कला / साहित्य

जापानमा नेपाली कलाकारको ऐतिहासिक सफलता: राम प्रसाद आचार्यको जोडीलाई ‘ओ–वान ग्राण्ड प्रिक्स’ को उपाधि र १० लाख येन पुरस्कार

ओकिनवा, जापान । जापानको ओकिनवामा स्थापित नेपाली हास्य कलाकार राम प्रसाद आचार्यले प्रतिष्ठित जापानी हास्य प्रतियोगिता ‘ओ–वान ग्राण्ड प्रिक्स २०२६’ (O-1 Grand Prix 2026) को उपाधि जितेका छन्। जापानको ओकिनवा टेलिभिजन (OTV) बाट नयाँ वर्षको अवसरमा प्रत्यक्ष प्रसारण भएको यस प्रतियोगितामा आचार्यको जोडी ‘मे–बा–कारी’ (めーばーカリ) ले प्रथम स्थान हासिल गरेको हो। दोस्रो पटक उपाधि र १० लाख येन पुरस्कार ओकिनवा क्षेत्रकै सर्वाधिक लोकप्रिय मानिने यस रियालिटी शोमा आचार्यले उपाधि जितेको यो दोस्रो पटक हो। उपाधिसँगै उनको जोडीले १० लाख जापानी येन… पुरा पढौ

एनआरएनए चिबाद्वारा निबन्ध लेखन प्रतियोगिता घोषणा: प्रथम पुरस्कार ७० हजार येन

टोकियो, जापान । गैरआवासीय नेपाली संघ (NRNA) जापान, चिबा क्षेत्रीय समितिले जापानमा रहेका नेपाली समुदायको सिर्जनात्मक क्षमतालाई उजागर गर्ने उद्देश्यले 'दोस्रो निबन्ध लेखन प्रतियोगिता २०२६' को घोषणा गरेको छ। नेपाली भाषा, साहित्यको प्रवर्द्धन र जापानको समसामयिक वस्तुस्थितिबारे वैचारिक मन्थन गर्ने लक्ष्यका साथ यो प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको शीर्षक र उद्देश्य यस वर्षको प्रतियोगिताका लागि “जापानको मोहः संघर्षको पहाड कि, सुनौलो भविष्य ?” शीर्षक तय गरिएको छ। कार्यक्रम संयोजक तथा एनआरएनए चिबाका उपसंयोजक मोहन कार्कीका अनुसार, यस विषयले जापानमा रहेका नेपालीहरूको भोगाइ, चुनौती… पुरा पढौ

‘बेहोसपछि होसमा आउँदा’ देखि ‘शिरमा शिरबन्दी’ सम्म: जापानमा नयाँ वर्ष तताउन शिव परियार र समीक्षा अधिकारी ओसाका आइपुगे

जापानमा रहेका नेपालीहरूले नयाँ वर्ष २०२६ को स्वागतसङ्गै चर्चित गीत 'बेहोसपछि होसमा आउँदा क्या दामी भो' र 'शिरमा शिरबन्दी' को तालमा रम्न पाउने भएका छन्। कुनै समय नेपाली संगीत आकाशमा एकछत्र राज गर्न सफल ‘बेहोसपछि होसमा आउँदा क्या दामी भो’ गीतमा डिसेम्बर ३१ देखि जनवरी २ तारिखसम्म जापानका विभिन्न शहरहरूमा प्रत्यक्ष सुन्न र यसैसँग रम्न पाइने भएको हो । त्यो मात्र हैन ' पछिल्लो समयको चर्चित गीत 'शिरमा शिरबन्दी’ पिउँदिन भन्दाभन्दै पिलायो साथीले, सुर्ती माड्दै माड्दै गीतमा पनि कम्मर मर्काई… पुरा पढौ

नयाँ वर्ष र अनेसास दिवसको अवसरमा ‘टोकियो कविता कन्सर्ट-३’ आयोजना हुँदै, जापानका ५ चर्चित कवि एकै मञ्चमा

