कला / साहित्य

“करणी कि यौन दुरूपयोग”

“करणी कि यौन दुरूपयोग”हरेक दिन बजारमा बलत्कारका घटना घटिरहेका छन् । छ्या, कस्तो जमाना आयो । उट्पट्यांग करणी र जालसाजीको मुद्दाको कारणले बजारमा घटेका जबर्जस्ती करणी र बलत्कारको घटना ओझेलमा परिरहेको छ । पल शाल र सन्दिप लामिछाने त प्रतिनिधि पात्रहरू हुन अरू धेरै पात्रहरू हुन सक्छन् । मन मिल्दासम्म गरिएको उठबस, शारीरिक आकर्षण र प्रेम उत्तेजनालाई करणी भन्ने कि नभन्ने सामाजिक संजालमा निकै बहस चलिरहेको छ । आजकल बजारको हल्लाले करणी के लाई भन्ने भनेर पनि विधमान कानुन द्विविधा… पुरा पढौ

ससुराको नजरमा बुहारी (लघुकथा)

घरमा ससुरा र बुहारी हुन्छन् । ससुरा सोफामा बसेर टिभी हेरी रहेका हुन्छन् । बुहारी भान्सामा हुन्छिन् । कलिङ्ग बेल बज्छ । बुहारी ढोका खोल्न जान्छिन् । तपाईं को हुनु हुन्छ ? कति कामले पाल्नु भयो ?म एउटा एनजिओवाट महिलाहरूको तथ्याङ्क लिन आएकी हूँ ।बुहारी बोलेको सुनेर ससुरा ढोका बाहिर आउँछन् ।को हो दुुलही ? यिनी को हुन ?बाबा ! वहाँ महिलाहरूको तथ्याङ्क लिन आउनु भएको रे ।ससुराले भने - अँ , सोध्नुस् , तपाईलाई कस्तो तथ्याङ्क चाहिएको हो ?हजूरसंग… पुरा पढौ

जापानको भिसा रोकियो, अनि गायक बने बब्लू

२०७० सालमा बागलुङको धम्जाबाट काठमाडौं टेक्दा कुनै सपना बोकेर आएका थिएनन् देवेन्द्र बब्लु । अनौठो शहरमा के बन्छु, के गर्छु थाहा थिएन उनलाई ।   केवल थाहा थियो- अब मैले पनि काम गर्नुपर्छ ।   तर कहाँ ? दाइ प्रकाश सपूत केही वर्षअघि नै काठमाडौंमा संघर्षरत थिए । सङ्घर्षका क्रममा उनी रेस्टुरेन्टको दोहोरी साँझमा गीत गाउँथे । आफूले काम गर्ने रेस्टुरेन्टमा प्रकाशले भाइलाई पनि जागिर लगाइदिए । देवेन्द्र बिहान प्लस टु पढ्दै साँझ रेस्टुरेन्टमा काम गर्थे ।   उनी वेटर… पुरा पढौ

महँगो पर्व बन्दै तीज

महिलाहरूको महान् चाड तीजको रौनक बढ्दो छ। केही वर्ष कोरोनाले निराशापूर्ण बनाएको यो चाड अहिले महिलाहरू धुमधामले मनाउन थालेको पाइएको छ। विशेष गरेर नयाँ पुस्ताका महिलाले तीज आउनुपूर्व नै दर खान सुरु गरिसकेकाले यसमा थप रौनक देखिन थालेको छ भनेर अर्कोतर्फ केही दिनअगावैको तडकभडकले तीजको असली संस्कृति उनीहरूले बिर्सन थालेका हुन् कि भन्ने जस्तो पनि देखिन्छ।  तीज हामी महिलाको महान् चाड हो र यसलाई रमाइलो गरेर मनाउनुपर्छ तर यसको उपयोग सही ढङ्गले गर्न जानेन भने तीजको के मतलब भयो र… पुरा पढौ

बा फ्रेमभित्र बसेपछि…

तिम्रो काँधको कञ्चनजङ्घा चढेपछि नैजागेको हो ममा उचाइको मोहतिम्रो औँलाको अङ्कुसे साथ छुटेपछि नैबुझेको हुँ छुटाइको अर्थतिम्रो छातीमा सिउरी खेल्दैघाँटीमा पिङ खेल्न पाएपछि मात्रैबल्ल दशैँ आउनेगर्थ्यो मेरोतिम्रो दौराको खल्तीबाटपिपलगेडी निस्केपछि बल्लचाडपर्व सुरू हुन्थ्यो मेरो । बा!आमा सधैं झूटो बोल्छिन् मसँगबा खै आमा? भन्दा तारा देखाउँदै भन्छिन्उ तेरा बा! बा!तिमी साँच्चै तारा बनेका हौ भनेकिन चम्कन्नौ मेरो चकमन्न रातमा? बा! तिमी साँच्चिकै आकाशमा छौ भनेभिज्दा निथ्रुक्क वियोगको झरीलेकिन उडाउन्नौ छाता सान्त्वनाको? बा!तिमी जहिलेदेखि दैलोमाथिसिसाको फ्रेममा बस्न थाल्यौहो त्यतिखेरबाटै विद्रोही भएको हूँ… पुरा पढौ

