
Screenshot
टोकियो, जापान नयाँ वर्ष २०२६ तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दिवसको अवसर पारेर अनेसास जापान च्याप्टरले विशेष साहित्यिक कार्यक्रम ‘टोकियो कविता कन्सर्ट–३’ आयोजना गर्ने भएको छ।
अनेसास जापानको नियमित साहित्य शृङ्खलाको ७९औँ अङ्कको रूपमा आयोजना हुन लागेको यो कार्यक्रम आगामी ११ जनवरी २०२६(आइतबार) का दिन टोकियोको ओकुबो स्टेसन नजिकै रहेको नेवा डाइनिङ (Newa Dining Kathmandu Lunch and Bar) मा सम्पन्न हुनेछ।
पाँच कवि, एउटै मञ्च
जापानलाई कर्मथलो बनाएर नेपाली साहित्य र कविता लेखनमा सक्रिय रहेका पाँच जना विशिष्ट कविहरूले यस पटकको कन्सर्टमा आफ्ना उत्कृष्ट सिर्जनाहरू प्रस्तुत गर्नेछन्। कन्सर्टमा गुञ्जिने कविहरू निम्न रहेका छन्:
- डिजी शर्मा
- सुविन न्यौपाने ‘कान्जीभाइ’
- सविता भण्डारी
- बलराम उपाध्याय
- आदि पुरुष
साहित्यिक उत्सवको तयारी तीव्र
अनेसास जापानले यसअघि पनि दुईवटा कविता कन्सर्टहरू भव्य रूपमा सम्पन्न गरिसकेको छ। यो तेस्रो संस्करणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। कार्यक्रम दिउँसो १:०० बजेबाट सुरु हुनेछ।
नेपाली भाषा, साहित्य र सिर्जनाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस विशेष कार्यक्रममा जापानवासी सम्पूर्ण साहित्यप्रेमीहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ। कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले जानकारी दिएको छ।



