निर्वाचन विशेष

मंसिर ४ को चुनाव जनमत संग्रह जस्तै हो, संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्नुहोलाः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले गोरखाले विकास र समृद्धिको अभियानको पनि नेतृत्व गर्ने बताएका छन् । शुक्रबार गोरखाको सिरानचोक- ८ जौबारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखाले जनयुद्ध र शान्ति सम्झौताको नेतृत्व गरेको उल्लेख गर्दै अब विकास र समृद्धिको पनि नेतृत्व गर्ने बताएका हुन् । गोरखा- २ बाट प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका प्रचण्डले गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतालाई पूर्णता दिने यो अन्तिम अवसर भएको बताए । 'गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर सुरु गरेको यो… पुरा पढौ

बागलुङमा निर्वाचन: राजनीतिक सहयोद्धा नै चुनावमा मुख्य प्रतिस्पर्धी

बागलुङ । विद्यार्थी राजनीतिबाट उदाएका डिल्लीराम सुवेदी बागलुङ–१ (२ ) बाट प्रदेशसभा सदस्य उमेदवार छन् । सत्ता गठबन्धनका साझा उमेदवार सुवेदी यसअघि नेपाल विद्यार्थी सङ्घमा सक्रिय थिए । नेविसङ्घको केन्द्रीय उपाध्यक्ष हुँदै सिधै मूलधारको राजनीतिमा आएका उनी नेपाली कांग्रेसका कान्छा उमेदवारमध्ये एक हुन् । उनी ३९ वर्षका हुन् । काठमाडौंस्थित शिक्षा क्याम्पसको स्ववियु सभापति भइसकेका सुवेदी कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्ष सुवेदीले सार्वजनिक शिक्षाको सुधारका पक्षमा वकालत गर्दै आएका छन् । हिजोका राजनीतिक सहयोद्धा… पुरा पढौ

देवेन्द्र पौडेललाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार डिलबहादुर कार्कीले लिए उम्मेदवारी फिर्ता

आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभाको निर्वाचनमा बागलुङ क्षेत्र नम्वर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका डिलबहादुर कार्कीले अर्का उम्मेदवार देवेन्द्र पौडेललाई समर्थन गर्दै आफ़नो उम्मेदवारी फिर्ता लिएका छन ।  मंगलबार प्रेस विज्ञप्तिमा बागलुङं जिल्ला गलकोट नगरपालिका वडा नम्वर २ स्थायी घर भएका कार्कीले आफु बामपन्थी विद्यार्थी आन्दोलवाट राजनैतिक यात्रा शुरु गरी हाल नेपाली राजनीतिको मूलधार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा आवद्ध रही देश र जनताको पक्षमा आवाज बुलन्द गर्दै आएको बताएका छन ।  कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपाली जनताको… पुरा पढौ

कस्को पल्लाभारी छ त बागलुङ–२ निर्वाचनमा, विगतको यस्तो छ चुनावी गणित

जित हारका शृङ्खलाहरूबाट गुज्रिरहेका दलहरू अर्को चुनावी परीक्षामा सामेल हुन अब २० दिन मात्र बाँकी छ । चुनाव सम्मुखमा आइपुग्दा अनेक चर्चा र अड्कलबाजी हुन थालेका छन् । चुनावी परिणाममा कहिले नेपाली कांग्रेस त कहिले वाम दल हाबी हुने बागलुङमा यसपालि के होला भन्ने सर्वत्र चासो छ । बदलिएको चुनावी समीकरणबीच हिजो एकै मोर्चामा रहेका दलहरू अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन् । हिजो दुई ध्रुवमा बाँडिएका आज एकैठाउँ उभिएका छन् । यो स्थितिमा चुनावी गणितमा पनि फेरबदल आएको छ । वाम… पुरा पढौ

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र एमालेका डा. सूर्य पाठक आमनेसामने : कसलाई कति चुनौती ?

युवा पुस्ताका डा सूर्यप्रसाद पाठकसँग ८० वर्षीय चित्रबहादुर केसी चुनावी मैदानमा छन् । व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला गर्दैन भन्ने मान्यता राख्ने केसीलाई मतदाताले कत्तिको रुचाउने हुन् त्यो त हेर्न बाँकी छ । बागलुङ–१ बाट प्रतिनिधिसभामा छिर्ने दाउसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी र नेकपा (एमाले)का केन्द्रीय सदस्य पाठक मङ्सिर ४ को चुनावमा आमनेसामने हुँदैछन् । जीवनभर निष्ठाको राजनीति गर्दै आएका केसी र युवा जोशले ओतप्रोत पाठकबीचको प्रतिस्पर्धा रोचक हुने कतिपयको ठम्याइँ छ । संसदीय यात्रामा यी दुवै नेता नयाँ भने… पुरा पढौ

