निर्वाचन विशेष

नेपालको निर्वाचनको पर्यवेक्षणको लागि जापानका विदेश राज्यमन्त्री सुनशुके ताकेई नेपालमा जाने

मित्र राष्ट्र जापानका विदेश राज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल जाने भएका छन् । उनी निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लागेकाे नेपालस्थित जापानी दूतावासले जनाएको छ । नेपालमा यसअघि विसं २०७४ को आमनिर्वाचनमा जापान सरकारले पूर्व उपमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो । मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी छन् । ‘नेपालको थप विकास र समृद्धिका… पुरा पढौ

नेपालगन्जमा विस्फोट हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा विष्फोट भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि हतपत भाग्न खोज्दा प्रेसर कुकर बम विष्फोट भएको थियो । त्यसक्रममा क्षेत्री र धर्म बडुवाल घाइते भएका छन् । बडुवालको अवस्था गम्भीर रहेको छ । घाइते दुवैजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।… पुरा पढौ

मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । आयोगले सखुवानान्कारकट्टी गाउँपालिका सिराहाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा र सुखीपुर नगरपालिकाका नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रेश्वर प्रसाद यादवलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएकोमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । नेपालको संविधानको धारा २४७ मा ‘यस संविधान बमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ’ भन्ने व्यवस्था… पुरा पढौ

यो निर्वाचन अग्रगमन र प्रतिगमन बिचको जनमत सङ्ग्रह जस्तै हो- प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले आउँदो मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन देशलाई अगाडि लैजाने कि पछाडि धकेल्ने भन्ने जनमत संग्रहजस्तै भएको बताउनु भएको छ।चितवनमा वाम लोकतान्त्रिक गठबन्धनले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई अग्रगमनतिर लैजाने कि प्रतिगमनतिर भन्ने सवाल जनमत सङ्ग्रहजस्तै हुने बताउनु भएको हो।अध्यक्ष प्रचण्डले अबको निर्वाचनबाट देशमा फेरि राजनीतिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी तत्वहरुलाई पराजित गर्ने गरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताउनु भयो। ‘चितवनवासी… पुरा पढौ

गठबन्धनका उम्मेदवारलाई भोट माग्दै गायक चेतन र ‘दारी बाजे’ सिन्धुपाल्चोकमा

चौतारा २५ कार्तिक, नेपाली सिने जगत र टेलि चलचित्रहरुका चर्चीत हास्य कलाकार सुरबीर पण्डित 'दारी बाजे'ले सिन्धुपाल्चोकमा आएर लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारका पक्षमा मत मागेका छन् ।  हास्य प्रस्तुतीमा 'दारी बाजे' नामले चर्चीत पण्डितले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ मा भएका विभिन्न कार्यक्रममा सहभागि भएर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु माधव सापकोटा सुबोध र क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार मसिना खड्कालाई जिताउन अपिल गरे । युवा उम्मेदवार सुबोध क्रान्तिको रापतापबाट हुर्किएको, देशमा गणतन्त्र र लोकतन्त्र प्राप्तिका लागि क्रान्तिमा होमिएको, गोलि खाएको योद्धा भएको… पुरा पढौ

मंसिर ४ को चुनाव जनमत संग्रह जस्तै हो, संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्नुहोलाः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले गोरखाले विकास र समृद्धिको अभियानको पनि नेतृत्व गर्ने बताएका छन् । शुक्रबार गोरखाको सिरानचोक- ८ जौबारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखाले जनयुद्ध र शान्ति सम्झौताको नेतृत्व गरेको उल्लेख गर्दै अब विकास र समृद्धिको पनि नेतृत्व गर्ने बताएका हुन् । गोरखा- २ बाट प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका प्रचण्डले गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतालाई पूर्णता दिने यो अन्तिम अवसर भएको बताए । 'गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर सुरु गरेको यो… पुरा पढौ

