मेरो मास्टर लभ

-


     निर्मल घिमिरे    
     भाद्र २३ गते २०७८


बोर्डिङ इस्कूल पढेको कारण होला एस एल सी पास हुँदा म अन्य औसत सहपाठिहरु भन्दा अलि बढी उमेर को यानिकी १७ बर्स पार गरेर १८ बर्सकोयौबन अवस्थामा टेकिसकेकी थिए । रुप रङ र पढाइमा पनि अरु साथी सङ्गी हरु भन्दा त कम पक्कै पनि थिइन । रोजेको खान र रोजेको लाउन सक्ने पारिवारिक अवस्था, अर्को अर्थमा भन्नु पर्दा  गाउमा एक मध्यम बर्ग भन्दा केहि माथिल्लो पारिवारिक ब्यागराउण्डबाट प्रतीनिधित्व गर्दथे म ।बाबाको राम्रै पोजिसनको सरकारी जागिर काठमाण्डौ मै भएको कारण गाउमा एस. एल. सी. मा राम्रै प्राप्ताङ्क ल्याएर पास भए पछि म उच्च शिक्षाको लागी राजधानी आएको थिए । 

कुन विषय र कलेज पढ्ने भन्ने यकिन निधो थिएन । शहरमा खुलेका अनेकौ बृज कोर्स र इन्ट्रान्स प्रीप्रेरेशन क्लासको बिज्ञापनको भिडमा साथीहरु रुमल्लिरहेको बेलामा मलाई भने बाबाले प्लस टु मा म्यानेजमेण्ट शङ्क्कायमा अध्ययनको लागी काठमाण्डौको नाम चलेको एक प्राइभेट कलेजमा एड्मिशन गराइदिनु भयो । कलेज सुरु भएको पहिले दिन नै ″गूड मर्निङ एभ्रीवान, वेलकम टु अल अफ यु″ भन्दइ एक ह्याण्ड्सम पुरुष हाम्रो क्लासमा प्रबेश गरे । सुरुमा त छिर्ने बित्तिकै मैले त हामी जस्तै बिद्यार्थी होला भन्ने सोचेको थिए । किनकि उसको जिउडाल हेर्दा त्यस्तै अल्लारे उमेर भर्खरै पार गरेको जस्तो देखिन्थ्यो । हास्दा दुबै पट्टीको गालामा देखिने डिम्पल अनि कस्तो क्युट मुस्कान्, गहुगोरो बर्णको रुप रङ्, अग्लो, सर्लक्क परेको शरिर, जिम गएकोले होला टम्म मिलेका ज्यानमा सिक्स प्याक निस्केको परै बाट देखिन्थ्यो । पहिरनमा फर्मल ब्लाक ड्रेस्स्, सर्लक्क परेको केश राशि, समय समयमा लेख्दै गर्दा हल्लिएर फुरफुर गर्ने कपाललाई मुन्टो स्वाट्ट हल्लएर मिलाउने स्वभाव, कत्ती माया लाग्दो चकलेटी फेस, अत्यन्तै सबै सँग बोल्दा हासेर बोल्ने बानी । त्यत्रो पदमा जागिर खादा पनि ठुस्किएर नबोल्ने,मृदुभासि, अर्को अर्थमा भन्नु पर्दा सायद कुनै फिलिम कै हीरो भन्दा कम देखिनु हुन्नथ्यो हामीलाई पहिलो पिरिएड पढाउन आउनु भएको मड्साब । 

आफ्नो परिचय दिनु भो । अनि हामी सबै सँग चिनजान गरिसकेपछी पहिलो दिनको पढाइ सुरु गर्नु भयो । सबैजनाले बढो इन्ट्रेस्टका साथ पढाइमा चाख मानेर सुन्दै थिए तर म चाही सरले पढाउनु भएको स्टाइल्, उहाको मोहिनी रुपी रुप-रङ र जिउडालको फ्यान पहिले भेट मै भइसको थिए । अरु अरु पनि पिरिएड भयो तर अरु टिचरहरु चाही सबै जुङ्गामुठे र बुढाखाडाहरु मात्र रहेछन । अरु सरहरुको क्लासमा कुनै इन्ट्रेस्ट नै जागेन खासै । त्यो दिनको पढाइ सकियो । घर जान माइक्रो बस चड्नु पर्थ्यो । माइक्रो चड्ना साथ माड्साबको नाम फेसबूकमा सर्च गरेर खोजे । त्यो नाम भएका मान्छे कत्ती हो कत्ति, भेट्न सार्है गार्हो पर्‍यो । सायद हाम्रो सरले आफ्नो फोटो फेसबूकमा राखेको थिएनन होला,  भेटिन । घर पुगे, फ्रेस भएर खान खाए । सर कै त्यो बोल्ने स्टाइल अनि त्यो स्वीट फेस झलझली सम्झना आइरह्यो । राती सुद्दा पनि उहा कै मुहार अनि त्यो क्युट मुस्कानले मलाई काउकुती अनि खै कता कता लाज पनि लागिरहेको थियो । यी र यस्तै स्वेर कल्पनामा डुबुल्की मार्दै कती बेला निदाइएछ पत्तै भएन । 

