निर्वाचन विशेष

कांग्रेसका बागीले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित हुने

नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ।  कांग्रेसले विज्ञप्तिमार्फत आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारिक र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गराउने पार्टी सदस्यलाई यही असोज २६ गते १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन गरेको छ।  विज्ञप्तिमा पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरे/गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (असोज… पुरा पढौ

‘संविधान जोगाउन गठबन्धनले जित्नैपर्छ’-चित्रबहादुर केसी

बागलुङ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चित्रबहादुर केसीले आसन्न सङ्घ र प्रदेशको चुनाव सत्तारुढ गठबन्धनले जित्नैपर्नेमा जोड दिएका छन् । गठबन्धन दलद्वारा आज बागलुङ सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले चुनावमा अग्रगमनकारी शक्तिले जित्ने की परिवर्तन विरोधीले भन्ने विषय गम्भीर प्रश्न बनेर आएको उल्लेख गरे । ‘अहिलेको चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो, संविधान र गणतन्त्र जोगाउन अग्रगमनले जित्नैपर्छ, यो जीवनमरणको प्रश्न हो’, उनले भने, ‘राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुस् ।’ उनले संविधानका उपलब्धिको रक्षा गर्ने सर्तमा… पुरा पढौ

प्रतिनिधिसभाका १६५ सिटका २ हजार १२८ प्रतिस्पर्धीहरूको सम्पूर्ण नामावली

काठमाडौं । मंसिर ४ गते हुने आम निर्वाचनका लागि प्रतिनिधिसधाका १६५ सिटमा आइतबार मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगले दिएको प्रारम्भिक तथ्यांक अनुसार प्रतिनिधिसभाको कुल उम्मेदवार–२ दुई हजार १२८ रहेको छ। आयोगको डाटामा केही नामहरु अझै इन्ट्री हुन बाकी रहेकाले यो संख्या केही बढ्न् सक्ने आयोगले जनाएको छ। हेर्नुस् प्रतिनिधिसभाका १६५ सिटका प्रतिस्पर्धी निर्वाचन क्षेत्र सत्ता गठबन्धन उम्मेदवार एमाले गठबन्धनअन्यताप्लेजुङ खेलप्रसाद बूढाथोकी(माओवादी)योगेश भट्टराईराम कार्की, राप्रपाचन्द्रा मादेन, जसपापाँचथर  भीष्मराज आङदेम्बे(कांग्रेस)बसन्त नेम्बाङकमल बहादुर चेम्जोङ, राप्रपाप्रेमराज लावती, जसपाइलाम १झलनाथ खनाल (ए.समाजवादी)महेश बस्नेतटीएन शर्मा,, राप्रपाविक्रम पाण्डे, स्वतन्त्रइलाम… पुरा पढौ

बागलुङ जिल्लाबाट प्रतिनिधी सभामा १६ र प्रदेश सभामा २३ जनाको उम्मेदवारी

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि बागलुङ जिल्लाबाट प्रतिनिधी सभामा १६ र प्रदेश सभामा २३ जना उम्मेदवारले आइतवार उम्मेदवारी दर्ता गराएका छन । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि निर्वाचन क्षेत्र न. १ प्रतिनिधि सभा सदस्यको लागि गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी सहित ७ जनाको उमेदवारी दर्ता भएको छ भने दुई वटा प्रदेश सभा सदस्यको लागि ९ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र न. १ (क)को लागि ५… पुरा पढौ

प्रतिनिधिसभातर्फ २१२८ र प्रदेशसभा तर्फ २८४५ उम्मेदवारी दर्ता 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरीबाट दुई हजार १२८ जनाले उम्मेदवारी दिनुभएको छ । १६५ पदका लागि एक हजार ९३७ जना पुरुष र १९१ जना महिलाले विभिन्न दल तथा स्वतन्त्रबाट सो संख्यामा उम्मेदवारी दर्ता गराउनुभएको हो । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आज आइतबार विहान १० बजेबाट साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराउनुभएको छ । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले एकिन… पुरा पढौ

उम्मेदवारहरूद्वारा मनोनयन दर्ता सम्पन्न, मुख्य नेता कसले कहाँबाट गरे दर्ता

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन गर्नुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेलधुराबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रधानमन्त्री देउवाको तर्फबाट उहाँकी धर्मपत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले मनोनयन दर्ता गराउनुभएको हो । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वयं उपस्थित भई झापाको क्षेत्र–५ बाट मनोनयन… पुरा पढौ

१६५ सिटमा कुन दलबाट को उम्मेदवार? सूचीमा हेर्नुहोस्

आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरुले धमाधम उम्मेदवार तय गरिरहेका छन्। असोज २३ गते (आइतबार) देशैभरिका निर्वाचन कार्यालयहरुमा मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका भएका कारण दलहरु आजै रातभरिमा उम्मेदवारको टुंगो लगाउनैपर्ने दबावमा छन्। अन्तिम घडीमा आएर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सत्तारुढ गठबन्धनबाट आकस्मिक रुपमा बाहिरिएर एमालेसँग मोर्चा कसेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित सम्झौता गर्दै जसपाले मधेसमा १६ र सुनसरीमा एउटा गरी प्रतिनिधिसभाका १७ सिटमा एमालेसँग तालमेल गरेको छ। यसवापत जसपाले ३५ सिटमा एमालेलाई सघाउनुपर्ने भएको छ। प्रदेशतर्फ… पुरा पढौ

भीम रावलले टिकट नपाएपछि एमाले अछामका ३८ जनाले दिए सामूहिक राजीनामा

काठमाडौं । अछाम–१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह भएको छ । जिल्ला कमिटी सचिवालयका ४ सहित ३८ जनाले सामूहिक राजीनामा दिएका छन् ।  केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको उनीहरुको भनाई छ । एमालेले रावलको ठाउँमा झपट बोहरालाई टिकट दिएको छ। पुरा पढौ

युवा पिंढीलाई अवसर दिने भन्दै चुनाव नलड्ने अग्नि सापकोटाको घोषणा

सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले मंसिर ४ को निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । उनले आगामी दिनमा संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहेको प्रतिबद्धता पनि जनाएका छन् । २०६४, २०७० मा पहिलाे र दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट सापकोटा निर्वाचित भएका थिए । यो पटक पनि उनी आकांक्षी थिए । पुरा पढौ

प्रचण्ड किन गए गोरखा–२ 

काठमाडौं। मंसीर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट प्रतिस्पर्धा गर्ने भएका छन्। २०७४ को निर्वाचनमा चितवन–३ बाट निर्वाचित उनी यसपटक गोरखा–२ बाट चुनाव लड्ने भएका हुन्। गठबन्धनका दलहरू बिच प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेसँगै प्रचण्ड गोरखाबाट प्रतिस्पर्धा गर्ने भएका हुन्। यसअघि प्रचण्डले मंसीर ४ को निर्वाचनमा पनि चितवनबाटै चुनाव लड्ने बताएका थिए। पार्टीका शीर्ष नेताहरूले गोरखाबाट चुनाव लड्दा त्याग बलिदानीको सम्मान हुने सुझाव दिएपछि र स्थानीय नेताहरूले गोरखा आउन… पुरा पढौ