राष्ट्रिय समाचार

चेक अनादर र बैंकिङ कसूर सम्बन्धी के छ कानूनी व्यवस्था ?

आजकाल आर्थिक कारोवार अर्थात रकमको लेनदेन, चेक र बैंक मार्फत हुनेगरेको पाइन्छ । जसले त्यस्तो कारोवारलाई बैध, पारदर्शी सुरक्षित बनाउनुका साथै छिटो छरितो र सहज समेत बनाएको छ । आधुनिक प्रविधिको प्रयोग र चेकको कारोवारले एकातर्फ लेनदेन र आर्थिक कारोवारलाई सहजता प्रदान गरेको छ भने अर्को तर्फ यसको दुरुपयोग पनि अत्यधिक मात्रामा बढेकोले समाजमा हुने रकमको लेनदेन कारोवारमा जटिलता थपिएको छ । खराव उद्देश्यकासाथ चेकको प्रयोगले गर्दा आर्थिक अपराधमा बृद्धि भएको छ । सामाजिक अविश्वास बढ्दै गएको छ । फलस्वरुप… पुरा पढौ

१५ करोडमा किनेको जहाजभित्र जहाज कै सुविधा दिने गरि भवन भट्टले रेष्टुरेन्ट बनाउँदै

काठमाडौं। गैरआवसीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले पाँच वर्ष अगाडि नेपाल वायुसेवा निगमसँग  खरिद गरेको बोइङ ७५७-५०० जहाजलाई रेष्टुरेन्टमा रुपान्तरण गर्ने भएका छन्। उनले निगमसँग किनेको जहाज ‘कर्णाली’लाई तीन करोड रुपैयाँ खर्चेर रेष्टुरेन्ट बनाउन लागेका हुन्। ५ रोपनी क्षेत्रफलमा रहने यस्तो प्रकारको रेष्टुरेन्ट नेपालको पहिलो हुने दाबी गरिएको छ। जहाज भित्रको रेष्टुरेन्टमा ग्राहकले हवाई यात्रा गर्दा जस्तै खानपिनको सेवा लिनसक्ने उनले बताए। ‘हामीले जहाजलाई नै रेष्टुरेण्ट बनाउन लागेका हौं। इन्जिनबाहेक जहाजभित्र हुने सबै सुविधा यसमा राखिएको हुन्छ। पाइलट अनाउन्समेन्ट,… पुरा पढौ

ओसाकामा बस्दै आएकी आरती खनालको खोजी कार्यमा सहयोग गर्न अपिल

ओसाका जापानकोओसाकामा बस्दै आएकी आरती खनालको खोजी कार्यमा सहयोग गर्न उनका परिवार एवं जापानमा रहेका विभिन्न संघ संस्थाले अपिल गरेका छन्। हराई रहेकी आरती खनाल विद्यार्थी भिषामा १० महिना अगाडी मात्रै जापान आएकी थिइन। उनि जापानको ओशाका सिटिको इकोनो कु काट्सुयामा कित्ता १- ३ - २ मा रहदैं आएकी बताईएको छ। २२बर्षिय आरतीको स्थायी घर चितवनको भरतपुर महानगर पालिका वर्डा नं १२ हो । उनका बुवा देवराज खनाल र आमा राधिका खनालले आफ्नी छोरीको बारेमा जानकारी हुना साथ खबर गर्न… पुरा पढौ

करारका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनेछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने बताएका छन् ।बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  “हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नसकिएकोमा धेरै दुःख लागेको छ,” उनले भने, “अब उनीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनेछौँ ।”  प्रधानमन्त्री सामाजिक सुरक्षा कोषमा आबद्धताको संस्कार बसाल्न कानुनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गरिने बताए ।… पुरा पढौ

ह्वात्तै घट्यो सुनको भाउ

नेपाली बजारमा बुधबार सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचााद्यी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन मंगलबारको तुलनामा २ हजार रुपैयाँ घटेको हो ।  मंगलबार तोलामा १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।… पुरा पढौ

‘अयोग्य लडाकु’ लाई २ लाख रुपैयाँ राहत दिने प्रक्रिया बुधवारदेखि अघि बढ्ने 

मन्त्रिपरिषद्को सोमवारकाे निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिन सरकारले बुधवारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।  मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गरेको थियो । ‘बुधवारदेखि कार्यविधि बनाउने प्रक्रिया मन्त्रालयले थाल्छ, त्यसका आधारमा आवश्यक पहिचान गरी वितरण कार्य सुरु हुन्छ’, गृह सचिव विनोदप्रकाश सिंहले भन्नुभयो, ‘सकेसम्म चालू आर्थिक वर्षदेखि नै वितरण गरिनेछ ।’ वितरणको काम चरणबद्धरूपमा गरिने उहाँले जानकारी दिनुभयो ।  राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने सचिव… पुरा पढौ