बिहान हुना साथ अघिल्लो दिन भन्दा अझ बढी राम्री बनेर कलेज गए ।पार्किङ स्पटमा सरले बुलेट बाइक पार्क गरेर अफिस रूम तिर जानु भो । म कतै लुकेर वाच गरिरहेको थिए । सम्योगबस त्यस दिन पनि उहाको पहिलो क्लास हाम्रोमा नै रहेछ । उहाको आगमन अनि पढाउदाको स्टाइल मलाई खुब मन पर्थ्यो । उहाको आखामा मैले आखा जुधाउदै हेर्थे । त्यो कुरा उहाले कहिलेकाही नोटिस सायद गर्नु भएको थियो । कहिले काही आखा जुध्दा सर अलि अढ मान्नु हुन्थ्यो भने मलाई चाही झन रमाइलो अनि मज्जा लाग्थ्यो । त्यसदिनको क्लास पनि सकियो । घर गए । उहि अघिल्लो दिन झै झझल्को आइरहेको थियो ।

लाईफमा जे र जस्तोसुकै परीस्थितीलाई समेत सम्हाल्न सक्ने खुबी कि म,तर आज भोली आफ्नै मनलाई काबुमा राख्न सकिरहेकी थिइन । मनमनै सोच्थे, कलेजमा त्यत्रा ठिटाहरुको भिडभाड हुँदा-हुँदै मैले आफ्नै मास्टरलाई नै मन पराउनु के मेरो दोस हो र ? मनले मन परायो त त्यसमा मेरो के को गल्ती भो र, जस्तो लाग्थ्यो । अनि मनले अर्को पट्टी पनि कहिलेकाही मनोबाद गर्थ्यो , के म अझै उमेर नपुगेको या बालिका नै हु त भन्ने अनि आफैले आफुलाई सर्सर्ती हेर्थे । ″महिनावारी भएको ३ साल भन्दा बढी भईसकेको छ । एक परिपक्क युबतीमा हुनु पर्ने सबै कुरा छ म मा । बिकास हुनु पर्ने शारिरिक अङ्गहरु अनि मानसिक सबैको बिकाश पुर्ण रुपमा भई नै सकेको छ भने मैले सरलाई मन पराउनु र चाहनु कौन सा अपराध गरेको हो र जस्ता उत्तर आफै भित्रबाट निस्कन्थ्यो ।  

यसै गरी दिन हरु बित्दै गए । म उहा सँग झन नजिक हुन बिभिन्न बहाना खोज्थे । एक दिन सरलाई एक्लो हुँदा भेटेर फेसबूकमा के नाम छ भनेर सोधे, उहाले अलि अन्कनाउँदै भनिदिनु भो । मैले ″थ्याङ्क यु″ भनेर सर्माउदै घर तिर गए । अनि पुग्नासाथ हतार हतार फ्रेण्ड रिक्वेस्ट पठाइ हाले । अनि उहाको प्रोफाइल भित्र गएर सबै फोटोहरु हेरे, सबैमा लभ रीयक्ट गरिदिए किनकि उहाले पनि फील गर्न सकोस कि, मैले उहालाई चाहेको कुरा भनेर । त्यो दिन उहाले मेरो रेक्वेस्ट एसेप्ट गर्नु भएन, सायद फेसबूक नचलाउनु भएकोले होला भनेर प्रतिक्षामा बसिरहे । भोली पल्ट साझ पख उहाले मेरो रीक्वेस्ट स्वीकर्नु भयो । स्वीकार्ना साथ मैले ″हेल्लो सर खाना खानु भो , आरम हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ″ जस्ता बोल्ने बहाना बनाउदै म्यासेज पठाए । उहाले पनि राम्रै रेस्पोन्स गर्नु भो । 

