एनआरएनए जापान निर्वाचन: कोषाध्यक्ष पदका प्रत्यासी रामबहादुर खड्काले अर्का प्रत्यासी कर्साङ् तामाङलाई सहयोग गर्ने गरि उम्मेदवारी फिर्ता

-


     जनहित न्युज    
     श्रावण १० गते २०८०


सहमती, सहकार्य,मेलमिलाप र भाईचारासम्बन्ध स्थापित गर्दै एनआरएनए जापानमा सहमतीय प्रणालीमार्फत नेतृत्व चयनका लागि भन्दै कोषाध्यक्ष पदका प्रत्यासी रामबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएका छन ।
एनआरएनए जापानको आगामी कार्यकालका लागि उक्त पदमा उम्मेदवारी दर्ता गराएका खड्का खड्काले अर्का प्रत्यासी कर्साङ् तामाङलाई सहयोग गर्ने गरि उम्मेदवारी फिर्ता लिएको सामाजिक सन्जालमार्फत जनाएका हुन ।
“एनसीसी जापानको २३/२५मा कोषाध्यक्ष पदको उम्मेदवार, सम्पूर्ण अग्रज र मित्रहरूको सुझाब तथा सरसल्लाहबाट सहमती र सहकार्यको मार्गमा जाने निर्णयका साथ यो मात्र अन्तिम पटक नभएको महसूश गरी मेरो पूर्ण साथ र समर्थन एनआरएनए अभियन्ता मेरो प्रतिस्पर्धी कर्साङ तामाङलाई रहने जानकारी गराउदछु।” सामाजिक संजालमा आफ्नो उम्मेदवारी फिर्ता लिदै उल्लेख गरेका छन-मेरा अर्का प्रतिस्पर्धी तथा परम मित्र श्री दिपक सुनार जीलाई पनि मार्ग परस्तस्त गरीदिनुहुन हार्दिक अनुरोध गर्दछु।
उम्मेदवारी फिर्ता लिएपनि आफू यहि अभियानमा सदैब रहिरहने पनि जनाएका छन ।
एनआरएनए जापानको कोषाध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको र खड्काले उम्मेदवारी लिएसंगै अब चुनावी मैदानमा प्रत्यासी कर्साङ तामाङ , दिपक सुनार र राकेश रुम्बा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?