अन्तर्राष्ट्रिय

जापानमा जनसंख्या क्रमिक रूपमा घट्दो, बच्चा जन्माउनुलाई महिलाहरूले दबाबको रूपमा लिने गरेको खुलासा

जापानमा बढ्दो संख्यामा महिलाहरूले आफ्नो जीवनभर अविवाहित रहने र विवाह गरेपनि बच्चा नजन्माउने छनौट गर्ने र बच्चा जन्माउनुलाई महिलाको लागि दबाबको रूपमा महशुस गर्ने गरिरहेका छन्। जीवनशैली र पारिवारिक संरचनामा बढ्दो विविधताको बावजुद धेरै महिलाहरूले अझै पनि विवाह र बच्चा जन्माउने परम्परागत सामाजिक अपेक्षाहरू पूरा गर्न दबाब महसुस गर्ने गरेका छन ।  ४० वर्षमा दबाब कम हुन्छ ४६ वर्षीया मूर्तिकार नाओ सावाले आफू सानै छँदा उनकी आमाले उनलाई दिनहुँ दुर्व्यवहार गर्ने बताइन्। "मलाई थाहा छैन (बच्चाहरूलाई कसरी माया गर्ने)। सबैभन्दा… पुरा पढौ

जापानमा सन् २०३० सम्म गर्मीबाट हुने मृत्यु आधा घटाउने लक्ष्य

जापान सरकारले मङ्गलबारबाट पाँच वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत पाँच वर्षमा वार्षिक औसत १,२९५ को निधन हुने गरेकामा सन् २०३० सम्ममा त्यस्ता मृत्युको सङ्ख्या आधा घटाउने लक्ष्य राखिएको छ । मन्त्रिपरिषदद्वारा स्वीकृत कार्ययोजनामा गर्मी स्ट्रोकसँग लड्नका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने गरी कानून परिमार्जन गरिएको छ । योजना अन्तर्गत सरकारले वृद्धवृद्धाहरूलाई आवश्यक पर्दा एयर कन्डिसनर प्रयोग गर्न र अप्रिल र सेप्टेम्बरको बीचमा पर्याप्त पानी र नुनसेचन गर्न पनि आह्वान गर्ने योजनामा समावेश छ । त्यसैगरी अत्यधिक… पुरा पढौ

जापानले विदेशी निजी जेट आगमनका लागि विमानस्थल नियमहरू सहज बनाउने

जापानले धेरै खर्च गर्ने पर्यटकहरू आकर्षित गर्ने उदेश्यका साथ निकट भविष्यमा आउने विदेशी निजी जेटहरूको लागि विमानस्थलहरूमा अवतरण र अन्य पहुँच प्रक्रियाहरू सहज बनाउनेछ। नयाँ नियमहरू अन्तर्गत जापानमा अवतरण अनुमतिको लागि आवेदन दिन आवश्यक अवधि कम्तिमा १० दिन भन्दा पहिले हुनुपर्ने त्यसलाई घटाएर तीनमा बनाइने र अपरिहार्य परिस्थितिमा २४ घण्टा अघि समेत आवेदन पेश गर्न सकिने व्यवस्था गर्न लागिएको सरकारले बताएको छ ।यस कदमको उद्देश्य उच्च नेट-वर्थ विदेशी आगन्तुकहरूको संख्या बढाउने उद्देश्यले थप लचिलो यात्रा कार्यक्रमहरूलाई अनुमति दिईएको हो ।… पुरा पढौ

मध्य जापानमा घातक हमला गरि ४ जनाको हत्या आरोपमा नगर सभा प्रमुखका छोरा पक्राउ

मध्य जापानको एक नगर सभा प्रमुखका छोरालाई छुरा प्रहार र गोली हानाहानमा प्रहरीसहित चार जनाको हत्या गरेको आशंकामा शुक्रबार पक्राउ गरिएको जापान प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार ३१ वर्षीय संदिग्धलाई विहान ४:३० बजे (१९३० GMT बिहीबार) हिरासतमा लिइएको थियो र पछि उसलाई संदिग्ध राइफल प्रयोग गरी हत्या गरेको आशंकामा औपचारिक रूपमा पक्राउ गरिएको पुष्टि गरेको थियो। संदिग्ध ३१ वर्षीय मसानोरी आओकी नागानो प्रिफेक्चरको नाकानोको नगर सभाका सभामुख मासामिची आओकीको जेठा छोरा भएको विश्वास गरिएको छ। प्रहरीका अनुसार बिहिबार प्रहरी अधिकारीको… पुरा पढौ

जापानी प्रधानमन्त्री फुमियो किशिदाका छोराले प्रधानमन्त्री निवासमा अनावश्यक तस्वीर खिचेकोमा सरकारले दियो कडा चेतावनी

जापानी प्रधानमन्त्री फुमियो किशिदाका छोरालाई गत वर्ष एक पारिवारिक समारोहमा प्रधानमन्त्री निवासमा खिचिएका अनुपयुक्त तस्बिरहरूका लागि कडा चेतावनी दिइएको छ । आफ्नो बुबाको कार्यकारी सचिवको रूपमा काम गर्ने शोतारो किशिदालाई एक साप्ताहिक पत्रिकाले अनुपयुक्त तस्वीरसहितको रिपोर्टमा उनले घरको सिँढी र अन्य प्रतीकात्मक रूपका महत्त्वपूर्ण भागहरूमा आफन्तहरूसँग अपमानजनक रूपमा हेरिएको तस्बिरहरू खिच्न दिएकोमा खुलासा गरेपछि सरकारका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले त्यसो नगर्न कडा चेतावनी दिएका हुन । बिहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मात्सुनोले प्रधानमन्त्रीका जेठा छोराको कार्यमा "उपयुक्तताको कमी" भएको… पुरा पढौ

