राष्ट्रिय समाचार

टोकियो क्षेत्रमा संचालित रेल सेवाको भाडामा वृद्धि

जापानमा संचालित जेआर ईस्ट, टोकियो मेट्रो र अन्य प्रमुख रेल सेवा कम्पनीहरूले शनिबारदेखि टोकियो र छिमेकी प्रिफेक्चरहरूका रेल सेवाहरूको लागि नियमित भाडा १० येनले बढाएका छन ।कम्पनीहरूले लिफ्ट र प्लेटफर्म ढोकाहरू स्थापना गर्न, रेल स्टेशनहरूमा अवरोध-रहित पहुँच विस्तार र अन्य थप सुधारको गर्ने भन्दै नियमित भाडामा सो थप रकम बढाएको कम्पनीले जनाएका छन ।रेल सेवाको भाडा वृद्धि गर्ने अन्य कम्पनीहरूमा तोबु रेलवे, ओदाक्यु इलेक्ट्रिक रेलवे, सेइबु रेलवे, सागामी रेलवे र योकोहामा मिनातोमिराइ रेलवे छन्। भाड़ा बढ़ेसंगै यात्रु पासहरूको मूल्य पनि… पुरा पढौ

मार्च २१ मा गायक प्रकाश दुतराजले सिजुओकामा बैनीको घर खोज्दै

सिजुओकामा आयोजना हुन लागेको लोकप्रिय गायक प्रकाश दुतराजको एकल साँगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।जापानको विभिन्न शहरमा साँगीतिक टुरमा रहेका लोक तथा दोहोरी गायक प्रकाश दुतराजको सिजुओकामा यहि मार्च २१ तारिक मगंलबार प्रस्तुति हुने छ । साथमा स्थानीय कलाकारहरुको नृत्य प्रदर्शन पनि रहनेछ ।सिजुओकाको हिगाशी सिजुओका स्टेशन नजिक रहेको ग्रान्डसिप हलमा बेलुका ५ बजेदेखी कार्यक्रम शुरु हुनेछ । सिजुओका स्पोर्टस क्लब ,गलकोट समाज जापान क्षेत्रीय समिति सिजुओका , स्याङ्जा समाज सिजुओका र एभरेष्ट फुजी सोसाइटी हामामाचुको संयुक्त आयोजनामा… पुरा पढौ

जापानमा बच्चा जन्माउनेलाई अब पुरुषलाई समेत बिदासहित बाल भत्ता विस्तार, आवास खर्चमा अनुदानमा सहयोग गरिने

जापानमा घट्दो जन्मदारलाई सम्बोधन गरि जनसख्यामा वृद्धि ल्याउनका लागि पुरुष कामदारहरूलाई बाल हेरचाह गर्न ८५ प्रतिशत बिदा लिने पुरुषको अनुपात बढाउने महत्वाकांक्षी लक्ष्य प्रधानमन्त्री फुमियो किशिदाले राखेका छन ।  मार्च १७ मा भएको पत्रकार सम्मेलनमा किशिदाले जन्मदर बढाउन लागि व्यापक अवधारणा र प्रमुख लक्ष्यहरू प्रस्तुत गर्दै "हामीले समाजको समग्र चेतना र संरचना परिवर्तन गर्नुपर्छ।" भन्ने मान्यताका साथ सन् २०३० सम्ममा ८५ प्रतिशत बाल हेरचाह गर्न पुरुष कर्मचारीले यस्तो बिदा लिने वातावरण मिलाउने बताए । आर्थिक वर्ष २०२१ मा १४ प्रतिशत… पुरा पढौ

‘बागलुङको पहिचान बुट्टेनली हरायो, अब मायाको चिनो के दिने ?’

“अहिले त आँखा देख्नै छोडेँ, पहिले–पहिले दिनमा दुई वटासम्म नलीमा चित्र बनाउने गर्थे, नली पनि प्रसस्त पाइन्थ्यो तर अहिले लेकमा जान पनि सक्दैन, अहिले त बुट्टेनली हरायो, अब मायाको चिनो के दिने ?” ढोरपाटन नगरपालिका–९ का टेकबहादुर घर्ती मगर उमेरले ८३ मा लाग्नु भयो । अहिले पनि उहाँ घर भित्र बाहिरको काम सहजै गर्न सक्नु हुन्छ । आँखा कमजोर हुँदा चित्र कोर्ने रुची हुँदा हुँदै पनि सक्नु हुन्न । चित्र कलामा पोक्त घर्ती मगरले जवानीमा काठ तथा बुट्टे नलीमा धेरै… पुरा पढौ

