निर्वाचन विशेष

राष्ट्रपतिले गरिन १ लाख २३ हजार ६ सय ५० जनाको जरिवाना माफी मिनाहा

स्थानीय तहका उम्मेदवारले अब जरिवाना तिर्नु नपर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सबै उम्मेदवारको जरिवाना माफी मिनाहा गर्ने निर्णय गरेकी हुन् ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम राष्ट्रपति भण्डारीले जरिवानामा माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  वैशाख  ३० गतेको  स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएर जरिवानामा परेका जनप्रतिनिधिहरूले गत माघ २२ गते गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई मिनाहाका लागि अनुरोधपत्र पठाएका थिए ।  यस्तै प्रधानमन्त्रीसहित… पुरा पढौ

गृहमन्त्री रविको नागरिकता अवैध; मन्त्री, सांसद र सभापति पद गयो

सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने गैरनागरिक रहेको ठहर गरेको छ। अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको छ । संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् । नागरिकता सन्दर्भमा नेपालको अदालतबाट भएको यो अहिलेसम्मकै ठूलो फैसला हो । लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा… पुरा पढौ

यस्तो बन्यो नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । गत पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै आठ सदस्यीय मन्त्रिपरिषद् बनाउनु भएको हो । आजको विस्तारपछि पनि मन्त्रिपरिषद् अझै पूर्ण बन्न सकेको छैन । वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैले लिनुभएको छ । प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटिएका छन् । राजनीतिमा स्थापित… पुरा पढौ

सार्वभौम संसदले नेपाली इतिहासको नयाँ भाष्य रच्न सफल हुनेछ– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । पौष २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत संसदीय अभ्यास र राजनीतिले मात्रै हामी जनतामाझ फर्कन सक्ने अवस्थामा नभएको बताउनुभएको छ ।प्रतिनिधि सभाकोे दोस्रो कार्यकालका लागि नवगठित प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनताले सशर्त समर्थन गरेर संसदमा पठाएको कुरा बिर्सिनु नहुनेमा समेत जोड दिनुभयो ।“हामी भर्खरै जननिर्वाचित भएका छौं तर जनताको हामीमाथिको समर्थन सशर्त छ ।” वहाँले भन्नुभयो, “हामी सुशासन दिन सक्छौं कि सक्दैनौं ? जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं कि सक्दैनौं ? यो संसद… पुरा पढौ

अझै जीवित छ तत्कालीन बाइसे चौबिसे राजाले प्रयोग गरेको तोप

बागलुङको जैमिनी नगरपालिकाको तीन  वडाको सङ्गमस्थलमा रहेको माइकोस्थान नजिकैको तल्लो डाँडामा सानो सत्तलसँगै ढुङ्गाले छाएको मन्दिर छ । मन्दिरको भित्र बाइसे चौबिसे राजाको पालामा प्रयोग गरेको हतियार तोपको मुख्य भाग राखिएको छ । भुरे टाकुरे राजाहरुले तत्कालीन अवस्थामा राज्य गरेको स्थानमा रहेको तोप सङ्कटमा परेको छ । जिल्लाको सबैभन्दा ठूलो राज्य रहेको तत्कालीन गलकोटे राजाहरुसँग लडाइँपश्चात् राज्य एकीकरण गरिएको भन्ने स्थानमा अहिले मन्दिरसँगै तोप रहे पनि संरक्षण हुन नसकेको स्थानीयको गुनासो रहेको छ ।   कोतमा राखिएको तोप संरक्षण अभावमा केही… पुरा पढौ

संघीय संसद्को पहिलो अधिवेशन आज सोमबारदेखि सुरू

गत मंसिर ४ गते सम्पन्न भएकाे आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन आज सोमबारदेखि सुरू हुने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेका लागि संसदको पहिलो अधिवेशन बोलाउनुभएको हो । सोमबार बस्ने बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै कामहरू पूरा भएको जानकारी दिनुभएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले… पुरा पढौ

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, गगनले पाए २५ मत

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । मतदानमा कुल मत ८९ खसेको र त्यसमध्ये सभापति देउवाले ६४ तथा महामन्त्री थापाले २५ मत प्राप्त गरेको कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ । मतदान आज बिहान भएको थियो । सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका थिए । यसैगरी महामन्त्री थापाको उम्मेदवारीको… पुरा पढौ

प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक गरेको छ । मंसिर ४ गते भएको निर्वाचनमा थ्रेसहोल्ड कटाएका ७ दलले पठाएको सूचीका आधारमा आयोगले समानुपातिकबाट निर्वाचित भएका सांसदको नामावली सार्वजनिक गरेको हो । निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै ३४ सिट जितेको छ भने दोस्रो भएको कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । त्यस्तै, समानुपातिकबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रले १४, राप्रपाले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको आयोगले जानकारी दिएको छ । त्यसैगरी जनता समाजवादी पार्टी जसपा र… पुरा पढौ

पत्रकारिता पृष्ठभूमिका नौजना प्रतिनिधिसभामा

काठमाडौं । पत्रकारिता पृष्ठभूमिका नौ जना राजनीतिक दलका नेताहरू सङ्घीय संसद्, प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । पत्रकारिता पृष्ठभूमिबाट नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, केन्द्रीय सदस्य रमेश लेखक, स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह, नेकपा एमालेबाट नेताहरू गोकुल बाँस्कोटा र सूर्य थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने, सोही पार्टीका नेत्री सोविता गौतम निर्वाचित हुनुभएको छ । वरिष्ठ नेता पौडेलले तनहुँ निर्वाचन क्षेत्र नं २ बाट २५ हजार तीन सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको… पुरा पढौ

प्रतिनिधिसभातर्फ १५८ क्षेत्रको नतिजा !(विवरणसहित)

काठमाडौँ । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । सोमबार अपराह्न ४ बजेर २० मिनेटसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ देशभरका १६५ मध्ये १५८ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । अब बाँकी सातमध्ये तीन क्षेत्रमा मतगणना जारी छ । तीन क्षेत्रमा मतगणना नै सुरु भएको छैन । त्यसमध्ये नेपाली काँग्रेसका उम्मेदवार ५३ क्षेत्रमा विजयी भएका छन् । नेकपा (एमाले)का उम्मेदवार ४२… पुरा पढौ