राष्ट्रिय समाचार

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको मतदानमा यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत ९ दलीय गठबन्धनमा सहमति नजुटेपछि गठबन्धनबाटै यादव र जनमत पार्टीकी ममता झा गरेर दुइजना उम्मेदवार रहेका थिए । उता प्रतिपक्षी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्थ्यो । यादवलाई कांग्रेस,माओवादी,समाजवादी,जसपा लगायतका दलको समर्थन रहेको थियो । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको… पुरा पढौ

जापानका विद्यालयमा आगामी अप्रिल १ देखि माक्स लगाउनु नपर्ने

जापानको शिक्षा मन्त्रालयले शुक्रबार राष्ट्रव्यापी शिक्षाका प्रिफेक्चरल बोर्डहरू र अन्य संस्थाहरूलाई एक सूचना जारी गर्दै अप्रिल १ बाट सुरु हुने नयाँ शैक्षिक वर्षबाट विद्यालयका विद्यार्थी र कर्मचारीहरूले मास्क लगाउन आवश्यक नहुने बताएको छ।मानिसहरू बीचको दूरीलाई कायम राख्न, भेन्टिलेसनको समुचित उपयोग गर्न आग्रह गर्दै जाने बाटोमा भीडभाड हुने बस र रेलहरूमा मास्क लगाउन सिफारिस र कोरस गाउने जस्ता परिस्थितिहरूमा माक्स आवश्यक नपर्ने जनाएको छ ।जापानमा मार्च १३ बाट सुरु हुने मास्क लगाउन मूलतः व्यक्तिगत निर्णय बनाउने जापानी सरकारको निर्णय अनुरूप शिक्षा,… पुरा पढौ

विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिनुस् : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन निर्देशन दिनुभएको छ। गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौँ समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुख नदिन निर्देशन दिनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुख पाएको गुनासो सुन्ने गरेको छ। पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुख पाएको कुरा गम्भीर छ। कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस्।… पुरा पढौ

संसद्‌मा अनुपस्थित भएपछि जापानका युटुबर सांसद पदबाट निष्कासित

युटुबरबाट सांसद बनेका जापानका एकजना सांसदलाई संसद्‌मा प्रवेश गर्नै नपाई निष्कासन गरिएको छ। यसरी निष्कासनमा पर्ने उनी जापानको पहिलो सांसद बनेका छन्। योशिकाजु हिगाशितानीलाई सिनेटका उनका सहकर्मीहरूले काममा नआएको भन्दै मङ्गलबार निष्कासन गरेका हुन्। सात महिनाअघि सांसदमा निर्वाचित भएदेखि उनी एक दिन पनि संसद्को बैठकमा गएका थिएनन्। लगातार अनुपस्थित भएका कारण संसदको अनुशासन समितिले उनको संसद् सदस्यको हैसियत खोसेको हो। मतदाताले हिगाशितानीलाई गत जुलाईमा माथिल्लो सदनको सदस्यका रूपमा निर्वाचित गरेका थिए। उनी यूट्यूबमा गासीको रूपमा परिचित छन्। उनी त्यहाँ सेलिब्रिटी गसिपबारे भिडिओहरू… पुरा पढौ

दक्षिण कोरिया र जापानको बैठकअघि उत्तर कोरियाद्वारा ठूलो क्षेप्यास्त्र प्रहार

दक्षिण कोरिया र जापानका शीर्ष नेताहरुको ऐतिहासिक शिखर वार्ता हुनुभन्दा केही घण्टा अगाडि उत्तर कोरियाले इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) प्रक्षेपण गरेको छ । जापान र दक्षिण कोरिया दुवैका अधिकारीहरूले यो मिसाइल प्रक्षेपण भएको पुष्टि गरेका छन्। बिहीबार बिहान प्रहार गरिएको मिसाइल करिब एक हजार किलोमिटर पर जापानको पश्चिममा समुद्रमा खसेको थियो । दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाको पूर्वी तटबाट स्थानीय समय बिहान ७:१० मा  मिसाइल प्रक्षेपण गरिएको थियो। जापानको रक्षा मन्त्रालयले यो क्षेप्यास्त्र आईसीबीएम भएको स्वीकार… पुरा पढौ

