कला / साहित्य

भरतमणि पौडेल बने कमेडी च्याम्पियन-२

हास्य रियालिटी सो कमेडी च्याम्पियन २ को विजेता भरतमणि पौडेल बनेका छन् । उनले अन्य दुई प्रतिस्पर्धीलाई पछाडि पार्दै कमेडी च्याम्पियनको उपाधि जितेका हुन् । शनिबार बेलुका भएको ग्राण्ड फिनालेमा भरतमणि च्याम्पियन बनेसँगै नगद २५ लाख रुपैंयाँ र एक कार पुरस्कार पाएका छन् । भरतमणिले गरेको पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाहको क्यारिकेचर सर्वाधिक रुचाइएको प्रस्तुतिमा परेको थियो । यसबाहेक घरबेटीको चरित्र पनि उत्तिकै प्रशंसनीय थियो । उनीसँग ग्रान्ड फिनालेका प्रतिस्पर्धी थिए, भारत सिक्किमका बिक्की अग्रवाल र गोरखाका… पुरा पढौ

सामाजिक यथार्थपरक कथा बोकेको श्रीकृष्णको “सारङ्गी” सार्वजनिक (भिडियो सहित)

‘रेटिदै छ सारंगी धुन, गरिबको कहानी लौ सुन’ भन्दै गलकोट बागलुङका स्रष्टा लोकप्रिय गीतकार, संगीतकार तथा गायक श्रीकृष्ण बम मल्लले अधिकांश नेपालीहरूको वास्तविक जीवन कहानीलाई ‘सारंगी’ नामक गीति एल्बममार्फत आवाज बोलेका छन ।एक सारंगी वादकलाई प्रतिनिधि पात्रको रूपमा प्रस्तुत गर्दै उनैमार्फत सामाजिक यथार्थपरक कथा बनाई नेपाली श्रमजिवी गरिब जनताको आवाजलाई मुखरित गर्ने प्रयास सो एल्बममार्फत गरिएको छ ।विगतमा नेपाली ग्रामीण क्षेत्रमा सूचना र जानकारी दिदै हिडने सारंगी वादक एक सूचनादाताले आफ्नो दैनिक जीवनमा के कस्तो पिडा र अभाव झेल्नु र… पुरा पढौ

मेरो मास्टर लभ

बोर्डिङ इस्कूल पढेको कारण होला एस एल सी पास हुँदा म अन्य औसत सहपाठिहरु भन्दा अलि बढी उमेर को यानिकी १७ बर्स पार गरेर १८ बर्सकोयौबन अवस्थामा टेकिसकेकी थिए । रुप रङ र पढाइमा पनि अरु साथी सङ्गी हरु भन्दा त कम पक्कै पनि थिइन । रोजेको खान र रोजेको लाउन सक्ने पारिवारिक अवस्था, अर्को अर्थमा भन्नु पर्दा  गाउमा एक मध्यम बर्ग भन्दा केहि माथिल्लो पारिवारिक ब्यागराउण्डबाट प्रतीनिधित्व गर्दथे म ।बाबाको राम्रै पोजिसनको सरकारी जागिर काठमाण्डौ मै भएको कारण गाउमा एस. एल. सी. मा राम्रै प्राप्ताङ्क ल्याएर पास भए पछि… पुरा पढौ

संगीतकार रामकृष्ण बम मल्लको ‘आकाशै खसेर’ गीत सार्वजनिक

नेपाली संगीत क्षेत्रमा २ दशक भन्दा बढी निरन्तर रूपमा क्रियाशील लोक दोहोरी गायक एवम संगीतकार रामकृष्ण बम मल्लद्वारा संगीतवद्द ‘आकाशै खसेर’बोलको आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नारायण कडेलको शब्द सृजनामा लोकप्रिय गायक सुमन के सी को स्वरमा रहेको उक्त गीतमा अनिल निर्दोष र यसोधा अधिकारीको अभिनय रहेको छ मिन थापाको निर्देशन, गोबिन्द बिष्ट र अर्जुन लामिछानेको छायांकन गरिएको उक्त म्यूजिक भिडियोलाई टेक अबिरलले सम्पादन गरेका छन । प्रबासी नेपाली अनलाईन टिभी युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको… पुरा पढौ

यी हुन् ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिएका १५ उत्कृष्ट प्रतियोगी

दोहा – ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ जनाको छनौट भएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१ को गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट १५ जना छनौट भएका हुन् । शुक्रबार सम्पन्न गाला राउन्डको तेस्रो चरणबाट उत्कृष्ट १५ जनाको छनौट गरिएको हो । ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता… पुरा पढौ