टोकियो, जापान नयाँ वर्ष २०२६ तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दिवसको अवसर पारेर अनेसास जापान च्याप्टरले विशेष साहित्यिक कार्यक्रम 'टोकियो कविता कन्सर्ट–३' आयोजना गर्ने भएको छ। अनेसास जापानको नियमित साहित्य शृङ्खलाको ७९औँ अङ्कको रूपमा आयोजना हुन लागेको यो कार्यक्रम आगामी ११ जनवरी २०२६(आइतबार) का दिन टोकियोको ओकुबो स्टेसन नजिकै रहेको नेवा डाइनिङ (Newa Dining Kathmandu Lunch and Bar) मा सम्पन्न हुनेछ। पाँच कवि, एउटै मञ्च जापानलाई कर्मथलो बनाएर नेपाली साहित्य र कविता लेखनमा सक्रिय रहेका पाँच जना विशिष्ट कविहरूले यस पटकको कन्सर्टमा आफ्ना उत्कृष्ट… पुरा पढौ

जापानको टोकियोमा ‘दोस्रो म्याग्दी मोना इताबासी नेपाल फेस्टिभल–२०२६’ भव्यताका साथ आयोजना हुँदै

[टोकियो, जापान] जापानको टोकियोस्थित इताबासी क्षेत्रमा नेपाली कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले 'दोस्रो म्याग्दी मोना इताबासी नेपाल फेस्टिभल'आयोजना हुने भएको छ। 'नेपालको बजारले संस्कृतिमा मिसाऔ' (जापानीमा: Nepal no Bazaar de Bunka ga Mazaru) भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो महोत्सव आगामी सन् २०२६ को अप्रिल ११ र १२ तारिख (शनिबार र आइतबार) हुने तय भएको छ। इताबासी मोना नेपाल कल्चरल एक्सचेन्ज एसोसिएसन (MONA JAPAN) को मुख्य आयोजनामा हुन लागेको यस फेस्टिभलले नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको… पुरा पढौ

जापानका ६ सांस्कृतिक सम्पदा युनेस्कोको ‘ सांस्कृतिक सम्पदा’ सूचीमा थपिए: ४०० वर्ष पुरानो ओत्सु फेस्टिभल पनि समावेश

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (UNESCO) ले जापानका ६ वटा परम्परागत सांस्कृतिक सम्पदालाई आफ्नो 'अमूर्त सांस्कृतिक सम्पदा' (Intangible Cultural Heritage) को सूचीमा थप गरेको छ। डिसेम्बर ११ मा बसेको युनेस्कोको अन्तरसरकारी समितिको बैठकले जापानका विभिन्न चाडपर्व (फेस्टिभल) र परम्परागत शिल्पकलालाई यस प्रतिष्ठित सूचीमा समावेश गर्ने निर्णय गरेको हो। कुन-कुन सम्पदा थपिए? युनेस्कोले जापानका विद्यमान तीनवटा श्रेणीमा नयाँ सम्पदाहरू थप गरेको छ: १. 'यामा, होको र याताई' फ्लोट फेस्टिभल श्रेणीमा: इबाराकी प्रिफेक्चरको किता-इबाराकीमा आयोजना हुने ओफुने फेस्टिभल (Ofune Festival)। निगाता प्रिफेक्चरको मुराकामी फेस्टिभल (Murakami… पुरा पढौ

