विचार

अबको नेतृत्व कस्तो र कसको हुने ?

देशले आगामी निर्वाचनमा कस्तो र कस्को नेतृत्व पाउँछ भन्ने कुराको फैसला भर्खरै भएका बिभिन्न पार्टीका महाधिबेशन र त्यसबाट आएको नयाँ नेतृत्वले पुष्टी गर्दछ ।एमालेको सरकार भएमा के पी ओली,काँग्रेसको सरकार भएमा शेर बहादुर देउवा , माओबादी केन्द्रको सरकार भएमा पुष्पकमल दाहाल प्रचण्ड , राप्रपाको सरकार भएमा राजेन्द्र लिङ्देन हुनेछन् ।यसले के देखाउँछ भने नेपाली जनताले आशा गरेको सम्बृद्धि यी कुनैबाट पनि सम्भब छैन । किनकी यी सबै लिङ्देन बाहेक सबै “टेस्टेड” नेताहरू हुन् ।” टेस्टेड”नभए पनि लिङ्देन “ले पनि फेलियर… पुरा पढौ

जापानको सानुकी मान्नोउ पार्क र २०२२

जापान चार ठूला टापुहरू मिलेर बनेको टापुटापुको देश हो ,जुन टापुहरू चारैतिरबाट समुद्रमा तैरिईरहेका छन् । ती चार टापुहरू मध्य शिकोकु सबैभन्दा सानो टापु हो जसमा ४वटा प्रिफेक्चर अबस्थित छन् । ती चार मध्य एक हो कागावा प्रिफेक्चर ।कागावा प्रिफेक्चरको सानुकी सिटीमा अबस्थित सानुकी मान्नोउ ईलुमिनेसन पार्क एक अनौठो प्रकारको पार्क रहेछ ।नयाँ बर्ष २०२२ ले यो सँग भेट्ने मौका जुराईदियो ।३०००बर्ग मिटर क्षेत्रफलमा करिव ६००००० बल्व जडिट र ५००० भरेको पानी सहितको सेम्पेन ग्लास जडित पार्कको रात्रि कालिन दृश्य… पुरा पढौ

२०५३ साल पौष १९ भन्दा अघिका केहि दृश्य स्मरण

उमेरले म सानो थिए, देशमा चलेको व्याप्त अन्तर्विरोध,असमानता,विभेदको निर्मुल अन्त्यका लागि ग्रामिण वस्तिहरुबाट विद्रोहको तयारी भैरहेको थियो।घरगांउ वरपर नियमित रुपमा रातको समयमा तत्कालिन विद्रोही नेता कार्यकर्ताको बाक्लो उपस्थिति र गतिविधिहरु हुन्थ्यो भने दिउसोको समय लमा तत्कालिन शाही सेना, प्रहरीको निगरानीको केन्द्रविन्दु थियो हाम्रो गाउ घर।विद्रोही पक्ष र सरकारी दमनकारी पक्षको एउटै भुगोलमा राती र दिउंसोको यस्ता गतिविधिले अनौंठो संकेत गरिरहेको थियो।यस्ता अनौठा र त्रासदीपूर्ण गतिविधि भै राखे पनि रातीको समयमा हाम्रो घरगांउमा तत्कालिन शाहिसेना प्रहरीले छिर्ने आंट गर्दैनथ्यो। किनकी हाम्रो… पुरा पढौ

हेलिकोप्टरबाट नदेखिने छाउगोठका दर्दनाक कहानी

एक जना वृद्धाले सुदूरपश्चिममा भनेकी थिइन्, ‘मलाई त छाउ हुने बेला आएपछि पिर पर्न थाल्थ्यो। वर्षातको बेलामा त कुन गोठ चुहिँदैन भनेर खोज्नु पर्थ्यो। गाउँका धेरै महिला एकै चोटी छाउ हुँदा त गोठमा पनि बस्न गाह्रो हुन्थ्यो। चुहिने गोठमा बस्दा बस्दा घरका मानिससँग छाता माग्दा, ‘तिमी छाउपडीलाई छाता चाहिने’? भनेर हप्काउँथे। जाडो र वर्षामा धोएको लुगा नसुकेर घरका मानिसँग सुकेको लुगा माग्दा ‘तिमी छाउपडीलाई किन सुकेको लुगा चाहियो?’ भन्थे। धेरै जना महिला एकै ठाउँमा बस्दा खुट्टा तन्काउने ठाउँ पनि हुँदैनथ्यो।… पुरा पढौ

जापानी भूमिको त्यो दु:खदायी मृत्यु

विस्मा रत्ननायकेले आफू बच्चा हुँदा नै टेलिभिजन ड्रामाको एउटा पात्र ओसिनबाट प्रभावित भएकी थिइन् । जो गरिबीबाट हुर्किएकी एउटी केटी सुपर मार्केट चेनको प्रमुख भएकी थिइन् । नायिका बन्ने उनको चाहना र इच्छालाई बाबुले पनि साथ दिईरहे । यही साथले कोलम्बोभन्दा उत्तर पश्चिमको सानो गाउँ गाम्पालबाट जापान जाने रहरका साथ उनले जापानी भाषा सिकेकी हुन् । जब उनका बाबुको निधन भयो, आमालाई कुनै दु:ख नहुने र अङ्ग्रेजी भाषा सिकेर पैसा कमाएर पाल्न सक्ने कुरामा विश्वस्त तुल्याएकी थिइन् । २०१७ मा… पुरा पढौ

