निर्वाचन विशेष

देशभर ४६ प्रतिशतसम्म मतदान,मतपेटिका ढुवानीका लागि सवारी साधन तैनाथ

काठमाडौँ- गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका छन् । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताएका हुन् । उनले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको पाएको जिकिर गरे । उनले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुचारु भइसेको बताए । निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरू र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक क्षति… पुरा पढौ

१२ः४५ बजेसम्म ३२ प्रतिशत मत खस्यो

आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त जानकारी दिएका हुन। उनले भने,’१२:४५ बजेसम्म ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ।’ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि देशैभर मतदान भइरहेको छ । केही स्थानमा भएका छिटपुट घट्नाबाहेक बाँकी स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको गृह मन्त्रालयले जनाएको छ । निर्वाचनमा मतदाताहरूको उत्साहपूर्ण सहभागिता रहेको देखिन्छ ।  बिहान ७ बजेबाट सुरु भएको मतदानमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता सहभागी हुँदैछन् । तर बितेको झन्डै ६ घण्टामा १२… पुरा पढौ

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको मतदान कहाँबाट ?

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा हुनुहुन्छ । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्नुहुने जनाइएको छ । विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । प्रधानमन्त्री देउवाका कानुन विज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । सञ्चार तथा… पुरा पढौ

आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आयोगले मतदान कार्यमा उल्लासका साथ सहभागी हुन सम्पूर्ण मतदातालाई आह्वान गरेको छ । आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गरी आईतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न सबै मतदातालाई आग्रह गरेको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान कार्यमा भाग लिई आफूले रोजेको प्रतिनिधि मार्फत् शासन सञ्चालन गर्न पाउने अधिकार प्रयोग गर्न सबै मतदातालाई… पुरा पढौ

मजदुरलाई कामकै पिरलो, छोएन चुनावले

ढोरपाटन।“गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौँ, यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ, यति धेरै खर्च गरेर भोट हालेर जिताए पनि नेताहरूले हाम्रो मुखमा फर्किएर हेर्दैनन्, बरु यहाँ काम गरियो भने दुई–चार हजार कमाइ हुन्छ ।” सिन्धुपाल्चोकका २७ वर्षीय भीम पगरी दुई महिनादेखि मध्यपहाडी लोकमार्गको घोँडाबाँधे–गलकोट खण्डमा काम गर्दै आएका छन । गाउँमा कुनै काम नपाएपछि बागलुङ आएका पगरीलाई मङ्सिर ४ मा प्रदेशसभा तथा प्रतिनिधिसभा… पुरा पढौ

कस्तो अवस्थामा मतपत्र बदर हुन्छ, बदर हुन नदिन के गर्ने ?

काठमाडौँ- मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन एक साथ हुँदैछ । निर्वाचनको दिन मतपत्र बदर हुन सक्ने उत्तिकै सम्भावना हुन्छ । किनभने विगतका निर्वाचनमा मतपत्र बदर भएकाले यसपटक मतदाताले ध्यान नदिँदा पनि बदर हुन सक्छ । मतपत्र बदर हुन सबैभन्दा बढी सचेत मतदाता नै हुनुपर्छ । मतदानको दिन मतदाताले सही तरिकाले मतपत्र चिह्नमा स्वस्तिक छाप नलगाउँदा बदर हुने गरेको छ । कतिपय मतदाताले मतदाता शिक्षा पाएका हुँदैनन् । यसअघि भएको स्थानीय, संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा मतपत्र… पुरा पढौ

ढुक्क भएर मताधिकार प्रयोग गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले यही मङ्सिर चार गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आममतदातालाई आग्रह गरेको छ । भौतिक तथा हिंसात्मक गतिविधिमा संलग्न जोकोहिमाथि कडा निगरानी राखिएको उल्लेख गर्दै मन्त्रालयले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास दिलाएको छ । निर्वाचनको पूर्व तयारीबारे मन्त्रालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता विनोद प्रकाश सिंहले कर्मचारी, मतदाता र मतपत्रको सुरक्षामा खतरा पुर्याउने व्यक्ति दल÷समूह र सङ्गठनमाथि कडा निगरानी राखिएको बताए । उनले भने, “विगतभन्दा धेरै राम्रो निर्वाचन सुरक्षा व्यवस्था गरेका… पुरा पढौ

निर्वाचनका लागि देशभर ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन

आगामी मङ्सिर ४ गते देशभर हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन हुने भएको छ। निर्वाचनमा दोस्रो घेरामा रहने सशस्त्र प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, शान्त र भयरहित रूपमा सम्पन्न गर्नका लागि देशभर उक्त सङ्ख्यामा जनशक्ति परिचालन गरेको हो। सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभरका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षक… पुरा पढौ

निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाता

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारी लगभग पूरा भएको जनाएको छ । आयोगले बिहीबार पत्रकार सम्मेलन गरी निर्वाचनको तयारी लगभग पूरा भएको जनाएको हो ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘निर्वाचनको तयारी लगभग पूरा भएको छ ।’ उनका अनुसार यस निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलबाट मतदान गर्नसक्ने छन् । त्यस्तै प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको… पुरा पढौ

काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवार पैसा बाँडेको आरोपमा पक्राउ

मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना बताए ।  पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् । उनीहरूलाई अहिले प्रहरी प्रभाग बुढानिलकण्ठमा राखिएको राटोपाटीको समाचारमा उल्लेख छ ।  उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं–५… पुरा पढौ