अनेसासले मनायो  तेश्रो हजुरबा -हजुरआमा दिवस

काठमाडौँ – अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले शनिबार (६ डिसेम्बर) भर्चुअल माध्यममार्फत चौथो हजुरबा–हजुरआमा दिवस’ एवं  बाल साहित्य सिर्जना उत्सव र रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ। विश्वभरका स्रष्टा, शिक्षक, बालबालिका र समीक्षकहरुको सहभागिता रहेको उक्त  कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणका विषयमा गम्भीर छलफल तथा विविध प्रस्तुति गरियो। कार्यक्रममा विभिन्न देशमा रहेका बालबालिकाले आफ्ना सिर्जना वाचन गरे। म्यूनिक बाटसमीप पंज्ञानीले आमा कविता,बर्माबाट राधा खनाल, युकेबाट समृद्धि पोखरेल, स्पेनबाट कुसल राज पौडेलले कविता वाचन गरे भने पोर्चुगलकी गोमा रेग्मीले बालगीत सुनाइन्। यसैगरी… पुरा पढौ

नेपथ्य व्याण्डको लाईभ कन्सर्ट जापानमा, ‘अर्लिवर्ड टिकट खुल्ला गरेको १० मिनेटमा नै सोल्ड आउट’

नेपाली गीत संगीत मन पराउने हरुको बहु प्रतिक्षित नेपथ्य व्याण्डको लाईभ कन्सर्ट टोकियोमा आयोजना हुँदैछ । राजधानी टोकियोको टोकियो डोम हलमा नोभेम्बर १८ तारिख मंगलबार साँझ ६: ३० बजेदेखि नेपथ्य व्याण्डको लाईभ कन्सर्ट हुन लागेको हो ।टोकियोमा नेपथ्य व्याण्डको कन्सर्ट (लाईभ इन टोकियो) आयोजना गरेको भिजोनिया कम्पनीका अनुसार कन्सर्टका लागि अक्टोबर २२ तारिख बेलुका ५ बजे टिकट खुल्ला गरिएको जानकारी दिए। 'अर्लिवर्ड टिकट खुल्ला गरेको १० मिनेटमा नै सोल्ड आउट भएर इतिहास कायम गरेको छ।' कम्पनीका प्रमुख सुभास लामिछानेले भने… पुरा पढौ

बडा दशैँ बिशेष कार्यक्रम स्पेनमा सम्पन्न

बेनिड्रम सहरको होटल मारिनामा बडा दशैँको निकै रम्मझम्म थियो । नेपालीहरुको महान पर्व बडा दशैँको दिन प्रवासी भुमी स्पेनको बेनिड्रममा साँझ पर्न लाग्दा नेपालीहरुको चहलपल सुरु भएको थियो । नेपाली भेषभुषामा सजिएर निधारमा रातो टिका र शिरमा जमरा लगाएर मारिना पुगेका नेपालीहरुको खुसीमा बिदेशीहरुले समेत चासो दिएका थिए । उनिहरुले टिका जमरा र नेपाली पहिरनप्रति चासो दिदै खुसी ब्यक्त गरे । सो दिन नेपाली चाडपर्व भएको खबर पाउँदा बिदेशी नागरिकले खुलेर शुभकामना मात्रै दिएनन् रमाउन अनुरोध समेत गरे । अक्टोवर… पुरा पढौ

स्पेनको वेनिड्रममा बडा दशैँ विशेष कार्यक्रम हुने

स्पेनको वेनिड्रममा बडा दशैँ विशेष कार्यक्रम हुने भएको छ ।गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति कोष्टाब्लाङ्का र नेपाल समाज एसोसिएसनले बडा दशैँ विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।हामी नेपालीहरुको महान पर्व विजया दशमी २०८२ को पावन अवसरमा शुभकामना आदानप्रदान सहित दशैँ बिशेष कार्यक्रम आयोजना गरिएको एनआरएनए कोष्टाब्लाङ्काले जनाएको छ ।कार्यक्रम अक्टोवर २ तारिखमा गर्ने निर्णय गरेको एनआरएनए कोष्टाब्लाङ्काका अध्यक्ष बिपिन कुमार बिसीले जानकारी दिनुभयो ।नेपालीका समस्याहरुको राहत सहयोगका लागि आवश्यक सहयोग गदैं आईरहेको नेपाल समाज तथा एनआरएनए कोष्टाब्लाङ्काले… पुरा पढौ