जापानका प्रधानमन्त्री फुमियो किशिदा अचानक युक्रेन भ्रमणमा

जापानका प्रधानमन्त्री फुमियो किशिदा अचानक युक्रेन भ्रमणमा जाँदै छन् । यहाँ उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्नेछन् । यसअघि किशिदा भारत भ्रमणमा थिए । समाचार एजेन्सी एएफपीका अनुसार जापानले यस वर्ष विश्वका सात सबैभन्दा उन्नत र विकसित अर्थतन्त्र भएका देशहरूको समूह जी–सेभेनको अध्यक्षता गरिरहेको छ । यी देशहरूमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका पर्छन् । यी देशको बढ्दो दबाबका कारण किशिदाले अचानक युक्रेन जाने निर्णय गरेको बताइएको छ । जापानको आधिकारिक प्रसारक एनएचकेले सरकारी स्रोतलाई उद्धृत… पुरा पढौ

जापानीहरूले देखाए सातोउ, सुजुकी र ताकाहाशी थर राख्न सबैभन्दा बढि रुचि

जापानमा सातोउ उपनाम भएका २ मिलियन मानिसहरू छन् र धेरै अन्य थरहरूको संख्या एक मिलियन भन्दा बढी रहेको छ । जापानमा सातोउ भनिने २० मिलियन मानिसहरू छन् यो जापानको सबैभन्दा सामान्य थर हो। इतोउ र खातोउ लगायतका अन्य लोकप्रिय थरहरू जस्तै यो एक समयको शक्तिशाली फुजिवारा कुलसँग जोडिएको छ । यी नामहरूमा रहेको तो एउटै कान्जी (藤) हो। फुजिवारामा फुजीको रूपमा प्रख्यात छ । यो प्रख्यात कान्जी फुजिवारा वंशजहरूसँग सम्बन्धित ठाउँको नाम वा पदहरू देखाउने अन्य क्यारेक्टरहरूसँग जोडिएको छ।आज सातोउ… पुरा पढौ

जापानी चर्चित मोडल जेसिका मिचिबाटा सिंथेटिक ड्रग राखेको आरोपमा पक्राउ

जापानी प्रहरीले चर्चित मोडल जेसिका मिचिबाटालाई सिंथेटिक ड्रग एमडीएमए राखेको आरोपमा पक्राउ गरेको अनुसन्धानसँग सम्बन्धित अधिकारीहरूले बताएका छन ।  एक परिचितसँग टोकियोको होटलमा बस्दै आएकी ३८ वर्षीया जेसिकालाई MDMA भएको आशंकामा पक्राउ गरिएको छ, ती अधिकारीले बताइको जापानी सञ्चारमाध्यम जिजीप्रेसले जनाएको छ । एक भन्सार अधिकारीले विदेशबाट जापान आइपुगेको प्याकेजमा लुकाइएको लागूऔषध फेला पारेका थिए । टोकियोको महानगरीय प्रहरी विभागका अनुसन्धानकर्ताहरूले प्याकेजको ढुवानी ठेगानामा रहेको होटलमा छापा मार्दा उनीसहित दुई जनालाई पक्राउ गरेको हो। फुकुईको मध्य जापान प्रीफेक्चरको मूल निवासी… पुरा पढौ

जापानमा विदेशी कामदार १८ लाख २२ हजार ७२५ हुँदा नेपालीको संख्या १ लाख १८ हजार १९६ पुग्यो

जापानमा अहिले १८ लाख विदेशी कामदार रहेका छन् जुन १० वर्षअघिको भन्दा दोब्बर हो ।सन् २०२२ मा जापानमा रहेका श्रमिकहरू मध्य चीनलाई उछिन्दै भियतनाम विदेशी श्रमको सबैभन्दा ठूलो स्रोत बनेको छ भने नेपाल, इन्डोनेसिया, म्यानमारबाट आउने कामदारको संख्यामा तीव्र वृद्धि भएको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले प्रकाशित गरेको प्रतिवेदनका अनुसार सन् २०२२ को अक्टोबर ३१ सम्ममा जापानमा विदेशी कामदारको संख्या १८ लाख २२ हजार ७२५ पुगेको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा ९५ हजारले अर्थात् ५.५ प्रतिशले बढी हो… पुरा पढौ