निर्वाचन विशेष

उम्मेदवारहरूद्वारा मनोनयन दर्ता सम्पन्न, मुख्य नेता कसले कहाँबाट गरे दर्ता

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन गर्नुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेलधुराबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रधानमन्त्री देउवाको तर्फबाट उहाँकी धर्मपत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले मनोनयन दर्ता गराउनुभएको हो । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वयं उपस्थित भई झापाको क्षेत्र–५ बाट मनोनयन… पुरा पढौ

१६५ सिटमा कुन दलबाट को उम्मेदवार? सूचीमा हेर्नुहोस्

आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरुले धमाधम उम्मेदवार तय गरिरहेका छन्। असोज २३ गते (आइतबार) देशैभरिका निर्वाचन कार्यालयहरुमा मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका भएका कारण दलहरु आजै रातभरिमा उम्मेदवारको टुंगो लगाउनैपर्ने दबावमा छन्। अन्तिम घडीमा आएर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सत्तारुढ गठबन्धनबाट आकस्मिक रुपमा बाहिरिएर एमालेसँग मोर्चा कसेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित सम्झौता गर्दै जसपाले मधेसमा १६ र सुनसरीमा एउटा गरी प्रतिनिधिसभाका १७ सिटमा एमालेसँग तालमेल गरेको छ। यसवापत जसपाले ३५ सिटमा एमालेलाई सघाउनुपर्ने भएको छ। प्रदेशतर्फ… पुरा पढौ

भीम रावलले टिकट नपाएपछि एमाले अछामका ३८ जनाले दिए सामूहिक राजीनामा

काठमाडौं । अछाम–१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह भएको छ । जिल्ला कमिटी सचिवालयका ४ सहित ३८ जनाले सामूहिक राजीनामा दिएका छन् ।  केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको उनीहरुको भनाई छ । एमालेले रावलको ठाउँमा झपट बोहरालाई टिकट दिएको छ। पुरा पढौ

युवा पिंढीलाई अवसर दिने भन्दै चुनाव नलड्ने अग्नि सापकोटाको घोषणा

सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले मंसिर ४ को निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । उनले आगामी दिनमा संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहेको प्रतिबद्धता पनि जनाएका छन् । २०६४, २०७० मा पहिलाे र दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट सापकोटा निर्वाचित भएका थिए । यो पटक पनि उनी आकांक्षी थिए । पुरा पढौ

प्रचण्ड किन गए गोरखा–२ 

काठमाडौं। मंसीर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट प्रतिस्पर्धा गर्ने भएका छन्। २०७४ को निर्वाचनमा चितवन–३ बाट निर्वाचित उनी यसपटक गोरखा–२ बाट चुनाव लड्ने भएका हुन्। गठबन्धनका दलहरू बिच प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेसँगै प्रचण्ड गोरखाबाट प्रतिस्पर्धा गर्ने भएका हुन्। यसअघि प्रचण्डले मंसीर ४ को निर्वाचनमा पनि चितवनबाटै चुनाव लड्ने बताएका थिए। पार्टीका शीर्ष नेताहरूले गोरखाबाट चुनाव लड्दा त्याग बलिदानीको सम्मान हुने सुझाव दिएपछि र स्थानीय नेताहरूले गोरखा आउन… पुरा पढौ

प्रत्यक्षतर्फ उम्मेदवारी दिन यी १८ प्रतिबद्धता गर्नुपर्ने

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ताको कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा भाग लिने उम्मेदवारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ बमोजिम स्वःघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ । सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्वःघोषणा प्रत्येक उम्मेदवारले आफ्नो मनोनयन पत्र साथ पेस गर्नुपर्ने भएकोले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा… पुरा पढौ

एमालेको समानुपातिक उम्मेदवारको सूचीमा एकनाथ ढकालदेखि प्रभु ग्रुपका देवी भट्टसम्म (नामावली सहित )

काठमाडौँ । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची सार्वजनिक भएको छ । एमाले स्रोतबाट प्राप्त सूचीमा १०९ जना उमेदवरको नामावली रहेको छ ।  सूची ! १) मेनकाकुमारी पोखरेल २) सरिता भुसाल ३) शोभा ज्ञवाली ४) विजुला रायमाझी ५) निर्मला कोइराला ६) सम्झना थपलिया ७) दीपा शर्मा ८) सुनिता बराल ९) भागरथी कुमारी चन्द १०) लिला कुमारी भण्डारी ११) नर्वदादेवी सिवाकोटी पाठक १२) मेनका पछाई १३) शान्तिदेवी खनाल १४) उमादेवी कोइराला १५) क्रान्ति बुर्लाकोटी १६) बालिकाकुमारी गिरी १७) ओमदेवी मल्ल… पुरा पढौ

माओवादी केन्द्रका ६० भित्र ३ जना महिला समानुपातिक उम्मेदवार बागलुङबाट (सूचीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमध्ये ६० जनाको नाम प्राप्त भएको छ । सो पार्टी स्रोतबाट प्राप्त सूचीमध्ये ६० जनाको नामावली प्राप्त भएको हो । माओवादी केन्द्रले निर्वाचन आयोगमा ११० जना उम्मेदवारको नामावली बुझाएको छ । सूची ! १) दुर्गा राई २) मीना तामाङ ३) उर्मिला माझी पौडेल ४) माया कुमारी बल स्या ५) सोमती गुरुङ ६) पद्मा कुमारी राई ७) छिरिङ ल्यामु लामा तामाङ ८) पार्वती थापा ९) होमकुमारी लिम्बु १०) तारादेवी कुमाल अधिकारी ११)… पुरा पढौ

यस्ता छन् उम्मेदवार बन्न चाहिने योग्याता 

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ भने त्यसका लागि आवश्यक मापदण्ड थाहा पाउनुहोस् । मनोनयन पत्र दर्ता गर्नुअघि उम्मेदवारीको योग्यता र अयोग्यतासम्बन्धी विद्यमान कानुनको व्यवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्नुहोस् ।       निर्वाचन आयोगको निर्वाचनको कार्यक्रमअनुसार यही असोज २३ गते आइतबार उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आयोगले निर्धारण गरेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य… पुरा पढौ

मंसिर ४ मा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अवश्यकता अनुसार सेना परिचान गर्न स्वीकृति दिएकी छिन् । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्याण तथा प्रधानमन्त्रीको पत्रका अधारमा नेपालको संविधान बमोजिम सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी हुन् । पुरा पढौ