२१ वर्षपछि बुवाको चिहान खोज्दै छोरा सहिदको चिहानमा पुग्दा…

सबराज छन्त्याल ३९ वर्षका भए। एक्काइस वर्ष पहिले छन्त्यालका बुवा टीका पनि ३९ वर्षकै थिए। जनयुद्धको रापताप चलेको थियो। देशमा सङ्कटकाल घोषणा भयो। यो विसं २०५८ फागुन आखिरीतिरको कुरा हो।  युद्धरत माओवादीलाई आश्रय दिएको आरोपमा सरकारी सुरक्षा फौजले बागलुङको देवीस्थानका टीकासहित रोशनध्वज मल्ल र डोरबहादुर छन्त्याललाई नियन्त्रणमा लियो। साता दिन यातना शिविरमा राखेपछि सुरक्षाकर्मीले उनीहरूलाई चैत १ गते हेलिकोप्टरबाट ताराखोला पुर्‍याए।  अहिलेको ताराखोला गाउँपालिका–२ अर्गल, गयार भन्ने ठाउँमा तीनै जनाको सामूहिक हत्या गरेर एकै चिहानमा गाडे। उक्त आतातयी घटना भएको २१… पुरा पढौ

अन्तरराष्ट्रिय फौजदारी अदालत(आइसिसी)द्वारा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी । अन्तरराष्ट्रिय फौजदारी अदालत(आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उहाँले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । आइसिसीले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध पनि सोही आरोपमा पक्राउ पुर्जी जारी गरेको बताएको छ । आइसिसी सदस्य देशका सरकारको सहयोग बिना संदिग्धहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकाले पुष्टिन र मारिया पक्राउ पर्ने सम्भावना अति कम छ । मस्कोले… पुरा पढौ

अमेरिकाले टिकटकलाई प्रतिबन्ध गर्ने चेतावनी

लोकप्रिय भिडियो एप टिकटकलाई अमेरिकाले प्रतिबन्ध गर्ने चेतावनी दिएको छ । चिनियाँ मालिकहरूले हिस्सेदारी विक्री नगरे अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको हो । समाचार एजेन्सी रोयटर्सले टिकटकका प्रवक्ता ब्रुक ओबरवेटरलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । अमेरिकामा टिकटकका १० करोडभन्दा बढी ग्राहक छन् । अमेरिकाले लामो समयदेखि टिकटकले अमेरिकी उपभोक्ताको डाटा चिनियाँ सरकारसँग साझेदारी गरेको आरोप लगाउँदै आएको छ । यस सम्बन्धमा विगतमा पनि अमेरिकी सरकारसँग कम्पनीको सम्बन्ध तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । https://twitter.com/reuters/status/1636191921507913728?s=46&t=lz7FRpnh6-u1FDF2L-TaNQ सन् २०२० मा, टिकटकलाई… पुरा पढौ

जनयुद्धमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सहिद घोषणा

मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको प्रधानमन्त्री… पुरा पढौ

जापानको हिरासतमा रहेका अर्जुनबहादुर सिंहको उपचार अभावमा मृत्यु भएको ठहर गर्दै अदालतले परिवारलाई क्षतिपूर्ति रकम दिन आदेश

जापानमा सन् २०१७ मा अर्काको क्रेडिट कार्ड दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अर्जुन बहादुर सिंहको हिरासतमा सोधपुछका क्रममा शारीरिक दबाबबाट बिरामी भै उपचार अभावमा मृत्यु भएको ठहर गर्दै अदालतले निजको परिवारलाई क्षतिपूर्ति दिन महानगरीय प्रहरी विभागको इन्चार्जको नाममा आदेश जारी गरेको छ। छ वर्षअघि महानगरीय प्रहरी विभागले पक्राउ गरी हिरासतमा रहदा प्रहरी र अभियोजनकर्ताले सोधपुछ गर्दा अनुचित ढंगले शारीरिक दबाब दिएका कारण मृत्यु भएका ३९ वर्षीय नेपाली अर्जुनबहादुर सिंहको परिवारलाई करिब १० लाख येन क्षतिपूर्ति दिन टोकियो जिल्ला अदालतले आदेश… पुरा पढौ

खेमराज ओझाको पहिलो उपन्यास अपराजित टोकियोमा विमोचन

जापानको राजधानी टोकियोमा एक कार्यक्रमाका बिच खेमराज ओझाको पहिलो उपन्यास अपराजितको बिमोचन गरिएको छ।कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाही तथा कृति लेखक खेमराज ओझाले एक कार्यक्रममा संयुक्त रुपमा उपन्यासको विमोचन गरेका हुन् ।अपराजित उनको प्रकाशित पहिलो उपन्यास हो।जापानजस्तो ब्यस्त शहरमा रहेर पनि लेखन कार्यलाई निरन्तरता दिई उपन्यास प्रकाशन गर्नु गौरवको विषय भएकोमा समाजका अध्यक्ष शाही बधाई तथा शुभकामना व्यक्त गरे ।नेपाली युवाहरु बिदेशिनुको बाध्यता र बिदेशमा सहनु पर्ने हन्डर ठक्कर तथा हेपुवा चेपुवालाई सरल भाषामा उपन्यासमा प्रस्तुत गरिएको बताउदै… पुरा पढौ