
काठमाडौँ- मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन एक साथ हुँदैछ । निर्वाचनको दिन मतपत्र बदर हुन सक्ने उत्तिकै सम्भावना हुन्छ ।
किनभने विगतका निर्वाचनमा मतपत्र बदर भएकाले यसपटक मतदाताले ध्यान नदिँदा पनि बदर हुन सक्छ । मतपत्र बदर हुन सबैभन्दा बढी सचेत मतदाता नै हुनुपर्छ ।
मतदानको दिन मतदाताले सही तरिकाले मतपत्र चिह्नमा स्वस्तिक छाप नलगाउँदा बदर हुने गरेको छ । कतिपय मतदाताले मतदाता शिक्षा पाएका हुँदैनन् । यसअघि भएको स्थानीय, संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा मतपत्र बदर भएका थिए ।
ब्यालेट बाकसमा मतपत्र खसाउनु अघि बदर हुन नदिन सबैभन्दा बढी मतदाता नै सचेत हुनुपर्छ । हरेक निर्वाचनमा मतपत्र किन मतपत्र बदर हुन्छ ? यस्ता विषयहरू एकदमै सोचनीय भएका छन् । आखिर मतपत्र किन हुन्छ बदर ?
- मतपत्र च्यातिएमा ।
- मतदान अधिकृतको हस्ताक्षर नभएमा ।
- दुई वटा निर्वाचन चिह्न रहेको कोठामा बीचमा पर्ने गरी मत संकेत गरेमा ।
- स्वस्तिक छाप नबुझिने गरी लतपतिएमा ।
- एकभन्दा बढी चिह्नमा मत संकेत गरेमा ।
- मतपत्र स्वस्तिक छाप बाहेक अन्य संकेत जस्तैः औठा छाप, हस्ताक्षर आदिले मत संकेत गरेमा ।
- निर्वाचन चिह्न रहेको कोठाभन्दा बाहिर मत संकेत गरेमा ।




