
सिजुओकामा आयोजना हुन लागेको लोकप्रिय गायक प्रकाश दुतराजको एकल साँगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
जापानको विभिन्न शहरमा साँगीतिक टुरमा रहेका लोक तथा दोहोरी गायक प्रकाश दुतराजको सिजुओकामा यहि मार्च २१ तारिक मगंलबार प्रस्तुति हुने छ । साथमा स्थानीय कलाकारहरुको नृत्य प्रदर्शन पनि रहनेछ ।
सिजुओकाको हिगाशी सिजुओका स्टेशन नजिक रहेको ग्रान्डसिप हलमा बेलुका ५ बजेदेखी कार्यक्रम शुरु हुनेछ । सिजुओका स्पोर्टस क्लब ,गलकोट समाज जापान क्षेत्रीय समिति सिजुओका , स्याङ्जा समाज सिजुओका र एभरेष्ट फुजी सोसाइटी हामामाचुको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रमको टिकटको मुल्य साधारण तर्फ २ हजार र भिआइपी तर्फ १ मान तय गरिएको छ । साथै विभिन्न स्थानमा टिकट विक्रीका लागि राखिएकोमा हिमालयन मार्टबाट टिकट खरीद गर्दा भने मार्टको तर्फबाट ५ सय यनको डिस्काउन्ट कुपन समेत प्राप्त हुने बताइएको छ ।
गायक दुतराज पछिल्लो समयमा रुचाइएका गायक हुन, उनका गीतहरू बैनीको झ्यालैमा, घर कताहो बैनीको ,लाहुर जाने रेलैमा चर्चामा रहेका छन् ।
सिजुओकामा हुन लागेको उक्त कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न कृष्ण केसीको संयोजकत्वमा कार्यक्रम ब्यवस्थापन समिति गठन गरिएको छ । जस अन्तर्गत प्रचार प्रसार संयोजक अर्जुनजगं बस्नेत र सुमन सुनुवार ,आर्थिक संयोजक दिवश सुवेदी ,हल ब्यवस्थापन संयोजक भिम शिरिष मगर र मिलन अर्याल ,सस्था समायोजन संयोजक विशाल शर्मा रहेका छन भने कार्यक्रमको संचालन वीरेन्द्र केसी र कृष्ण केसीले गर्ने बताइएको छ ।