जापानमा बन्दुक र चक्कु प्रहार गरी चार जनाको हत्या गरेको आरोपमा संदिग्ध नाकानो शहर सभाका अध्यक्ष छोरा पक्राउ

नागानो प्रिफेक्चरको एक नगर सभाका प्रमुखका छोरालाई आफ्नो बुबाको घरमा बसेर दुई प्रहरीसहित चार जनाकोमृत्युको आरोपमा शुक्रबार बिहान हिरासतमा लिइएको प्रहरीले जनाएको छ। नागानो शहरबाट करिब ३० किलोमिटर टाढा रहेको नाकानोको नगर सभाका सभामुख मासामिची आओकीका जेठा छोराभएको अनुमान गरिएको अनुसन्धान स्रोतले बताएको छ ।बन्दुक र चक्कु आक्रमणमा दुई प्रहरी अधिकारीसहित चार जनाको हत्या गरेपछि घरभित्रै बसेका थिए । घटना नजिकै भेटिएकी घाइते भनिएकी एक वृद्धाको पनि मृत्यु भएको पुष्टि भएको संगै मृत्यु हुनेको संख्या चार पुगेको हो । महिलालाई… पुरा पढौ

जापानमा जी७ देशका नेता जुट्दै गर्दा मध्य एसियाली देशका नेतासँग सी जिनपिङले भने : बाह्य हस्तक्षेपको विरोध गरौं

चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्य एसियाली देशहरुले आफ्नो आन्तिरक मामिलामा बाह्य हस्तक्षेपको विरोध गर्नुपर्ने बताएका छन्। छियाङमा भएको मध्य एसियाली देशहरुको सम्मेलनका क्रममा सीले अमेरिकी र पश्चिमा देशहरुलाई इंगित गर्दै उनीहरुको हस्तक्षेप रोक्न सबै एक हुनुपर्ने बताएका हुन्। जापानमा जी७ राष्ट्रका नेताहरु भेला भइरहँदा सीको यस्तो अभिव्यक्ति आएको हो। हिरोसिमामा हुँदै गरेको जी७ राष्ट्रको बैठकमा अमेरिकाले खुला र स्वतन्त्र ‘इन्डो प्यासेसिक’ नीतिलाई एजेन्डा बनाउँदैछ। चीनसँग अमेरिकाको सम्बन्ध राम्रो नभइरहेको बेला अमेरिकाले यो एजेन्डालाई उठाउन लागेको हो। अमेरिकाले जापानमा विश्वका ठूला अर्थतन्त्र… पुरा पढौ

जापानलाई उछिनेर शीर्ष कार निर्यातकर्ता बन्यो चीन 

जापानलाई उछिनेर चीन विश्वको सबैभन्दा ठूलो कार निर्यातकर्ता बनेको छ। यो वर्षको पहिलो त्रैमासिकमा चीनले जापानलाई उछिनेको हो। यसैसाता सरकारले सार्वजनिक गरेको आँकडाअनुसार यो वर्षको पहिलो तीन महिनामा चीनले १० लाख ७ हजार कार निर्यात गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले बढी हो। यही अवधिमा जापानले भने ९ लाख ५४ हजार कार निर्यात गरेको छ। एक वर्षअघिको भन्दा त्यो ६ प्रतिशत बढी हो। चीनको निर्यातमा भएको यो ठूलो वृद्धिको कारण हो, विद्युतीय कारको बढ्दो माग र… पुरा पढौ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि जी-सेभेन सम्मेलनमा व्यक्तिगत रूपमा सहभागी हुने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि जी-सेभेन सम्मेलनमा व्यक्तिगत रूपमा सहभागी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यक्तिगतरुपमा जापानमा हुने ग्रुप अफ सेभेन (जी-सेभेन) को सम्मेलनमा सहभागी हुने भएका हुन । सीएनएनले युक्रेनी श्रोतलाई उदृत गर्दै जेलेन्स्की व्यक्तिगतरुपमा जी-७ को सम्मेलनमा सहभागी हुन लागेको जनाएको छ । जी-७ देशहरु क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाको सम्मेलन जापानमा मे १९ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । उक्त सम्मेलनका लागि जापानी प्रधानमन्त्री फुमियो किसिडाले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई… पुरा पढौ

जी ७ सम्मेलनमा सहभागी हुन विश्वका शीर्षस्थ नेताहरु हिरोसिमा पुगे

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों शुक्रबार जापानको हिरोसिमा पीस मेमोरियल पार्क पुगेका छन् । जापानी प्रधानमन्त्री फुमियो किशिदाले उनीहरूलाई हिरोसिमा शान्ति स्मृति उद्यान (हिरोसिमा पीस मेमोरियल पार्कमा) स्वागत गरेका छन् । हिरोसिमा पीस मेमोरियल पार्कको भ्रमणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी जिल बाइडेनसँगै छन् । त्यसैगरी, बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नी पत्नी अक्षता मूर्तिसँग हिरोसिमा पीस मेमोरियल पार्कको भ्रमण गर्दैछन् । हिरोसिमा पीस मेमोरियल पार्क (गेनबाकु डोम) सन् १९४५ अगस्ट… पुरा पढौ