मैले चाही आफ्नो मनको राजा उहालाई मनमनै बनाइसकेको थिए । क्लासमा अरु केटी हरुले नबुझेको कुरा सर लाई सोध्दा पनि मलाई सार्है रिस उठ्थ्यो भने मिसहरु सँग सर बोलेको झ्यालबाट देख्दा मनमा जलन हुन्थ्यो । किनकि सर सँग म बाहेक अरु केटी मान्छेहरुले बोलेको मलाई मनै पर्दैनथयो । मलाई उहाको कती बजे आउनु हुन्छ, कती बेला निस्कनु हुन्छ अनि कुन क्लासमा कती बजेर कती मिनेट सम्म पढाउनु हुन्छ सबै मलाई कण्ठै थियो । यस्तै गरी मेरो वान साइडेड प्रेम काहनी चल्दै थियो । एक अर्को अर्थमा भन्नु पर्दा म सर प्रती यस्तो आकर्शित भएको थिए कि, यहाँ लेखी साध्य छैन । राती बेडमा पल्टिदा कल्पना गर्थे कि, यती बेला सरको समिपमा भए कत्ती रमाइलो हुन्थ्यो होला । यती बेला भेटे भने सरलाई म के के गर्थे त्यो त केवल मलाई मात्र थाह छ । मध्य रातमा बिउझिएर ऐना अगाडी उभिएर आफ्नो अङ्गहरु सबै नियाले । अनि कल्पना गरे, यो सबै उहा कै त हो । हि… हि… हि.. । हाम्रो जोडी खुब जम्छ होला है । उहाको फेसबूक खोल्थे अनि सबैभन्दा मन परेको फोटो अन गरेर एक पटक चुम्थे अनि सर्माएर खिस्स हास्दै एक्लई उसैलाई आफ्नो ब्वाइ फ्रेण्डको रुपमा अङ्गालोमा कसिलो गरी बाधिएको स्वेर-कल्पनामा डुबुल्की मार्दै बस्थे अनि खै कताकता काउकुती लाग्थ्यो ।  

त्यतीनजेल सम्म मैले सरको घर परिवार अनि उहाको सम्पुर्ण ब्याग्राउण्डहरु बिस्तृत रुपमा अध्ययन गरिसकेको थिए । उहाको घर सर्लाही जिल्लामा रहेछ । काठमाण्डौ उहाले स्ट्रगल गरेर आफ्नो डीग्री पास गरीसके पछी यस क्याम्पसमा पढाउन थालेको भर्खरै १ साल जती मात्र भएको रहेछ । केटा मान्छेले हिम्मत नगरिदिए पछी बिचरा के गर्नु र । अब केहि सिप नलागे पछी आज त आफै ले नै प्रोपोज राख्छु राख्छु भन्ने लागेर मैले एक दिन बढो हिम्मत जुटाएर बाहिर कतै भेट्छु र भेटे पछी आफ्नो मनको सबै कुरा पोख्छु भन्ने साहस बटुलेर म्यासेन्जर मार्फत कलेज बाहिर भेट्न सरलाई प्रपोज गरे । उहा बढो मुस्किलले भेट्न राजी हुनु भो । जुन दिन मेरो जन्मदिन पनि थियो । सरको मन जित्न गुलाबी कलरको कुर्ता सलवार लगाएर साझ पख म गएको थिए । एक क्याफेमा गएर हामिले कफी पियौ । उहाले अलि अड मानिरहनु भएको थियो । अनि अलि चाडै निस्कन पाए हुन्थ्यो जस्तो फेसियल एक्स्प्रेशन देखाइरहनु भएको थियो भने मलाई चाही उहा सँगइ उहा कै आखामा आखा जुधाउदै बस्न पाए पनि हुन्थ्यो जस्तो भईरहेको थियो तर केटी मान्छे न परे आफैले प्रस्ताब राख्दा कतै नराम्रो सोच्ने पो हो कि सरले, भन्नै डर लाग्यो लागेर मनमा धेरै कुरा बाकी हुँदा हुँदै पनि छुट्टियौ । 

