हाम्रो देश नेपालकै नक्शासँग मिल्दो जुल्दो नक्शा भएको जिल्ला बागलुङको दक्षिण–पश्चिम भूभागमा अवस्थित एउटा सुन्दर नगरपालिका छ।जसको नाम हो गलकोट नगरपालिका ।१९४.३९ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा ब्राह्मण, क्षेत्री, ठकुरी, मगर,नेवार अल्पसंख्यकहरु, दलितहरु र मुस्लिम जस्ता विभिन्न जात, जाति एवं फरक फरक भाषा, धर्म र संस्कृति भएका मानिसहरूको बसोबास रहदै आएको छन्।१० हजार ३९३ फिटको उचाइमा रहेको घुम्टे चुचुरोको फेदमा अवस्थित साविकका,मल्म,पाण्डवखानी,हरिचौर,काडेबास,रिघा,हटिया ,नरेठाँटी र दुदिलाभाटी गरि ८ वटा गाउ विकास समितिहरु मिलाएर ११ वटा वडाहरुले गल्कोट नगरपालिका बनेको…
पुरा पढौ