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘प्रकाश’को आगामी आइतबार अर्थात ५ भदौमा जुम्लामा वर्ल्ड प्रिमियर गरिने भएको छ । फिल्मका निर्देशक जुम्लाको तिर्खु गाँउमा छायांकन गरिएको यो फिल्मको सोही गाउँको मोक्ष माध्यमिक विद्यालयको प्राङगणमा वर्ल्ड प्रिमियर गर्न लागेको बताए । आइतबार हुने वर्ल्ड प्रिमियरका लागि फिल्मका लेखक विकास सुवेदीसहितको टिम शनिबार जुम्ला जाँदैछ । फिल्म हेर्न स्थानिय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, विभिन्न पेशा वयवसायमा आवद्ध व्यक्तिहरुका साथै सम्पूर्ण गाँउबासीलाई निम्ता दिइएको छ । जुम्लाको परिवेशमा कथा भनिएका कारण फिल्मको… पुरा पढौ

एउटा मुस्कान !

यो स्पेनको गृहयुद्ध कालको सन् १९३६ को सत्य घटना हो । एण्टोइन नामको फ्रान्सेली लेखक तथा पत्रकार स्पेनको गृहयुद्धको रिपोर्टिङ्गका लागि स्पेनमा थियो । उ अचानक इटली र जर्मनी समर्थित फासिष्ट सैनिक द्वारा पक्राउ पर्‍यो । सैनिकहरुले उसका सबै माल समान खानतलासी गरेर लगे र उसलाई सैनिक क्याम्पमा नजरबन्द गरिदिए । बाँच्ने आशा कत्ति पनि थिएन । उसको आँखा अगाडि मृत्यु नाच्न थाल्यो । मनमा चरम निराशा छायो । खल्ती छाम्दा कसो कसो एउटा चुरोट बाँकी रहेछ । तर सलाई… पुरा पढौ

कविता किताब ‘कैंची’ माथि पोर्तुगलमा परिचर्चा

कोपनहेगन कवि हरिशरण परियारको कविता संग्रह ‘कैंची’ माथी मंगलवार पोर्तुगलको लिजवनमा परिचर्चा भएको छ । प्रकाशन भएको केही समयमै राम्रो चर्चा बटुलेको कविता संग्रहमा पींधका मान्छेका कथा ब्यथाका साथै मुक्तिका आवाजहरु कवि परियारले समेटेका छन् । अन्तर्राष्ट्रिय नेपाली समाज, अनेसास पोर्तुगल र पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको आयोजनामा परिचर्चा कार्यक्रम भएको हो । कविता कृतिलाई बेला प्रकाशनले प्रकाशित गरेको हो । ‘कैंची’माथी परिचर्चा गर्दै कवि तथा अन्तर्राष्ट्रिय नेपाली समाजका महासचिव अर्जुन श्रीले नेपाली समाजमा विभेद र उत्पीडनमा पारिएका समुदायका अनेकन विषय… पुरा पढौ

बहुप्रतिक्षित चलचित्र प्रकाश टोकियोमा अगष्ट २७ मा प्रदर्शन हुने

प्रदर्शन अगाडिनै चलचित्रको लगानी सुरक्षित गरिसकेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘प्रकाश’ जापानमा अगष्ट २७ तारिख प्रदर्शन हुने भएको छ ।नेपालमा भदौ १० गते रिलिज हुने चलचित्र जापानको राजधानी टोकियोको नाकानोमा रहेको नाकानो जेरो हलमा भदौ ११ अर्थात् अगष्ट २७ मा प्रदर्शन हुने भएको हो । चलचित्र प्रकाश जापान सहित अष्ट्रेलिया, न्युजिल्यान्ड, ईण्डिया, अमेरिका, क्यानडा, मध्यपूर्वका आधा दर्जन देशहरु सहित युरोपका विभिन्न देशमा प्रदर्शन हुने तय भइसकेको छ । चलचित्र प्रकाशको फर्ष्ट लुक, पोस्टर र टिजर राम्रो रेस्पोन्स पाइरहँदा बिदेशमा समेत… पुरा पढौ

यूट्यूबभरि छाउन लागे तीज गीत, सधैँ चलिरहने लोकदोहोरीलाई पारे ओझेलमा

दश दिनमै ३० लाख बढी ‘भ्युज’ बटुल्दै तीज गीत ‘झमझम झम्काना’ युट्युब ‘ट्रेन्डिङ’को शीर्षस्थानमा कायम छ । म्युजिक भिडियोले ६६ हजार लाइक पाएको छ भने छ हजार बढीले गीतमाथि टिप्पणी गरेका छन् । भगिरथ चलाउने र सुनिता बुढा क्षेत्रीले स्वर दिएको उक्त गीत दर्शक,स्रोताको रुचाइमा परेको हो । बमबहादुर गाहा मगरको शब्द रहेको गीतमा सङ्गीत पनि गायक चलाउनेले नै दिएका छन् । गीत टिकटक प्रयोगकर्तामाझ पनि लोकप्रिय बनेको छ । मनछुने भाका, शब्द र सुरिलो गायकीले गीतमा प्राण भरेको छ… पुरा पढौ