निर्वाचन विशेष

बागलुङको जैमिनी नगरपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चाका नर बहादुर पुन भारी मतले निर्वाचित

बागलुङको जैमिनी नगरपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चाका नर बहादुर पुन भारी मतले निर्वाचित भएका छन् । पुनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिला रानालाई ५ हजार ८ सय ८२ मतान्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका हुन् । पुनले ८ हजार ७ सय ५५.मत प्राप्त गरेका छन भने रानाले २ हजार ८ सय ७३ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली काँग्रसका हरिहर शर्मा निर्वाचित भएका छन् । उनी ६ हजार ५ सय ३७ मतान्तरले उपप्रमुखमा निर्वाचित भएका हुन् । शर्माले ९ हजार… पुरा पढौ

काठमाडौंमा बालेन साह प्रतिस्पर्धी भन्दा दोब्बर बढी मतले अग्रता कायमै

काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाहले १५ हजार ५ सय ५३ मत प्राप्त गर्दा केशव स्थापितले ६ हजार ७ सय ६ मत प्राप्त गरेका छन ।  नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले पाँच हजार ३८५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ । उपप्रमुख पदमा एमालेका तर्फबाट सुनिता डङ्गोलले ११ हजार ४८५ मतले अग्रस्थानमा रहेकी छन ।  उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले दुई हजार ७८४ मत प्राप्त गरेका छन । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा… पुरा पढौ

भरतपुरमा पहिलो पटक रेनु ३ सयभन्दा धेरै मतले अगाडि

भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) बाट मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाउन थालेकी छिन् । वडा नम्बर ५ को गणना सम्पन्न हुँदासम्म उनले ३७३ मतको अग्रता लिएकी छिन् । पछिल्लो समय २१ हजार ८ सय ६० मत गणना सम्पन्न भैसक्दा रेनुले एमालेका विजय सुवेदीसँग मतान्तर बढाएकी हुन् । रेनुले ७ हजार ४ सय ७१ मत ल्याउँदा सुवेदीले ७ हजार ९८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले ३ हजार ६ सय ३ मत ल्याएका छन् । उपमेयरमा… पुरा पढौ

३३५ स्थानीय तहको परिणामः कुन दल कति स्थानमा विजयी ?

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनको जारी मतगणनाको परिणाम आउने क्रम जारी छ । मंगलबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ३३५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मुलुकभर ७५३ पालिकाका लागि ३५ हजार २२१ पद छन् । वैशाख ३० गते भएको निर्वाचनमा स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थल बाहेकबाट मत परिणाम आउने क्रम जारी रहेको छ । मतगणना भइरहेका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ३६ मा जित हासिल गरी ७१ स्थानमा… पुरा पढौ

१२७ पालिकाको नेतृत्वसहित काँग्रेसको अग्रता, एमालेलाई पछ्याउँदै माओवादी

काठमाडौँ। स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । पछिल्लो नतिजा अनुसार काँग्रेस सबैभन्दा ठुलो दल बन्ने देखिएको छ । काँग्रेसले अहिलेसम्म १२७ स्थानमा विजयी हासिल गरेको छ भने १८० पालिकामा अग्रता कायमै राखेको छ । विभिन्न कारणले स्थगित भएका ५२ पालिकामा मतदान जारी छ । कतिपयमा भोलिसम्म मतदानको समय राखिएको छ । काँग्रेसले १२७ तहमा विजय हासिल गर्दा एमालेले पछ्याइरहेको छ । एमालेले अहिलेसम्म ७६ पालिकाको नेतृत्व लिन सफल भएको छ भने ११८ तहमा अग्रता कायमै… पुरा पढौ

ढोरपाटन नगरपालिकाको प्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली निर्वाचित

ढोरपाटन नगरपालिकाको प्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली निर्वाचित भएका छन । गठबन्धनबाट माओवादी केन्द्रका चन्द्रलाल अर्याललाई ६ सय मतले पराजित गर्दै नेपाली दोस्रो कार्याकालको लागि निर्वाचित भएका हुन् ।नेपाली यस अघि पनि नगरको प्रमुख थिए । उपप्रमुखमा गठबन्धनका तर्फबाट काँग्रेसका धनबहादुर कायत निर्वाचित भएका छन् । नेपालीले ५ हजार ७३५ मत प्राप्त गर्दा अर्यालले ५ हजार १३५मत प्राप्त गरेका छन् । नगरपालिकाको उपमेयरमा पाँच दलीय गठबन्धनका धनबहादुर कायत विजयी भएका छन् । नेपाली काँग्रेसका कायतले ५ हजार ६५० मत प्राप्त… पुरा पढौ

बाग्लुङको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा विजयी

बाग्लुङको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा विजयी भएका छन । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार शर्मा तीन हजार ६०१ मत ल्याएर विजयी भएका हुन। नेकपा एमालेका प्रदीप थापाले दुई हजार २३२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलिप कुमार पुन विजयी भएका छन। उनले तीन हजार ६८२ र एमालेका दुर्गा कार्की थापा क्षेत्रीले एक हजार ९५५ मत प्राप्त गरेका थिए । गाउँपालिकाको वडा नम्बर १ मा गठबन्धनकै तर्फबाट राष्ट्रिय जनमोर्चाका नरसिंह पुन १ हजार… पुरा पढौ

काठमाडौं महानगरपालिकाको मेयरमा बालेनको ४२ सय बढि मतले अग्रता

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ९ हजार १ सय ८६ मत पाएका छन् । नेकपा एमालेका केशव स्थापितले ४ हजार ९ सय ४८ मत पाएका छन् । बालेन शाहले काठमाडौंमा लगातार अग्रता बनाइरहेका छन् । मत गणना सुरु भएदेखि अग्रता लिएका उनले पछिल्लो पटक मतान्तर पनि बढाउँदै लगेका छन् ।  पुरा पढौ

गलकोट नगरपालिकामा प्रमुखमा भरत गैरे, उप प्रमुखमा फमलाल निउरे सहितको गठबन्धन विजयी

गलकोट नगरपालिकाको नगर प्रमुखमा ५ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता भरत शर्मा गैरेले ५ हजार ४ सय १४ मत सहित पुन नगर प्रमुख पदमा निर्वाचित भएका छन।  गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको नगर प्रमुखको प्रतिस्प्रर्धामा रहेका गैरे निर्वाचित हुदा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पूर्ण बहादुर काउचाले ३ हजार ५ सय १९ मत प्राप्त गरेका थिए ।  त्यस्तै गलकोट नगरपालिकाको उपप्रमुखमा ५ दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार तथा नेकपा माओबादी केन्द्रका… पुरा पढौ

काठमाडौंमा बालेनको दोब्बर मतसहित अग्रता कायमै

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मतगणना अनुसार शाहले ४ हजार २ सय ५९ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले २ हजार २ सय ३७ मत ल्याएर पछ्याइरहेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार १८ मत पाएकी छिन् । पुरा पढौ