काठमाडौँ महानगरपालिका अपडेट: बालेन शाहले मतान्तर बढाए, स्थापितभन्दा ३५७ मतले अगाडि

-


     जनहित न्युज    
     जेठ १ गते २०७९


काठमाडौँ महानगरको पछिल्लो मत परिणामअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १२२८ मतसाथ अग्रता कायम राखेका छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८७१ मतसाथ पछ्याइरहेका छन्।

गठबन्धनकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ६९९ मत प्राप्त गरेकी छन्।

पछिल्लो समय बालेन शाहले मतान्तर फराकिलो पार्दै लगेका छन्। उनले स्थापितलाई ३५७ मतले पछि पारेका छन्।

काठमाडौँका १, २, ३, ४ र ३२ वडाका मतगणनाका क्रममा शाहले अग्रता कायम राखेका हुन्।

स्वतन्त्र उम्मेदवार बालेनले काठमाडौं महानगरपालिकामा सुरुवातदेखि नै अग्रता लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?