प्रकाश सपुतको कुरा बुझ्न पर्च गीतले एक हप्तामै आधा करोड भ्यूज बटुल्यो

गत शुक्रबार साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले आज अर्थात् शुक्रबार बेलुकीसम्ममा ५५ लाख ३१ हजार भन्दाबढि दर्शककाे ‘भ्यूज’ बटुलिसकेको छ । गायक/सर्जक प्रकाश सपुतको रचना/सङ्गीत रहेको गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ । गीतको भिडियो निर्देशन पनि गायक सपुतले नै गरेका हुन् । भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र… पुरा पढौ

‘सबै मेरा गुरु’

साउँ अक्षर सिकाउने गुरुदेखिसुकरात पढाउने शिक्षकसम्मकान निमोठेर सहिमार्ग देखाउने आमादेखिकान फुकेर जीवनकर्म सिकाउने गुरुआमासम्मअँध्यारोभित्र उज्यालो देखाउनेदेखिउज्यालोभित्रको अँध्यारो चिनाउनेसम्मदौडन सिकाउनेदेखिपौडन सिकाउने सम्मघोडा चढ्न सिकाउने देखिसपना पछ्याउन अर्हाउनेसम्मछिर्के हानेर लडाउनेदेखिउठाएर धुलो टक्टक्याउने सम्मसम्पूर्ण मेरा गुरुहरुसम्पुर्ण मेरा पाठहरु! नमन तीँ सारामाज- जसले भित्रको तथ्य बुझ्न रबाहिरको सत्य चिन्न सिकाएजसले नीच देखाएर उँच बन्न सिकाएजसले खुट्टा तानेर दर्होसँग टेक्न सिकाएजसले गाली दिएर ताली पाउने बनाएजस्ले कमजोर बनाएर बलियो बन्न सिकाए । थम्सअप गर्नेदेखि थम्सडाउन गर्नेसम्मचोर औँला ठड्याएर च्यालेन्ज गर्नेदेखिमाझी औँला तेर्साएर मर्माहत बनाउनेसम्मदूरदूर गर्नेदेखि… पुरा पढौ

जापानमा साहित्यिक चौतारी नेपालको शाखा गठन, अध्यक्षमा बिन्दा पराजुली बराल

नेपाली भाषा साहित्यको विकास,विस्तारसँगै सामाजिक कार्य गर्ने उद्देश्य गठित साहित्यिक चौतारी नेपालको जापान शाखा बिन्दा पराजुली बरालको अध्यक्षमा गठन भएको छ । शुक्रवार अनलाईन मार्फत भएको भेलाले १३ सदस्यीय जापान शाखाको गठन गरेको हो । गठित शाखाको उपाध्यक्षमा अमरदेब बास्तोला र सरिता ढकाल चयन भएका छन । त्यस्तै सचिवमा राजबिन थापा र सह-सचिवमा लक्ष्मी रेग्मी रहेका छन भने कोषाध्यक्षमा गीता शर्मा र सह-कोषाध्यक्षमा मन कुमारी अमागाईलाई चयन गरिएको सचिव राजबिन थापाले जानकारी दिए । बिन्दा पराजुली बराल शाखाको सदस्यहरूमा सुष्मा… पुरा पढौ

आदिकवि भानुभक्त आचार्यलाई भैरव अर्यालको चिठीको अंश

श्री भानुभक्त आचार्यनेपाली टोल,मृतात्मा एभेन्युअलकापुरी १८७१—१९२६ स्वर्गश्रद्धेय कविबाजे,उप्रान्त त्यहाँ बाजेलाई आरामै होला । बाँच्नुका दुःखले हाल तपाईलाई पिरोलेका नहोलान् भन्ने आशा राखेको छु । तपाईसँग धेरै कुरा गर्नु थियो, धेरै सल्लाह माग्नु थियो, धेरै अर्ती लिनु थियो, तर तपाईले मेरा बाजे पनि नजन्मँदै यो दुःखसार तरिसक्नुभएछ । रामगीता लेखेबापत स्वर्गै पुग्नुभयो होला र अलकापुरी खूब मन पर्ने हुनाले सोही शहरमा डेरा लिनुभयो होला………………….तपाईका आर्शीवादले मलाई यहाँ सन्चै छ । म अचेल तपाईको उही अलकापुरी कान्तिपुरीका नालभरी गल्लीमा मान्छे, कुकुर, कुखुरा,… पुरा पढौ

आज आदिकवि भानुभक्तको २०८ औँ जन्मजयन्ती

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेख्नेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ।  पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन्। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि… पुरा पढौ