राष्ट्रिय समाचार

जापानको बन्दरगाहको पानी रगतजस्तै रातो देखियो

जापानको एउटा बन्दरगाहको पानी रगतजस्तै रातो भएको पाइएको छ। एक्कासी नदीको पानी रातो बन्दा त्यहाँका मानिसहरूलाई त्रसित बनाएको बिबिसीमा उल्लेख छ। ओरियन ब्रुअरीजले फूड कलरिङ डाइ नदीमा चुहावट भएकाे र यसले बन्दरगाहको रंग बदलेको बताएको छ। यसले स्वास्थ्यमा समस्या नआउने कम्पनीले जनाएको छ। यद्यपि, कम्पनीले नागो शहर, ओकिनावाका मानिसहरूलाई ‘असुविधा र चिन्ताको लागि’ माफी मागेको छ। धेरै बासिन्दाहरूले पानीलाई ‘धेरै फोहोर’ भनेर वर्णन गरेका थिए। चुहावट, ब्रुअरीको कुलिङ सिस्टमबाट सुरु भइ वर्षाका कारण फैलिएकाे बताइएकाे छ। ओरियन ब्रुअरीजका अध्यक्ष हाजिमे… पुरा पढौ

आज राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव मनाइँदै, असार १५ अर्थात् दही चिउरा खाने पर्व पनि

आज धान दिवस। वि सं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरि २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत… पुरा पढौ

सुदूरपश्चिमेली समाज जापानको जुलाई २ तारिख अधिवेशन हुने

सुदूरपश्चिमेली नेपाली समाज जापानको सातौ अधिवेशन जुलाई २ तारिख आइतबारका दिन हुने भएको छ । अधिवेशन टोकियोको शिनओकुबो स्थित सोलमारी रेष्टुरेन्टको मुरा हलमा दिउसो १२ बजेदेखि आयोजना गरिएको छ । अधिवेशन सम्पन्न गर्न समाजका पूर्व अध्यक्ष डा:भरत नेगीको संयोजकत्वमा एक निर्वाचन समितिको पनि गठन गरिएको जानकारी समाजका अध्यक्ष पदमसिंह ठगुन्नाले दिएका छन । नयाँ कार्यसमितिको गठन गरिने उक्त अधिवेशन सम्पन्न गर्न विभिन्न्न उपसमितिको पनि गठन गरिएको छ ।अधिवेशनमा सहभागिताका लागि जापानमा रहेका सबै सुदूरपश्चिमेलीका साथै सबै सामाजिक संघ संस्थाहरुलाई अनुरोध… पुरा पढौ

नेपाली समाज, जापानको चौथो महाधिवेशन अगस्ट १३ मा हुने

नेपाली समाज, जापानको चैथो महाधिबेशन १३ अगस्ट २०२३ मा सम्पन्न हुने भएको छ ।जनता समाजवादी पार्टी, नेपाल ( जसपा) को प्रवास समिति नेपाली समाजले टोक्यो जापानमा महाधिवेशन गर्न लागेको हो ।नेपाली समाज जापानको किता कान्तो क्षेत्रीय समिति, कान्साइ क्षेत्रीय समिति र कानागावा क्षेत्रीय समिति कृयाशिल रहेका छन भने नागोयामा क्षेत्रीय समिति निकट भविश्यमा गठन हुने महासचिव गेल्बु शेर्पाले जानकारी दिए ।चौथो महाधिवेशनसंग सम्बन्धित सबै तयारी सकिएको र नेपाली समाज जापानले चौथो महाधिबेसनमा नविन कार्य बिधी प्रयोग गर्ने महाधिवेशन ब्यबस्थापक संयोजक… पुरा पढौ

बालेनको आग्रहः निजी विद्यालयका शिक्षकले सरकारले तोकेअनुसारको तलब नपाए महानगरमा सम्पर्क गर्नु

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयका शिक्षकलाई सरकारले तोके अनुसारको तलब नपाए महानगरको शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ । बिहीबार महानगरपालिकाका मेयर बालेन साहले निजी विद्यालयमा शिक्षकको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै तलब नपाए महानगरमा सम्पर्क गर्न अनुरोध गरेका हुन् । उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकामा संस्थागत ( निजी) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि… पुरा पढौ

