एनआरएनए जापानको ‘चार्मिङ’ मानिने महासचिवमा श्याम शीतल र टिकाराम खरेलको टक्कर, कसले मार्ला बाजी ?  

-


     जनहित न्युज    
     श्रावण १२ गते २०८०


संस्था संचालनको लागि कार्यकारी भूमिकामा रहन पाउने जनसम्पर्क बढ़ी रहने र संगठनात्मक कार्यमा प्रत्यक्ष प्रभाव पार्न सकिने महासचिवको पदमा एनआरएनए जापानमा विगतको कार्यकालमा सचिवको ज़िम्मेवारी सम्हालेका टिकाराम खरेल र मौजुदा कार्यसमितिका सचिव रहेका श्यामकुमार श्रेष्ठ श्याम शितलको टक्कर पर्ने भएको छ ।
आइतबार अर्थात् जुलाई ३० तारिक हुने एनआरएनए जापानको आगामी कार्यकालको निर्वाचनका लागि ३ जनाको उम्मेदवारी दर्ता भएपनि कमल बास्तोलाले उम्मेदवारी फिर्ता लिएसंगै खरेल र श्रेष्ठको चुनावी भिडन्त हुने निश्चित भएको हो ।
इमान्दारिता,आर्थिक पारदर्शिता र लगनशीलता, सक्षम,सबल र साझा एनआरएनए मेरो प्रतिबद्दता भन्ने मान्यता राखेर खरेलले आफ़नो दाबी प्रस्तुत गरिरहदा श्रेष्ठ एनआरएनए जापानलाई सबैको साझा बनाउने एजेण्डालाई प्राथमिकता दिएर चुनावी दौडाहामा रहेका छन ।
जापानमा रहेका गैरआवासीय नेपालीहरुको समस्या समाधान र भैपरी आउने आपतकालिन अवस्थाको लागि सहयोग गर्न एक आपतकालीन राहातकोषको निमार्ण गरि त्यसलाई चौविसै घण्टा सक्रिय र निरन्तरताको लागि पहल गर्ने प्रतिबद्धता खरेलले व्यक्त गरेका छन ।
त्यस्तै श्रेष्ठले संघको सुधारका लागि आफूले अभियान चालेको र त्यो अभियानलाई निरन्तरता दिनका लागि उम्मेदवारी दिने घोषणा गरेको बताउछन ।
“अहिले NRNA जापान भित्र चिरा परेका मनहरुलाई मिलाउन कै लागि भए पनि मैले संस्थामा आबद्द भै संस्थालाई सबैको अपनत्व हुने महसुस गराउनु पर्ने बिचार संगै आगामी २०२३-२०२५ कार्यकालको लागी महासचिब पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेको छु ।” सामाजिक संजालमा उम्मेदवारी घोषणा महासचिब पदका प्रत्यासी श्यामकुमार श्रेष्ठ’ श्याम शितल’ ले भनेका छन- ‘संस्था आँफैमा गलत पक्कै होईन संस्था भित्र भएका केहि गलत ब्यक्तिहरुले नै संस्थालाई गलत बताएका हुन भन्ने महसुश भएको छ ।’
अर्का प्रतिस्पर्धी खरेलले संस्थाको बिधि, बिधान र जापानको कानुनमा टेकेर यहा रहेका हरेक नेपालीहरुले बिश्वास र भरोसा गर्न सक्ने संस्था बनाउन आफू लागि पर्ने बताएका छन ।

‘एनआरएनए जापानलाई सबैले भरोसा गर्न योग्य र जापानबासी नेपालीको अभिभावकीय संस्थाको रुपमा बिकास गर्न आफ्नो क्षमता प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दछु ।’महासचिवमा आफ्नो दाबी प्रस्तुत गरेका बिगतको कार्यकालका सचिव समेत रहेका खरेलले भने-“नेपाली-नेपाली बीचको एकता र सद्भावनालाई अझै बढि प्रगाढ बनाउन पहल गर्दै जापानमा रहेका संघ-संस्थासंग सुमधुर सम्वन्ध कायम राख्न सकृय रहने छु ।”
संघको सुधारका लागि चालिएको अभियानलाई निरन्तरता दिनका लागि उम्मेदवारी दिने घोषणा गरेकोले आफूलाई जापानबासी एनआरएनएका पञ्जीकृत सदस्यले मतदान गर्नेमा श्याम शीतल विश्वस्त रहेको बताउछन ।
जातीय भेगीय राजनीतिक धार भन्दामाथि दुखमा पनि सुखमा पनि एनआरएनए मेरो साथी भन्ने मान्यता राखेका श्याम शीतल धादिङका हुन भने एनआरएनए जापानको आधुनिकीकरण र समय सापेक्ष विधानमा परिमार्जन गरिन मेरो उम्मेदवारीको पहिलो कारण भन्ने मान्यताका चुनावमा होमिएका खरेल गुल्मीका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?