभन्दा कम अवधिमा ५०० मिलिमिटर वर्षा भइसकेको छ । दक्षिणी टापु क्युशुमा भीषण समुद्री आँधी अवतरणसँगै कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको जापानी सञ्चार माध्यमहरूले जनाएका छन् ।आँधीले ठूलो बाढी र पहिरो गराउन सक्ने बताइएको छ भने सावधानीस्वरूप तीव्र गतिका रेल, फेरीहरू… पुरा पढौ

जापानमा यसअघि कहिल्यै अनुभव नगरेको जस्तो खतरनाक ताइफु आउदै, ताइफुपूर्व नै सुरक्षितस्थलमा जान आग्रह

जापानको मौसम विज्ञान निकाय (जेएमए) ले शनिबार दक्षिणी क्युशु टापुतर्फ आउँदै गरेको ‘खतरनाक’ ताइफु आउने जोखिम रहेको बताएको छ। ताइफुबाट अकल्पनीय क्षति हुनसक्ने भन्दै त्यहाँका बासिन्दालाई ताइफुपूर्व नै सुरक्षितस्थलमा जान प्रशासनले आग्रह गरेको छ।  ‘नानमाडोल’ नाम दिइएको ताइफुले प्रतिघण्टा २७० किलोमिटरको गतिमा आउने भन्दै यसलाई ‘भयानक’ ताइफुका रूपमा वर्गीकृत गरिएको छ। दिउँसो अबेरसम्म आँधी ओकिनावा टापुबाट ४०० किलोमिटर पूर्वमा रहेको दुर्गम मिनामी दाइतो टापुनजिक आइपुगेको थियो।यो ताइफु आइतबार क्युशुको दक्षिणी कागोशिमा प्रान्तमा प्रवेश गर्ने र त्यसको अर्को दिन उत्तरतर्फ सर्ने र… पुरा पढौ

पपुवा न्यूगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा हट्यो

पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्युगिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि खतरा हटिसकेको सर्वेक्षणले जनाएको छ। भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने यूएसजीएसलले चेतावनी दिएको हाे। भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा ६१ किलोमिटर(३८ माइल)को गहिराइमा गएको थियो। भूकम्पले ठूलो क्षति पुर्याएको अनुमान गरिएको भएपनि के-कति मानवीय क्षति भयाे भन्नेबारे आधिकारी जानकारी नआएकाे समाचार संस्था एनएचकेले जनाएकाे छ। पुरा पढौ

बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन

बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ । उनको निधन स्कटल्याण्ड स्थित बाल्मोरल काशलमा भएको हो जहाँ उनले ग्रीष्मकालीन समय बिताएकी थिइन्।उनका चारजना सन्तान रहेका छन । उनको उत्तराधिकारी प्रिन्स अफ वेल्स समेत अन्तिम समयमा उनको साथमा थिए।"रानीको आज दिउँसो बालमोरलमा मृत्यु भयो," बकिंघम प्यालेसले एक विज्ञप्तिमा जारी गरेर मृत्यु भएको पुष्टि गरेको हो ।"राजा र रानी कन्सोर्ट आज साँझ बालमोरलमा रहनेछन् र भोलि लन्डन फर्कनेछन्।"डाक्टरहरूले उनको… पुरा पढौ

फुकुओकाको जापानी भाषा पढाउने विद्यालयले विदेशी विद्यार्थीमाथि मानवअधिकार उल्लङ्घन गरेको पाइएपछि अध्यागमनले बन्द गरायो

जापानको अध्यागमन सेवा एजेन्सीले फुकुओकाको मिनामी वार्डमा रहेको जापानी भाषा विद्यालय निशिनिहोन इन्टरनेशनल एजुकेशन इन्स्टिच्युटबाट विदेशी विद्यार्थीहरूलाई साङ्लो र तालाले थुनेर राख्ने जस्ता मानवअधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै विदेशी विद्यार्थीहरूलाई स्वीकार गर्ने अधिकार खारेज गरेको छ ।हाल सो विद्यालयमा रहेका लगभग ६३० जना विद्यार्थीलाई समेत अन्य विद्यालयमा स्थानान्तरण गर्न निर्देशन दिइएको छ । ६३० विद्यार्थी मध्य अधिकांश नेपाली विद्यार्थीहरूपनि रहेको बताईए पनि यसबारे थप केहि जानकारी उल्लेख गरिएको छैन । सन् २०१६ मा जापानी भाषा विद्यालय सञ्चालनका मापदण्डमा कडाई गरिएपछि… पुरा पढौ