बागलुङमा निर्वाचन: राजनीतिक सहयोद्धा नै चुनावमा मुख्य प्रतिस्पर्धी

बागलुङ । विद्यार्थी राजनीतिबाट उदाएका डिल्लीराम सुवेदी बागलुङ–१ (२ ) बाट प्रदेशसभा सदस्य उमेदवार छन् । सत्ता गठबन्धनका साझा उमेदवार सुवेदी यसअघि नेपाल विद्यार्थी सङ्घमा सक्रिय थिए । नेविसङ्घको केन्द्रीय उपाध्यक्ष हुँदै सिधै मूलधारको राजनीतिमा आएका उनी नेपाली कांग्रेसका कान्छा उमेदवारमध्ये एक हुन् । उनी ३९ वर्षका हुन् । काठमाडौंस्थित शिक्षा क्याम्पसको स्ववियु सभापति भइसकेका सुवेदी कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्ष सुवेदीले सार्वजनिक शिक्षाको सुधारका पक्षमा वकालत गर्दै आएका छन् । हिजोका राजनीतिक सहयोद्धा… पुरा पढौ

देवेन्द्र पौडेललाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार डिलबहादुर कार्कीले लिए उम्मेदवारी फिर्ता

आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभाको निर्वाचनमा बागलुङ क्षेत्र नम्वर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका डिलबहादुर कार्कीले अर्का उम्मेदवार देवेन्द्र पौडेललाई समर्थन गर्दै आफ़नो उम्मेदवारी फिर्ता लिएका छन ।  मंगलबार प्रेस विज्ञप्तिमा बागलुङं जिल्ला गलकोट नगरपालिका वडा नम्वर २ स्थायी घर भएका कार्कीले आफु बामपन्थी विद्यार्थी आन्दोलवाट राजनैतिक यात्रा शुरु गरी हाल नेपाली राजनीतिको मूलधार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा आवद्ध रही देश र जनताको पक्षमा आवाज बुलन्द गर्दै आएको बताएका छन ।  कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपाली जनताको… पुरा पढौ

कस्को पल्लाभारी छ त बागलुङ–२ निर्वाचनमा, विगतको यस्तो छ चुनावी गणित

जित हारका शृङ्खलाहरूबाट गुज्रिरहेका दलहरू अर्को चुनावी परीक्षामा सामेल हुन अब २० दिन मात्र बाँकी छ । चुनाव सम्मुखमा आइपुग्दा अनेक चर्चा र अड्कलबाजी हुन थालेका छन् । चुनावी परिणाममा कहिले नेपाली कांग्रेस त कहिले वाम दल हाबी हुने बागलुङमा यसपालि के होला भन्ने सर्वत्र चासो छ । बदलिएको चुनावी समीकरणबीच हिजो एकै मोर्चामा रहेका दलहरू अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन् । हिजो दुई ध्रुवमा बाँडिएका आज एकैठाउँ उभिएका छन् । यो स्थितिमा चुनावी गणितमा पनि फेरबदल आएको छ । वाम… पुरा पढौ

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र एमालेका डा. सूर्य पाठक आमनेसामने : कसलाई कति चुनौती ?

युवा पुस्ताका डा सूर्यप्रसाद पाठकसँग ८० वर्षीय चित्रबहादुर केसी चुनावी मैदानमा छन् । व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला गर्दैन भन्ने मान्यता राख्ने केसीलाई मतदाताले कत्तिको रुचाउने हुन् त्यो त हेर्न बाँकी छ । बागलुङ–१ बाट प्रतिनिधिसभामा छिर्ने दाउसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी र नेकपा (एमाले)का केन्द्रीय सदस्य पाठक मङ्सिर ४ को चुनावमा आमनेसामने हुँदैछन् । जीवनभर निष्ठाको राजनीति गर्दै आएका केसी र युवा जोशले ओतप्रोत पाठकबीचको प्रतिस्पर्धा रोचक हुने कतिपयको ठम्याइँ छ । संसदीय यात्रामा यी दुवै नेता नयाँ भने… पुरा पढौ