उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको मतदानमा यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत ९ दलीय गठबन्धनमा सहमति नजुटेपछि गठबन्धनबाटै यादव र जनमत पार्टीकी ममता झा गरेर दुइजना उम्मेदवार रहेका थिए । उता प्रतिपक्षी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्थ्यो । यादवलाई कांग्रेस,माओवादी,समाजवादी,जसपा लगायतका दलको समर्थन रहेको थियो । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको…
पुरा पढौ