साउदी अरबमा गोली चल्दा नेपाली सुरक्षा गार्डको मृत्यु

साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । अल जजिराका अनुसार यो घटना बुधबार भएको हो । समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरूले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । त्यही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको बताइएको छ । मृत्यु भएका नेपाली सुरक्षा गार्डको नाम ठेगाना खुलाइएको छैन । साउदी प्रेस एजेन्सी… पुरा पढौ

टाइगर ग्रुप अफ पोखरा नेपालको जापानमा शाखा गठन,अध्यक्षमा चन्द्र खत्री

स्वास्थ्य, शिक्षा र खेलकुदको विकासका लागि पोखरामा स्थापना गरिएको टाइगर ग्रुप अफ पोखरा नेपालको जापानमा शाखा गठन गरिएको छ ।मंगलबार जापानको टोकियोमा सम्पन्न प्रथम अधिवेशनले शाखाको संरक्षकमा श्री गुरुङ र चन्द्र खत्रीको अध्यक्षता ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।राष्ट्रिय खेल भलिबल खेलको विकास र सामाजिक क्षेत्रमा कृयाशिल ग्रुपको जापान शाखाको उपाध्यक्षमा नबिन कुमार गुरुङ, सचिबमा भिक्टर ठाडा मगर, कोषाध्यक्षमा पृथ्बी खत्री, चयन भएका छन् ।टाइगर ग्रुपका केन्द्रीय अध्यक्ष नारायण शर्मा र गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङसहितको उपस्थितिमा… पुरा पढौ

‘उच्च पदस्थ र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ’-प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो ६ महिनाको रिपोर्ट कार्ड संसद्‌मा प्रस्तुत गरेका छन्। बुधबार प्रतिनिधिसभाका बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको ६ महिने रिपोर्ट कार्ड सदनमा प्रस्तुत गरेका हुन्।  प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका कार्यालयको लागि विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले लोकतन्त्रलाई छायामा पार्ने गरी देखिएका विकृतिविरुद्ध सुशासनको पक्षमा लड्ने भन्दै प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू हिजोदेखि पक्राउ पर्न थालेको बताएका हुन् ।  त्यस्तै उनले विकृतिविरुद्धको लडाइमा लागेको बताउँदै त्यसका लागि कुनै पनि मूल्य चुकाउन… पुरा पढौ

रवि लामिछानेविरुद्धको रिट खारेज

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेविरुद्ध दायर रिट सर्वाेच्च अदालतले खारेज गरिदिएको छ ।  युवराज सफलले दायर गरेको रिट बुधबार प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल सम्मिलित संवैधानिक इजलासले खारेज गरेको हो ।  महान्यायाधिवक्ता कार्यालयले राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेपछि सफलले गत १० जेठमा लामिछानेविरुद्ध संवैधानिक इजलासमा रिट दायर गरेका थिए। पुरा पढौ

मध्यपूर्वका श्रमिकको एजेण्डा बोकेर आरके शर्मा एनआरएनए नेतृत्वको दौडमा

शर्मा भन्छन्– अधिकार तलमाथि नहोस्, नेतृत्व मध्यपूर्वले पाउनुपर्छ आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशनका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावी रस्साकस्सी सुरु भइसकेको छ । एनआरएनएको २० वर्षे इतिहासमा हालसम्म नेतृत्व पाउन नसकेको सन्दर्भमा यस पटक भने आफूहरुले नेतृत्व पाउनुपर्ने मध्यपूर्वको तर्फबाट तीव्र लबिङ भइरहेको छ । जसमा मध्यपूर्वबाट वर्तमान उपाध्यक्ष आरके शर्माको नाम अगाडि आएको छ । पदका लागि मारामार हुने विश्वभरका नेपालीहरुको साझा संस्था एनआरएनएको नेतृत्व मध्यपूर्वलाई नै किन चाहियो त ? यी लगायतका समग्र विषयमा उपाध्यक्ष… पुरा पढौ