हरेक नेपालीले आफ़नो अमूल्य मत प्रदान गरि प्रचण्डलाई देशको नेतृत्व सुम्पन कलाकार बद्री पंगेनी र स्मिताको आग्रह

नेपालमा आमनिर्वाचनले छपक्कै छाएको छ । आफ्ना आफ्ना मन पर्ने दलका नारा र गीतहरू गुन्जिएर माहौलले नै नया रौनक थपिरहेको बेला नेपाली लोकसंगीतका चर्चित गायक बद्री पंगेनीले ‘हँसिया र हथौड़ामा अमूल्य मत हाली, समृद्धिको पथमा हिडौ सारा नेपाली’ भन्दै आम नेपालीलाई गीतमार्फत आह्वान गरेका छन ।नेपाली जनप्रगतिशील मंच जापानको प्रस्तुति रहेको ‘ अघि अघि प्रचण्ड’ नामक गीति एल्बममार्फत हँसिया हथौड़ामा हरेक नेपालीले आफ़नो अमूल्य मत प्रदान गरि प्रचण्डलाई देशको नेतृत्व सुम्पन गीतमार्फत यसरी आग्रह गरेका छन - ‘हँसिया र हथौड़ामा… पुरा पढौ

जब अभिवादन, जय नेपाल र लाल सलामको सम्बोधले प्रज्ञा भवन गुन्जियो…

काठमाडौं । प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, वक्ता हुन् वा कार्यक्रम सञ्चालक, सबैले नछुटाइ र दोहोर्‍याएर गर्ने सम्बोधन, अभिवादन, जय नेपाल र लाल सलाम । दर्शक दीर्घामा खचाखच बसेका नेता कार्यकर्ताहरूको पनि त्यही माग र त्यही भावभंगिमा अभिवादन, जय नेपाल र लाल सलाम फर्काएपछि हरेक वक्ताले सम्बोधन सुरु गर्दा र अन्त्य गर्दा हल गुन्जायमान बन्थ्यो । वक्ता र स्रोताको लय देखेर बाक्लो संख्यामा उपस्थित सञ्चारकर्मी समेत चकित थिए । कमै सुन्न पाइने यस्तो सम्बोधन आइतबार प्रज्ञा भवन कमलादीमा सिन्धुपाल्चोक सम्पर्क समन्वय समिति/मञ्चको संयुक्त भेलामा भएको थियो ।… पुरा पढौ

देशलाई अप्ठ्यारो पर्दा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दै आएको इतिहास छ – मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएको बताएका छन । शनिबार गलकोट नगरपालिका–१ दुदिलाभाटी र नरेठाँटीमा साझा गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस र माओवादी देशलाई अप्ठ्यारो पर्दा मिलेर अघि बढेको बताए । “कांग्रेस र माओवादीबीच मुल मुद्धा मिलेका छन्,” केपी ओलीले दुई दुई पटक संसद विघटन गर्दा संविधान जोगाउन कांग्रेस माओवादीसहित सरकार गठन भइ संविधानको रक्षा भयो ।”उनले राजतन्त्र फालेर गणतन्त्र ल्याउने कुरा सामान्य नभएको बताए । “अब… पुरा पढौ

प्रचण्ड जब साढे ४ दशकअघि गोरखासँग जोडिएको सम्बन्धको ‘फ्ल्यासब्याक’मा पुगे

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'गोरखा- २ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । जनयुद्धकालमा प्रचण्डले गोरखामै बसेर थुप्रै योजना बनाए । तर, गोरखासँग प्रचण्डको नाता यतिमै सीमित भने छैन । आजभन्दा साढे ४ दशक (४६ वर्ष) अघि नै गोरखासँग प्रचण्डको सम्बन्ध जोडिएको थियो । प्रचण्डले वि.सं. २०३३ देखि २०३६ सम्म गोरखाको आरुघाटमा अध्यापन गरेका थिए । त्यसबेला देखि नै हो प्रचण्ड र गोरखाको सम्बन्ध जोडिएको । गोरखा पुगेका यी क्रान्तिनायकले… पुरा पढौ

आगामी पाँच वर्षका लागि कांग्रेसले ल्यायो महत्वाकांक्षी घोषणापत्र 

काठमाडौं (जीएनएन)–  आगामी मंसिर ४ गते (२० नोभेम्वर २०२२ मा) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय,  सानेपा, मा शनिबार बिहान आयोजित एक कार्यक्रममा पार्टी सभापति तथा प्रधानमंत्री शेर बहादुर देउवाले आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्।  ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली काँग्रेसको नेतृत्वमा अबको सरकार’ जस्ता नारा समेटिएको घोषणापत्रमा कांग्रेसले संघीय संसद् र प्रदेशसभाले बनाउन बाँकी रहेका कानुन निर्माण र परिमार्जन गरी एक वर्षभित्र संघीय प्रणालीलाई प्रभावकारी बनाउने, संस्थागत संरचना बनाई… पुरा पढौ