निर्वाचन विशेष

प्रत्यक्षतर्फ उम्मेदवारी दिन यी १८ प्रतिबद्धता गर्नुपर्ने

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ताको कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा भाग लिने उम्मेदवारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ बमोजिम स्वःघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ । सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्वःघोषणा प्रत्येक उम्मेदवारले आफ्नो मनोनयन पत्र साथ पेस गर्नुपर्ने भएकोले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा… पुरा पढौ

एमालेको समानुपातिक उम्मेदवारको सूचीमा एकनाथ ढकालदेखि प्रभु ग्रुपका देवी भट्टसम्म (नामावली सहित )

काठमाडौँ । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची सार्वजनिक भएको छ । एमाले स्रोतबाट प्राप्त सूचीमा १०९ जना उमेदवरको नामावली रहेको छ ।  सूची ! १) मेनकाकुमारी पोखरेल २) सरिता भुसाल ३) शोभा ज्ञवाली ४) विजुला रायमाझी ५) निर्मला कोइराला ६) सम्झना थपलिया ७) दीपा शर्मा ८) सुनिता बराल ९) भागरथी कुमारी चन्द १०) लिला कुमारी भण्डारी ११) नर्वदादेवी सिवाकोटी पाठक १२) मेनका पछाई १३) शान्तिदेवी खनाल १४) उमादेवी कोइराला १५) क्रान्ति बुर्लाकोटी १६) बालिकाकुमारी गिरी १७) ओमदेवी मल्ल… पुरा पढौ

माओवादी केन्द्रका ६० भित्र ३ जना महिला समानुपातिक उम्मेदवार बागलुङबाट (सूचीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमध्ये ६० जनाको नाम प्राप्त भएको छ । सो पार्टी स्रोतबाट प्राप्त सूचीमध्ये ६० जनाको नामावली प्राप्त भएको हो । माओवादी केन्द्रले निर्वाचन आयोगमा ११० जना उम्मेदवारको नामावली बुझाएको छ । सूची ! १) दुर्गा राई २) मीना तामाङ ३) उर्मिला माझी पौडेल ४) माया कुमारी बल स्या ५) सोमती गुरुङ ६) पद्मा कुमारी राई ७) छिरिङ ल्यामु लामा तामाङ ८) पार्वती थापा ९) होमकुमारी लिम्बु १०) तारादेवी कुमाल अधिकारी ११)… पुरा पढौ

यस्ता छन् उम्मेदवार बन्न चाहिने योग्याता 

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ भने त्यसका लागि आवश्यक मापदण्ड थाहा पाउनुहोस् । मनोनयन पत्र दर्ता गर्नुअघि उम्मेदवारीको योग्यता र अयोग्यतासम्बन्धी विद्यमान कानुनको व्यवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्नुहोस् ।       निर्वाचन आयोगको निर्वाचनको कार्यक्रमअनुसार यही असोज २३ गते आइतबार उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आयोगले निर्धारण गरेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य… पुरा पढौ

मंसिर ४ मा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अवश्यकता अनुसार सेना परिचान गर्न स्वीकृति दिएकी छिन् । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्याण तथा प्रधानमन्त्रीको पत्रका अधारमा नेपालको संविधान बमोजिम सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी हुन् । पुरा पढौ

माओवादी बलियो नभएसम्म प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का  अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणाली नै गलत रहेको बताउनुभएको छ । आज काठमाण्डौमा अखिल क्रान्तिकारी केन्द्रीय समितिद्वारा आयोजित विद्यार्थी स्वयंसेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । प्रचण्डले भने,युवा विद्यार्थीहरु सडकको हिरो तपाईहरु हो, तपाईहरु अआउँदासम्म देशले गति लिँदैन,सडक तताउने, जनताको टेल, गाउँमा एउटा अभियान चलाउने कार्यक्रम बन्दै छ भन्ने विश्वास छ । संविधानसभाबाट संविधान बनाउँदै गर्दा हाम्रो निर्वाचन प्रक्रियामा देखिएको विकृति र विसंगतीलाई हटाउन एउटा अभियानको रुपमा लिएको बताउदै उनले  जनताको बीचमा यि मान्यताहरुलाई स्थापित गर्न विशेष पहल… पुरा पढौ

आगामी निर्वाचनको लागि बागलुङको क्षेत्र नम्बर २ इपी सेण्टर बन्दै, माओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री पत्नी राणा उम्मेदवारको लागि सिफारिस

आगामी मंसिर ४ गते हुने निर्वाचन बागलुङको क्षेत्र नम्बर २ को लागि उम्मेदवार सिफारिसले छुट्टै रौनक दिएको छ । नेकपा माओवादी केन्द्र बागलुङले प्रतिनिधिसभा निर्वाचनका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ४ जनाको नाम सिफारिस गरेको छ भने नेपाली काँग्रेसले केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको समेत उम्मेदवारी दर्ता भएपछि बागलुङको राजनीतिमा हलचल मच्चिएको हो।सत्ता साझेदार दलहरुबीचको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मै संगै लैजाने निर्णय गरेर केन्द्रमा सिट भागबन्डामा दलहरु व्यस्त छन्। बागलुङ क्षेत्र नम्बर २ बाट… पुरा पढौ

समाजबादी र माओवादीले एउटै घोषणापत्र बनाउने,चुनाव चिह्न आ–आफ्नै हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताएका छन् । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको बताएका छन् ।  नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत समेत गरेका छन् । प्रतिनिधि र प्रदेश दुबै सन्तुलित हुने गरि तालमेल गरिने प्रचण्डले बताए । गठबन्धन दलभित्र कुनै असहमति नभएको भन्दै प्रचण्डले यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिने बताए।  उनले  एमालेसँग तालमेलको अब कुनै सम्भावना नभएकोप्रष्ट पारेका छन् । सत्ता… पुरा पढौ

माओवादी केन्द्रको निर्देशनः भदौ २० गतेभित्र उम्मेदवार सिफारिस गर्नू

नेकपा माओवादी केन्द्रले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २० भदौं भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो ।  बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका हुन् । पोलिटब्युरो सदस्य युवराज चौलागाईंका अनुसार २० भदौभित्र उम्मेदवारको टुंगो लगाउने र जसले टिकट पाए पनि सहयोग गरेर जाने निर्णय भएको छ । यसैगरी, बैठकले केन्द्रीय सदस्यको कार्यविभाजनसमेत गरेको… पुरा पढौ

निर्वाचनमा सहभागी हुन ८४ दल दर्ता,२०७४ को तुलनामा १७ वटा बढे

काठमाडौं, ३१ साउन आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन् । दल दर्ता गर्ने अन्तिम दिन आज साँझ ५ बजेसम्म रहेकोमा ८४ आयोगमा दर्ता भएका हुन् । आयोगका सूचना अधिकारीसमेत रहेका उपसचिव सूर्यप्रसाद शर्माले दल दर्ता हुनेको संख्या ८४ पुगेकोमा तथ्याङ्कमा केहि संख्या तलमाथि पनि हुनसक्ने बताएका छन् ।  निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर  चुनावमा जाने प्रावधान अनुरुप… पुरा पढौ