कांग्रेस महाधिवेशनका सम्भावना र चुनौती

लामो रस्साकस्सीबीच नेपाली कांग्रेसले चौधौँ महाधिवेशन सम्पन्न गर्दैछ । नेपालका मुख्य तीन ठूला दलले झण्डै एउटै समयमा महाधिवेशन गरेजस्तो देखिए पनि नेपाली कांग्रेसको महाधिवेशन अन्य दलको भन्दा चर्चामा छ । दलहरुको सांगठनिक संरचनामा सबैभन्दा तल्लो तह मानिने वडा अधिवेशन नै कांग्रेसको सन्दर्भमा अन्य दलको महाधिवेशन सरह हुन पुग्यो । नेकपा एमाले र माओवादीले एकै दिनमा सकेको वडा तहको निर्वाचन कांग्रेसले तीन महिनामा पनि सल्टाउन सकेको छैन । ठूलो र पुरानो दल कांग्रेसमा सहमति खोज्नेभन्दा बढी आफ्नालाई सदस्यता दिलाउनेमै होडबाजी देखिएपछि… पुरा पढौ

नेकपा एमालेको पुनरोदयका लागि दशौँ महाधिवेशनका समस्त प्रतिनिधि समक्ष मेरो अपील

नेकपा एमालेका लाखौँ सदस्यले विभाजनको पीडा र गुटबन्दीको नशाबाट हाम्रो पार्टी ब्युँझन्छ र धुलो टक्टक्याउँदै फेरि उठ्छ, विचार तथा सिद्धान्तको आधारमा अझ बढि एकताबद्ध भएर फेरि उठ्छ भन्ने भरोसाकासाथ दशौँ राष्ट्रिय महाधिवेशनतर्फ हेरिरहेका छन् । यसका समर्थक र शुभचिन्तकहरुले मुलुकको नेतृत्व गर्न सक्ने पार्टीको रुपमा नेकपा एमालेको पुनरोदयको विश्वास गरेका छन् । आफैले गरेका बाचा पूरा नगरेर मुलुकको भविष्यप्रति संवेदनहीन हुँदै गएको भनेर हामीलाई दुत्कार्ने बौद्धिकहरुको ठूलो सङ्ख्या पनि आलोचनात्मक आग्रहका साथ हामीसँग आशावादी छ । अन्य पार्टीमा रहेर पनि… पुरा पढौ

हामी, जापान र जापानबारे

विषय प्रबेश :कुनै पनि देशमा जति धेरै मान्छेको बसाई संख्या बढ्दछ त्यति नै धेरै आनीबानीहरू भित्रिन्छन् र विविधता पनि भित्रिन्छ र हुन्छ पनि । आप्रबासमा रहने हरेक देशका नागरिकहरूले आ आफ्नो देश ,समाज र पारिवारिक स्वभावहरू पनि सँगसँगै लिएर आएका हुन्छन् ।उनीहरूका बानी, ब्यबहार ,रहन सहन र परम्पराले पक्कै पनि अहिले बस्ने देश र त्यो समाजमा केहि नौलोपना अवश्य नै दिन्छ ।त्यो नौलोपनामा नै मान्छेको नजर जान्छ । कति उदाहरणीय र अपनाउन लायक हुन्छन् भने कति दिक्क लाग्ने र बहिस्कार… पुरा पढौ

तिहार, परदेश र म !

खेतभरि झुलेको लहलह धान आँगनमा ढकमक्क फुलेको सयपत्री र मखमली फूल, खेत र बारीका डिलडिलमा भएका अम्बा पाकेर सुनजस्तै झल्कने आहा वारी पारी , तल माथि जता हेरे पनि झिलीमिली, साना देखि ठुला भैली अझै ती भैलीले दिने आशिर्वाद र मीठा टुक्का, कतै चामल पिस्नको चटारो, कतै झिनुवा रोटी बनाउनको चटारो,कतै टपरीका पात टिप्न नसक्दाको पिर, कतै टपरी खुट्न नजान्नुको पिडा ,कतै ओखरबाट घाजी बनाउनुको हतारो ,कोहि उपहार किन्न जानको हतारो यसैले गर्दा त होला तिहार पर्वलाई झिलीमिली बत्तीको पर्व… पुरा पढौ

जापानको जीवनशैली,व्यवहार र हामीले सिक्नुपर्ने कुराहरु

शिष्टाचार: शिष्टाचार,जापानी संस्कृतिको एक महत्त्वपूर्ण अंश हो, भेटघाट गर्दा , बिदा  लिँदा,छुट्टिदा , अनि  केहि कुरा सोध्न पर्दा जापानीहरु  नम्र भएर  एक आपसमा शिष्टाचार आदानप्रदान गर्ने गर्छन। जापानीहरूले हातमिलाउने वा हल्लाउने प्रकृतिको शिष्टाचार बिरलै गर्न गरेको पाइन्छ । जापानीज समाज आपसी शिष्टाचारको बिषयमा अति संबेदनशील हुने गर्छन् । उनीहरु एकअर्काप्रति  शिष्टाचार पूर्ण ब्यबहारको अपेक्षा गर्ने गर्दछन् । जापानीज समाजमा शिर झुकाएर एक आपसमा अभिबादन गर्नु जापानिज समाजको सम्मानको परम्परा हो । जब उनीहरु कसैलाई  शिष्टाचारपूर्ण अभिवादन गर्दै  माफी  माग्छन् भने … पुरा पढौ