अनि घर पुग्ना साथ ″सर आज धेरै खुशी लाग्यो तपाइ सँग इन्फर्मल भेट्दा″भन्ने म्यासेज पठाइदिए । उहले पनि ″सेम हियार″ भेन्ने रिप्लाई गर्नु भो । मलाई अलि हौसला बढ्यो । उहाले फील होस भन्नाको लागी फेसबूकमा भएका उहाको सबै फोटोमा लभ रियाक्ट अनि प्रशन्शा गरेर सबैमा कमेण्ट गरिदिन्थे । ″यत्ती गर्दा त एक लक्का जवान केटा मान्छेले कुरा बुझ्नु पर्ने हो । त्यस माथी उहा त झन त्यत्रो बिद्वान मान्छे । खै कस्तो लाटा के हाम्रो सर″जस्तो फील हुन्थ्यो । मलाई यत्ती बिस्वास चाही पक्कै थियो कि, जसरि मैले उहालाई चाहन्थे, उहाले पनि मलाई मन पराउनु हुन्छ होला भन्ने । जसरि म मा एक किसिमको डर थियो ठिक त्यसै गरी सर लाई पनि सायद अड लागेको थियो मलाई आफ्नो बनाउन । किनकी उहा एक गुरु हुनुहुन्थ्यो भने म छात्रा । यदी मेरो र सर बिच चक्कर चलेको कुरा कसैले सुइको समेत पाएको खण्डमा उहाको जागिर चट हुन्थ्यो भने म चाही कलेजबाट रेस्टिकेट हुनुपर्थ्यो । अनि अर्को कुरा म आफु परिपक्क युबती भई सकेको भए पनि मलाई समाज र राज्यले अझै अपरिपक्क भएको भनेर परिभासित गरेको थियो । त्यो पनि उहालाई डर थियो । यही डरले गर्दा न त सरले मलाई मन परेको कुरा भन्न सक्नु भो न त मैले उहालाई हकिकतमा राजा बनाउन सके । त्यो क्रम प्लस टु को पढाइ सकिने बेला अन्तिम अन्तिम अवस्था सम्म यस्तै क्रम जारी रहिरह्यो ।

सर लामो बिदामा बस्नु भयो , मैले फोन गरे धेरै चोटी उहाले रिसिभ गर्नु भएन । म्यासेन्जरमा धेरै म्यासेज पठाए, सीन नै भएन त्यो सबै म्यासेज । लगभाग १ महिना जती म तड्पिएर मृगतृस्णा भइ बसिरहेको थिए । एक दिन बिहान सबेरै फेसबूकमा सरले बिहे गरेको फोटो देखे । म धेरै रोए । आफ्नो बनाउने चाहाना अधुरै रह्यो । उहको उमेर २३ बर्ष तर मेरो १८ बर्ष । एक युबतीमा हुनुपर्ने परिपक्वता सबै म मा थियो । म उहको लागी जात्, धर्म, अनि रुप रङमा समेत कुनै हालतमा आयोज्ञ थिइन तर पनि हाम्रो कानुन र समाजको सोचिने एक न्यारो कन्सेप्टले गर्दा केवल आफ्नो मनको दरवारमा सरलाई सजाए तर उहाको अर्धाङ्गिनी भएर उहाको नामको सिन्धुर लगाउने चाहना अधुरै रह्यो, केवल अधुरै रह्यो । जती माया गरे पनि , जती मन पराए पनि, जती चाहे पनि इजहाँर गर्न नपाउदै मेरो अब्यक्त प्रेमले पुर्ण बिराम लगायो ।  

पछी थाह भो ,राम्री श्रीमती बिहे गर्नु भएको रहेछ सरले । म भन्दा पनि राम्री । अहिले म उहाहरुको सबै कुराहरु फेसबूक्, इन्स्टाग्राम अनि टिकटक जस्ता सामाजिक सन्जाल मार्फत नजिकबाट नियाली रहेको हुन्छु । उहाहरुको १ सानी छोरी छिन । त्यसपछी सम्पर्क गर्न मलाई पनि अलि अड लाग्न थाल्यो । दिनहरु बित्दै गए । उहालाई गरेको एक तर्फी प्रेम नै मेरो पहिलो प्रेम भएको हुँदा म उहालाई अहिले पनि उत्तिकै माया, सम्मान अनि चाहिरहेको छु । अहिले पनि मनमनै मन पराउनु बाहेक अर्को कुनै बिकल्प छैन म सँग ।त्यतिबेला उमेर र पोजिसनले मलाई उहाको हुन दिइएन भने अहिले सामाजिक बन्धनले । 

स्नातक पास भए पछी मलाई त्यसपछीको पढाइ अगाडी बढाउन मन लागेन ।यस लेख लेख्ने बेला सम्म मैले पनि बिहे गरेको पनि ४ साल बढी भइसकेछ ।अहिले मेरो श्रीमान जाती छन , मलाई धेरै माया पनि गर्छन । हाम्रो घर परिवार सबै सुखी नै छ तर म चाही सुखी भए पनि भित्री मनमनै दुखी छु । उहा कै जस्तो अहिले मेरो पनि एक छोरीको बुवा अहिले अर्कै मान्छे छन । यी र यस्तै सामाजिक बन्धनले मेरो अब्यक्त प्रेम ले पुर्ण बिरम लगाइ दियो मेरो मास्टर लभ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?