अमेरिकामा अगष्टमा अझै बेरोजगारीको संख्या वृद्धि हुने

अमेरिकामा अगष्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएकोे छ । अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा महामारी पूर्वको स्तरभन्दा माथि पुगेको थियो ।  गत महिना अमेरिकी रोजगारदाता कम्पनी तथा फर्महरूले तीन लाख १५ हजार व्यक्तिलाई रोजगारीका अवसर उपलब्ध गराएको अमेरिकी श्रम मन्त्रालयले जनाएको छ । गत जुलाईमा यो सङ्ख्या पाँच लाख २६ हजार पुगेको थियो । जुलाईमा भएको रोजगार दरको वृद्धिसँगै अगष्टमा यो सङ्ख्या घट्ने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका थिए । बेरोजगारहरूको सङ्ख्या महामारी पूर्वको… पुरा पढौ

जापानले संक्रामक रोगका बिरामी नलिने अस्पताललाई जरिवाना गर्ने 

जापानले संक्रामक रोगका बिरामी नलिने अस्पताललाई जरिवाना गर्ने भएको छ ।सरकारले स्थानीय सरकारहरूले कोभिड-१९ र अन्य संक्रामक रोगका बिरामीहरूका लागि उपचार प्रदान गर्न र शैयाको व्यवस्थापन गर्न असफल हुने प्रमुख अस्पतालहरूलाई जरिवाना गर्ने निर्णय गरेको छ। सरकारले संदिग्ध संक्रमण रोगका साथ जापान प्रवेश गर्ने व्यक्तिहरूले अलग्गै बस्दा आफ्नो स्वास्थ्य अवस्था रिपोर्ट नगर्ने लाई पनि जरिवाना गर्ने भएको छ । यसको लागि आर्थिक वर्ष २०२३ मा संक्रामक रोगहरूको प्रतिक्रियाको लागि कमाण्ड सेन्टरको रूपमा काम गर्न छुट्टै एजेन्सी समेत स्थापना गर्ने भएको… पुरा पढौ

जापानका प्रधानमन्त्री किशिदाले विवादास्पद चर्चसँग आफ्नो पार्टीको सम्बन्धप्रति माफी मागे

जापानी प्रधानमन्त्री फुमियो किशिदाले विवादास्पद युनिफिकेशन चर्चसँग आफ्नो पार्टीको सम्बन्ध रहेको स्विकार गरि माफी मागेका छन ।प्रधानमन्त्री किशिदाले सो चर्चसँगको सम्बन्धलाई तोडेर सतर्कताका साथ आफ़ना राजनीतिक गतिविधिहरु गर्ने र जनताको विश्वास जित्ने वाचा गरेका छन ।सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का केहि सांसदहरूको चर्चसँग लामो समयदेखि चलिरहेको सम्बन्धको खुलासाले किशिदाको लागि टाउको दुखाइ बनेको पनि उनले बताएका छन । विवादास्पद चर्चसँगको सम्बन्ध खुलासा भएसंगै उनको लोकप्रियतामा कमी आएको मात्र होइन, गत जुलाई ८ मा बन्दुकधारीको आक्रमणबाट मारिएका पूर्व प्रधानमन्त्री… पुरा पढौ

सम्झनामा गोर्भाचभ : सोभियत संघ विघटन गराउने त्यो भूल र युक्रेन युद्धसँग साइनो

सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचभको ९१ वर्षको उमेरमा देहान्त भएपछि विश्वभरिबाट उनीप्रति शब्दश्रद्धा व्यक्त गरिँदैछ ।  अमेरिका र सोभियत संघबीच चलेको चार दशक लामो शीतयुद्ध अन्त्य गर्नका लागि गोर्भाचभले खेलेको भूमिकाको प्रशंसा हुने गरेको छ । तर आर्थिक सुदृढीकरणअगावै राजनीतिक खुलापनको नीति अपनाएर सोभियत संघ विघटनको बाटो खोलेको भनी रुसमा उनको निन्दा हुने गरेको छ ।  गोर्भाचभले चालेका कदमहरूको कुरा झिक्दा जनकल्याणकारी कार्यक्रम भन्दा पनि रक्षामा बढी खर्च गरी सोभियत संघले आफ्नो पतनको बाटो आफैं खनेको यथार्थलाई बिर्सन मिल्दैन… पुरा पढौ