निर्वाचन विशेष

निसीखोला गाउपालिकामा दोब्बर मतले एमाले भन्दा गठबन्धन अगाडि

निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार सुर्यबहादुर घर्तिले एमालेका तर्फबाट अध्यक्ष पदका उमेद्वार भूमिराज घर्तिलाई करिव दोब्बर मतले पछि पारेका छन् । नेपाली काँग्रेसका तर्फबाट गठबन्धनबाट गाउँपालिका अध्यक्ष पदमा उमेदवार रहेका घर्तीले अहिलेसम्म १३३५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार भूमिराज घर्तिले ६५७ मत ल्याएका छन् । पुरा पढौ

ढोरपाटन नगरपालिकामा ६६ मतान्तरले एमालेको अग्रता

ढोरपाटन नगरपालिकाको हालसम्मको मतपरिणाम अनुसार एमालेको अग्रता देखिएको छ । गए रातिबाट सुरु भएको मतगणना अनुसार नेकपा एमालेले अग्रता कायम गरेको छ । नगरको वडा नं. ९ बाट सुरुभएको गणनामा अनुसार नगर प्रमुखमा नेकपा एमालेका देवकुमार नेपालीले ३७९ मत ल्याएका छन भने, पाँच दलीय गठबन्धनका चन्द्रलाल अर्यालले ३१३ मत प्राप्त गरेका छन । अहिलेसम्म कुल ९०० मत गणना भएको छ । यस वडामा १०६५ मत खसेको थियो ।यस्तै उपप्रमुखमा भने गठबन्धनका उम्मेदवार धनबहादुर कायतले ३७१ मत ल्याएर अग्रता कायम गरेका… पुरा पढौ

काठमाडौँ महानगरपालिका अपडेट: बालेन र स्थापित बिच ८०५ को अन्तर

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले धेरै अग्रता कायम राखेका छन्। हालसम्मका भएको मत गणना अनुसार बालेनले १८९६ मत प्राप्त गरेका छन्। यस्तै एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म १०९७ मत प्राप्त गरेका छन्। बालेन र स्थापित बिच अहिले ८०५ मत अन्तर रहेको छ। यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९४९ मत प्राप्त गरेकी छन्। उनी र स्थापित बिच मात्र १४२ मत अन्तर रहेको छ। पुरा पढौ

हल्दीबारीको अध्यक्षमा एमालेका गिरीभन्दा राप्रपाका लिङ्देन ५१७ मतले अगाडि

झापा- झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाले अग्रता लिएको छ। अहिलेसम्म २ हजार ७ सय ५६ मतगणना हुँदा राप्रपाका रविन्द्रप्रसाद लिङ्देनले १३७२ मत ल्याउँदै अग्रता लिएका छन्। नेकपा एमालेका डम्बर बहादुर गिरीले ८५५, नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले २३० र नेकपा माओवादी केन्द्रका भवानीप्रसाद दंगालले ८० मत ल्याएका छन्। यसैगरी, उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मी मैनालीले १०९६ मत पाएकी छन्। एमालेकी शान्तादेवी गौतमले ८३५, राप्रपाकी लक्ष्मी देवी मैनालीले १०९६ र माओवादीकी टिकादेवी राउतले १२५ मत ल्याएका छन्। पुरा पढौ

रेनु दाहाल ९८ मतान्तरले अगाडि

काठमाडाैँ- चितवनकाे भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार बनेकी रेनु दाहाल ९८ मतान्तरले अगाडि छन्। २ हजार ९६८ मतगणना हुँदा दाहालले १ हजार १०५ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १ हजार ७ मत पाएका छन्। सुवेदीलाई राप्रपाकाे पनि साथ छ। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन्। उपमेयरमा भने कांग्रेस अगाडि छ। कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याएका छन्। पुरा पढौ

काठमाडौँ महानगरपालिका अपडेट: बालेन शाहले मतान्तर बढाए, स्थापितभन्दा ३५७ मतले अगाडि

काठमाडौँ महानगरको पछिल्लो मत परिणामअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १२२८ मतसाथ अग्रता कायम राखेका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८७१ मतसाथ पछ्याइरहेका छन्। गठबन्धनकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ६९९ मत प्राप्त गरेकी छन्। पछिल्लो समय बालेन शाहले मतान्तर फराकिलो पार्दै लगेका छन्। उनले स्थापितलाई ३५७ मतले पछि पारेका छन्। काठमाडौँका १, २, ३, ४ र ३२ वडाका मतगणनाका क्रममा शाहले अग्रता कायम राखेका हुन्। स्वतन्त्र उम्मेदवार बालेनले काठमाडौं महानगरपालिकामा सुरुवातदेखि नै अग्रता लिइरहेका छन् । पुरा पढौ

भरतपुर महानगरपालिका अपडेट: ८४ मतान्तरले रेनु दाहाल विजयी सुवेदी भन्दा अघि

भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन् । १२५० मत गन्दा रेनुले ४८३ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले ४ सय २ मत प्राप्त गरेका छन् ।नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ सय ५७ मत ल्याउँदै तेस्रो भएका छन् । त्यस्तै, उपमेयर पदमा पनि गठबन्धनले अग्रता कायम गरेको छ । नेपाली कांग्रेसका तर्फबाट उपमेयर पदका उम्मेदवार चित्रसेन अधिकारीले ५ सय ३६ मत ल्याएका छन् । त्यस्तै, राप्रपाका तर्फबाट उपमेयर पदकी उम्मेदवार हिमला… पुरा पढौ

काठमाडौं महानगरपालिका अपडेट: ११९ मतान्तरसहित बालेनको अग्रता कायमै

काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । पछिल्लो परिणामअनुसार मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । काठमाडौं महानगरपालिकामा मतगणना जारी रहँदा उनले ८ सय ४२ मत सहित अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले विजय सुवेदीले ७ सय २३ मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ सय ९ मत ल्याएकी छिन् । पुरा पढौ

भरतपुर महानगर अपडेट: ६ मत अन्तर ले अघि लागिन रेनु दाहाल

भरतपुर महनागरमा गठबन्धनका तर्फबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन्। ३५० मत गन्दा दाहालले १३३ मत पाएकी छन् भने यसअघि अग्रता लिइरहेका एमालेका विजय सुवेदी ६ मतले पछि परेर १२७ मत ल्याएका छन्। बागी उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत पाएका छन्। जारी गणनामा अहिलेसम्म ८ प्रतिशत मत बदर भएको छ। भरतपुर महानगरको २९ वडा बाट  १ लाख २७ हजार ५६५ मत खसेको छ। वडा न १ जम्मा मतदाता ५ हजार ७४ छ। जसमा ३२ सय ७६ मत… पुरा पढौ

गठबन्धनलाई परास्त गर्दै गलकोट नगरपालिका ११ मा एमालेका डम्मर श्रीस विजयी

गलकोट नगरपालिकाको वडा नं. ११ रिघामा पाँच दलीय गठबन्धनका उमेदवारलाई हराउँदै नेकपा एमालेका उमेद्वार डम्मर श्रीस विजयी भएका छन् । गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष पदका उमेदवार दिलबहादुर बुढाथोकीलाई २६४ मतान्तरको फरकमा पराजित गर्नुभएको छ । श्रीसले ९ सय ७३ मत ल्याउँदा गठबन्धनका बुढाथोकीले ७ सय ९ मत ल्याउनुभएको थियो । पुरा पढौ