एक रोमञ्चकारी यात्रापछि भेटिने ढोरपाटन उर्फ ‘मिनी स्विजरल्याण्ड’

कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जंगले छिचोल्दै पुग्नु पर्ने गन्तव्य । जुन गन्तव्य नपुग्दासम्म मन आत्तिने तर पुगिसके पछि सोही स्थानमा रमाइरहन मन लाग्छ । ढोरपाटन त्यही आकर्षक गन्तव्य हो । जहाँ आन्तरिक र बाह्य पर्यटक मात्र होइन, विश्वका सौखिन सिकारीहरु पनि नाउर र झारलको सिकार खेल्न आइपुग्छन् । पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र पर्ने ढोरपाटन समुन्द्री सतहबाट दुई हजार ८५० मिटरदेखि पाँच हजार ५०० मिटर उचाईमा यो अवस्थित छ । सिकार आरक्षको केन्द्र रहेको… पुरा पढौ

जापानमा पनि यस्तो भेदभावः नब्बे प्रतिशत जापानीले अपाङ्गताविरुद्ध भेदभाव गरेको सर्वेक्षणको खुलासा

जापानका करिब ९० प्रतिशत मानिसहरूले अपाङ्गता भएका व्यक्तिहरूप्रति पूर्वाग्रह र भेदभाव अझै कायमै रहेको विश्वास गर्ने गरेको हालैको एक सरकारी सर्वेक्षणले देखाएको छ । सन् २०२१ मा भएको टोकियो पारालिम्पिक्सका बाबजुद करिब ८८.५ प्रतिशत उत्तरदाताले यी व्यक्तिहरूप्रति पूर्ण वा आंशिकरूपमा पूर्वाग्रह ‘विद्यमान’ रहेको बताएका थिए । गत वर्ष गरिएको सर्वेक्षणको यो आँकडा ८३.९ प्रतिशत उत्तरदाताले अपाङ्गता भएका व्यक्तिहरूविरुद्ध भेदभाव लाई निषेध गर्ने कानून लागू भएको एक वर्ष पछि सन् २०१७ मा गरिएको अघिल्लो सर्वेक्षणसँग तुलना गर्दै प्रतिक्रिया दिएका थिए ।… पुरा पढौ

यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुग्यो नेपाल

नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।नेपालले अभूतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ । खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको… पुरा पढौ

नयाँ पर्यटकीय केन्द्र बन्यो गलकोटको ‘मूर्तिकला’

तल गलकोट । माथि घुम्टे लेक । बीचमा छ टेउवा । तीन वर्ष अगाडिसम्म घुमनाम रहेको टेउवा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय यहाँ दैनिक पर्यटकहरुको चहलपहल बढिरहेको छ । वि.सं. २०७६ सालमा टेउवाको डाडामा स्थापना गरिएका मूर्तिकलाले यस ठाउँको मुहार फेरिएको छ । एक हजार नौँ सय ८० मिटरको उचाइमा रहेको टेउवामा अन्तर्राष्ट्रिय मूर्तिकारहरूले शीलामा कुँदेर बनाएका आकर्षक मूर्ति हेर्न दैनिक आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । गलकोट नगरपालिका–५ मा पर्ने टेउवा एतिहासिक गलकोट दरबारको… पुरा पढौ

भक्तजनलाई लोभ्याउने कालिज

बागलुङ, प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिर घना जङ्गलको बीचमा छ। मध्यपहाडी लोकमार्गदेखि करिब पाँच सय मिटरको दूरीमा रहेको मन्दिर पुग्न जङ्गलको बाटो भएर पैदल यात्रा गर्नुपर्छ। मन्दिरसम्म पुग्न जङ्गलको बीच भागबाट टायल ढुङ्गा बिछ्याएर आकर्षक र सहज पदमार्ग निर्माण गरिएको छ। बाटोको दुवैपट्टि तारबार गरेर व्यवस्थित छ। साल, सल्लाजस्ता ठूलाठूला रुखको घनाजङ्गल मन्दिरको अतिरिक्त प्रकृतिप्रेमीका लागि गन्तव्य स्थल हो। धार्मिक आस्था र विश्वासले कालिका मन्दिर यसै पनि चर्चित छ।  मौलिकता तथा पुरातात्त्विक झल्कने गरी निर्माण गरिएको मन्दिरका संरचना,… पुरा पढौ